Saturday, February 28, 2015

“साल चुटिएर पेटमै रह्यो ।”


J  लक्ष्मी राई 
फोटो फिचर बनाउन अनन्त बज्राचार्य दाईले हौसाउनु भयो । ल त प्रयास गरौ, गरे कसो नहोला त ! भन्दै, धरान उपमहानगरपालिका वडा नं.१५ हानिय । तर सोचे जस्तो विषय वस्तु भेटिन । तेस पछि सानुलाई भेट्न गए । तर, उनी त लोग्ने स्वास्नीको खटपटका दौरान लोग्नेले एक झापड लगाएको निहुमा माईती गईछिन् । काखको ८ महिने छोरा र ४ वर्षे छोरी च्यापेर । ३ दिन पछि फेरी गए, तब भेटियो उनलाई ।

जब म उनको घर पुगे, धेरै दिनदेखि थालभाडाहरु नधुइएका जुठो कट्कटिएर कालै थिए । झिङ्गा भन्किरहेका । कपडाहरु यत्र तत्र छरिएको । फोहरै फोहर थियो, घर । 

यस्तो फोहर भयो भने रोग लाग्दैन त ? 

लाग्छ । 

अनि सफा गर्नु पदैन ? किन सफा नगरेको त ? थाहा पाएर पनि । 

त्यसै । 

यती भनी काखको छोराको टाउको सुम्सुमाउदै चुप लागिरहिन् ।  

उनको घर सेउती खोला डिल सुकुम्बासीमा छ । माईत पश्चिम सर्दु खोलाको डिलमा । जेठि पट्टिको एक सुस्त मानस्थिति भएको १५ वर्षको छोरा, लोग्ने र उनका २ सन्तान सहित ५ जनाको परिवार एकै कोठामा बस्छन् । 

उमेरले २५ नाघेकी उनी मानशिक रुपमा अलि अस्वस्थ्य छिन् । पहिले त अलि राम्रै थिइन् रे । सेतो मक्षडले टोकेका कारण विरामी भए पछि उनको मानशिक अवस्था विग्रेको उनका श्रीमान् बताउछन् । 

४५ वर्ष नाघेको लोग्ने विहानै मजदुरी गर्न घरबाट निस्कन्छन् । राती, रक्सीले मातेर खुट्टाले टेक्नै नसक्ने भएर घर फर्किन्छन् । ओ ˜˜˜….ई, ओ ˜˜˜….ई भनी कराउदै । कलाकार राजेश हमालको स्टाईलमा । अनि घनघोर लडाई पर्ने रहेछ ।

विहेको बारेमा सोद्धा उनी भन्छिन् “घरमा आको आकै ग¥यो । अनि विहे गरेको नि ।” 
Photo from Google 

छोरी कती वर्षकी भई ?

६ वर्ष । 

छोरीको नाम चै के हो त ?

मेरी । 

अहा ! कस्तो राम्रो नाम । कस्ले राखेको नी ?

चर्चको मान्छेले राखेको । 

छोरो कति बर्षको भयो ?

९ वर्षको । 

नाम के राखिदियौ ?

सजिंब ।

छिमेकीले भने पछि थाहा भयो । छोरी ४ वर्षकी र छोरा ८ महिनाको भएछ । 

सुत्केरीमा राम्रो स्याहार, पोषिलो खाना नपाउदा सानु कमजोरीका कारण पनि उमेर भन्दा बुढी देखिन्छिन् । न पोसिलो खाना खान पाउनु छ । न पकाउनै आउछ उनलाई । पसलबाट किनी ल्याएको १ के.जी चामल पनि एकै छाक । ५ के.जी. चामल पनि एकै छाक पाकाउदि रहेछिन् । यसरी पकाएको भात सधै काचै हुदोरहेछ । खानु भन्दा सुगुरको चारो बन्ने रहेछ । त्यो दिन पनि रु.५००/ को चामल ल्याएकी भन्दै १ के.जी. जती चामल देखाउदै थिईन् । 

९ महिना अगाडि उनको घर कालो प्लाष्टिकले बारेको मात्र थियो । न ढोका थियो । न झ्याल । न सुरक्षितै थियो त्यो घर । न हावालाई छेक्थ्यो, त्यो घरले न पानीलाई न घामलाई नै । 

आवास निर्माणका लागि अनुदान सहयोग मार्फत समुदायको ईकाइ समितिले टिनको घर निर्माण गरिदिए पछि भने उनको परिवार सुरक्षित रुपले बस्न पाएका छ । 

अर्जुन (जेठ्ठि पट्टिको छोरो) खै त ?

खोलामा गुहू गदै छ होला ।

चर्पी नभएकाले खोलालाई नै चर्पी बनाउदा रहेछन् ।  

३ छोराछोरी भए अबो के पाउने ?

न ˜˜˜….पाउने । 

किन ?

“क्या˜˜˜….गाहृो भयो । जन्माउदा । नाल चुट्टिएर । बच्चाको साथी पेट भित्रै पस्यो । झण्डै मरेको । छोरालाई  ढुङ्गा माथी पाको नि ।” 

असार ४ गते राती बाटै बेथा लागेको न गाँउलेले थाहा पाएछन् न उनको मत्तु लोग्नेले । दुखाई खप्न नसकि खोलाको डिलमा पुगेर चिच्याउदै रुदा पो छिमेकीले थाहा पाए छन् । बच्चा त जन्मियो ढुङ्गा माथी तर साल चुटिएर पेटमै रह्यो । हतार हतार छिमेकीले छाता चौकको पुरानो हस्पिटल पु¥याए पछि उनको ज्यान बच्यो । 

छोरो पाएकोमा भने निकै खुशि छिन्, सानु । सम्पति खाने छोरो रे उनको । 

स्थाई परिवार नियोजन गर्न मानेनछन्, उनको लोग्नेले । न उनलाई नै गर्न दिए । जन्मेको बच्चालाई खोप पनि दिएका रहेनछन् । न पोषिलो खाना न राम्रो हेरचाहा । तैही पनि निस् फिक्रि छिन् उनी । 

न्यून आयस्तर, मानशिक रुपले अस्वस्थ्य अवस्था अनि मत्तु लोग्नेको गैरजीम्मेवार साथ । भोली कस्तो होला उनको ? सोच्दै फर्किए । 

२०७१ फागुन १५ गते शुक्रबार । 

Wednesday, February 4, 2015

Walking Dharan नौलो अभियान

“स्वस्थ्य पनि फिट, धरान सिटि हिट”
 Jलक्ष्मी राई 
         कहिले काहि योजनाका खाका हिड्दा हिड्दै बन्छन् । गफ गर्दा गदै पूर्ण आकार लिन्छन् । ती मध्ये केहि व्यवहारीक रुपमा सम्पन्न हुन्छन् । केहि तेस्सै हराउछन् । यस्तै गफिदै गर्दा बनेको योजना हो, “Walking Dharan” । धरानका सचेत युवाको चिया जमघटको दौरान बनेको यो योजना आज धरानको पर्यटन विकासका लागि सहयोगी बन्दै छ । व्यस्त शहरी जीवन शैली, खानपान र आरामपूर्ण कामका कारण शहरका मानिसहरुको स्वास्थ्य समस्या बुढौलीले नछुदै शुरु हुन्छ । मधुमेह, प्रेसर, मुटु रोग, माटोपन र यस्ले निम्त्याएका रोगहरु बालकदेखि वृद्ध सबैलाई तर्साउने हाउगुजी बनेका छन् । फिट र दुब्लो रहनु फेसन र स्वस्थ्यको दृष्टिकोणबाट पनि आजको आवश्यकता भएको छ । यसलाई समयको माग पनि भन्न सकिन्छ ।
       
         यही मागलाई नौलो र सृजनात्मक रुप दियो "Walking Dharan" अभियानले । स्वास्थ्य स्थितिलाई सन्तुलन राख्न विहान हिडेर धरानका विभिन्न पर्यटकिय क्षेत्रहरुमा पुग्ने र ति क्षेत्रको सामाजिक संजाल फेस बुक मार्फत प्रचार प्रसार गर्ने उद्देश्य रहेको छ । जस्ले स्वास्थ्य पनि फिट रहने र धरानका पर्यटकिय स्थलहरुको पनि प्रचार प्रसार भै पर्यटन विकासद्धारा आर्थिक विकास हुने काईदाको काम पनि गरेको छ । त्यसैले यसको नारा पनि “स्वस्थ्य पनि फिट, धरान सिटि हिट” भन्ने रहेको छ । 
     
        यो अभियानको एक सय दिन पार गरिरहदाँ धरानबासीहरुको साथ पाई रहदाँ प्रोत्साहित भएका छन्, अभियानकर्मी सन्दिप शाक्य, मानभगत चाम्लिङ्ग, प्रेमराज शाक्य, मणिराज अधिकारी, पर्वत श्रेष्ठ, सुभाषचन्द्र सिंह र रिना घले अनि अरुपनि धेरै । १० वर्ष देखि ६२ वर्ष उमेर समुहका सहभागीहरु विहानै ५ बजेदेखि निकै उत्साहपूर्वक सहभागीता रहने गरेको बताउनुहुन्छ, पे्रमराज शाक्य । यता आफ्नो युरिक एसिडको समस्याबाट मुक्त भएको र आफ्नो अनावश्यक मोटोपनमा कमि आएकोमा मख्ख देखिनुहुन्छ, अभियानकर्मी मध्येका एक मानभगत चाम्लिङ्ग । विहानै हिड्दा शरिर फुर्तिलो हुने हुदाँ आफु पनि सहभागी रहदै आएको बताउनुहुन्छ, कोपिला निरौला ।

        यो अभियान “धरानलाई पर्यटकिय क्षेत्रको रुपमा पनि अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउने अभियान हो । त्यसैले पनि यो नौलो र सन्देशमुुलक छ ।” भन्नुहुन्छ, पर्यटन विषयमा कलम चलाईरहनु भएका पत्रकार रिना घले । विहान हिड्दै पुगेका स्थानहरुको सामाजीक संजाल फेस बुक मार्फत प्रचार गरिहाल्नुहुन्छ, अभियान्ता सन्दिप शाक्य । जस्का लागि "Walking Dharan" फेस बुक पेज पनि बनेको छ । यसै फेसबुक पेजमार्फत देश विदेशका फेसबुक प्रयोगकर्तालाई धरानको पर्यटकिय स्थलको जानकारी गर्ने र गराउने काम भइरहेको छ । 
     
       आफ्नो छुट्टै धार्मिक, सास्कृतिक तथा प्राकृतिक पहिचान बोकेको धरान उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा राम्रो सम्भावना बोकेको छ । प्राकृतिक दृष्यावलोकन योग्य स्थल भएको सर्दु र सेउतीका झोलुङ्गे पुलहरु, विष्णुपादुका र पाँचकन्यालाई धरान जोड्ने पुलका रुपमा मात्र नभई सामाजीक, धार्मिक, आर्थिक र पर्यटनको हिसाबले फाइदाजनक रहेको छ । १ दिनमै हिडेर पुग्न र केहि समय रमाईलो गरी साँझ घर फर्कन सकिने “हाईकिंङ्ग” को राम्रो सम्भावना बोकेका स्लथहरु हुन्, शिवझट्टा, चिण्डे डाँडा, विष्णुपादुका, स्तुपा डाडाँ, आसो ध्यान केन्द्र र विभिन्न धार्मिक बनहरु । यसले आन्तरीक पर्यटनको सम्भावनालाई टेवा पु¥याएको छ । विजयपुर, पिण्डेश्वरी, दन्तकाली, पन्चकन्या, शनि, विश्वकर्मा मन्दिर, चर्च तथा मस्जिद जस्ता धामिर्क आस्था बोकेका पवित्र मन्दिरमा वर्षेनी सयौ तिर्थालुको आगमन हुने गर्दछ ।
     
        जातिय ऐतिहासीक तथ्य पुष्टी गर्ने विजयपुर बुद्धिकर्ण राजाको दरबार ईतिहास अध्ययनका लागि महत्वपूर्ण थलो हो, जो यही धरानमा पर्दछ । धरान भित्र रहेका यस्ता धेरै क्षेत्रहरुमा प्रत्येक शनिवार विहान सामुहिक रुपमा भेला भई हिड्दै पुग्ने कार्य भईरहेको छ । कहिले छाता चोक त कहिले भानु चोकमा भेला भई यो नौलो अभियानका लागि लम्किरहेका छन् धराने पाईलाहरु विगत २०७१ असोज २५ गते शनिबारबाट ।

        यसै क्रममा सहभागी युवाहरु धराने हुनुको सामाजिक उत्तरदायित्व पुरा गर्न लागि परेका देखिन्छन् । मन्दिर सरसफाई, वृक्षारोपण, यात्रीहरुको सुविधाका लागि जानकारी मुलक संकेत चिन्ह बाटो बाटोमा राख्ने जस्ता प्रशंसनिय कार्यहरु पनि भईरहेको छ । यसरी ख्याल ख्यालैमा बनेको योजना स्वास्थ्यमा मात्र नभई सामाजीक तथा पर्यटन विकासको लागि सहयोगी अभियानको रुप लिएको छ ।


(सन् २०१४ को धरान जेसिज "Action" Publication को मा प्रकाशित )

Monday, February 2, 2015

"पुरानो डायरी पल्टाउदा "

सुकुम्बासी हुन मन थिएन

J लक्ष्मी राई  
   भेरी अन्चल जाजरकोट जिल्ला फुपना गा.बि.स. १ का सार्की वर एक सक्रिय एमाले कार्यकर्ता  हुन् । २०५७ सालको गा.बि.स. चुनावमा दरखास्त दिएका मध्ये सबैले फिर्ता गरेछन् । तर उनले किन भ्याएनन ! माओवादीको उर्दी नमाने झैँ भयो । यहि कारण बन्यो उनको अपहरणको । २०५७ साल पुष १७ गते राती ११ बजे नेकपा माओवादी कार्यकर्ताले अपहरण गरी लगे ।
  
   "खलङ्गा गा.बि.स. र छात्रा गा.बि.स. सिमानाको जंगलमा लगी पिटे ।  पिटाईको चोटले अचेत भएका उनलाई मर्यो भनि जंगल मै फालेर हिडे माओवादी कार्यकर्ताहरु । भोलि पल्ट घरेलुका कर्मचारीहरुले देखेपछि उनीहरु लगाएत गाँउले सबैले उद्धार गरेका हुन् मलाई ।"  सार्की वर बताउछन् । 

   "लस्कर लाएर आउथे माओवादीहरु । कहिले खाना खुवाउनु पर्ने ।कहिले धान, चामल सापटी भन्दै लग्थे । यसरी मेरो कति धान त मागी पैचो भन्दै खाँए । यती मात्र कहाँ हुनु ।  माओवादीले पर्चार घर्का भित्तामा लेख्न चाहान्थे ।  तर आर्मीले थाहा पाए, फेरी हामीलाई कुटपिट गर्ने । त्यसैले पर्चा टाँस्न दिएनौ। निहु त त्यहि पनि थियो उनीहरुलाई ।" श्रीमती काली वर बताँउछिन् ।

   उपचारको लागि नेपालगंज भेरी हस्पिटलमा ३ वर्ष उपचार गरेका सार्की वरको छातीका तीन वटा हड्डी नै फाल्नु पर्यो । हाल उनि शारीरिकरुपमा अशक्त छन् । ३ छोरी ३ छोराका बाबु, सार्की वरको दुई श्रीमती छन् । यो घटना पछि मोओवादीहरु घरमा आई "..सौता ल्याएको त्यस्तो बुढालाई पनि माया गर्छौ, बुढी !" भन्दै हाँस्ने गरेको उनकी श्रीमती काली वर सुनाउछिन् ।

  "तिन चार दिनसम्म खाना दियौ ।  एउटैले चौध पन्ध्र वटा रोटी खान्थे । कसरी पुर्याउने ? ६ महिनासम्म १ छाक खाएर बस्यौ ।  आफ्नी ठुली छोरी १० मा पढ्दै थिई । यस्तो पढेको मान्छे घरमा बस्न हुन्न । हामीका नपठाईदिए यो बन्दुकको नालबाट मर्नु पर्ला । भन्दै धम्काउथे । मार्छ भन्ने डरले लुकी छिपी छोरीलाई जिल्ला सदरमुकाम पठाए ।  अहिले घर जाउ भने पनि भएका तिनी घर भत्कि सकेका छन् ।  गएर काम गरि खाने शारीरिक अवस्था पनि छैन ।  क्षतीपुर्तिको नाँउमा जाजरकोट जि.वि.स.ले उपचार खर्च १२०००/ र ८०००/ जि.प्र.का.ले दिए बाहेक केहि प्राप्त भएको छैन । जसो तसो यहाँ ऐलानी जग्गामा बस्तै गुजारा चलाएका छौ । गाँउमै खुसि बसेका थियौ । यहाँ यस्तरी सुकुम्बासी भएर बस्ने मन कहाँ छ र !" काली वर थप्छिन् ।

  कोहलपुर एकता नगरमा सानो टहरामा बस्छन् सार्की वरको परिवार । हाल उनको एक सानो घुम्ती पसल छ कोहलपुरको चोकमा । तेहाँ श्रीमती बस्छिन ।  सार्की वर सानोतिनो सक्ने मजदुरी काम गर्दै अली अलि कमाउछन् ।  धन नभए पनि मन ठुलो छ उनको । समुदाय बिकास गर्न आफुले सक्दो गर्छन ।उनिअहिले स्थानीय सामुदायीक बिध्यालयका अध्यक्ष पनि छन् ।              


(मिती २०६६ सालमा सार्की वर परिवारसंगको कुराकानी)



"पुरानो डायरी पल्टाउदा "

J लक्ष्मी राई  
आशमा छन् बिस्थापित रेशम गिरीका परिवार


   ११ वर्ष भईसकेको छ । रेशम गिरी आफ्नो जन्मथलो सल्यान जिल्लाको कालागाँउबाट विस्थापित भएका । हाल उनि बाँके जिल्लाको रझेना गा. वि. स. ४ को शक्तिनगरमा बसोबास गर्दै आईरहेका छन् ।

   गाँउका सम्पन्न परिवार तथा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता भएकै कारणले २०५२ सालबाटै ने.क.पा. माओवादीका कार्यकर्ताले विभिन्न किसिमका राजनैतिक पूर्वाग्रह राखी धम्की दिदै आएका थिए । त्यस ताका मोओवादीको गतिबिधि बिशेष गरेर गाँउका जमिन्दार, शोषकी तथा कांग्रेसका कार्यकर्ता माथी केन्द्रित हुने गर्दथ्यो ।

    शुरु शुरुमा डर धम्की मात्र दिने गरेको । तर २०५४ साल असोज २४ गते माओवादीबाट रातो अक्षरमा लेखिएको चिठ्ठी सार्वजनिक ठाँउमा टाँसियो । जस्मा "रेशम तेरा कार्तिक ५ गते सफाई हुदैछ । मिठो मिठो खाएर बस् ।" भनि लेखिएको थियो । रेशम गिरी आफ्नो बिगतका त्रासदीपूर्ण समय सम्झदै बताउनु हुन्छ ।

     आफ्नो ज्यान बचाउना परे पछि उनि २०५४ असोज २५ गते घर बाट लुकीछिपी भागी बाँके जिल्लामा आएर आफन्तका लुकिछिपी बसे ।

     कुरा यतिमा पुगेन माओवादी पार्टीलाई । बि. सं. २०५५ कार्तिक ५ गते छोरो प्रकाश गिरीलाई अपहरण गरि लगे । ५ दिन पछि मार्ने योजना बनाएकै बेला इलाका प्रहरी कार्यालय सल्यानले उद्धार गर्यो । ३ महिनासम्म उपचार पछि छोरोको स्वस्थ्य स्थिती सामान्य भयो । घर पनि झन्डा गाडेर तालाबन्दी गर्यो । केहि दिन त आफन्त काहा बसेर गुजारा चल्यो परिवारको तर सधै आफन्त कहाँ काहाँ सकिन्थ्यो र बस्न ! २०५६ साल बैशाष १९ गतेका दिन सबै परिवार (१० जना) बसाइ सर्न बाध्य हुनु पर्यो । 

   हाल श्रीमानसंगै बसेकी उनकी श्रीमती भन्छिन । "घरमा झन्डा हलेपछि बाहिरै बस्यौ । बिचल्ली भनी साध्य भएन । हुक्क भएर छोरा छोरी लिई कन आयौ । जहाँ गए पनि मार्छन कि भन्ने डर ।"

     वनको जग्गा फडाँनी गरि सुकुम्बासीको रुपमा बस्न बाध्य यी परिवारका छोरा ४ वर्ष सम्म भारतमा श्रम गर्न बिदेशीय । हाल उनि नेपाल आर्मीमा काम गरिरहेका छन् । माइला छोरा पनि सरकारी सेवा क्षेत्रमै कर्मचारी छन् । शान्ति सम्झौता भए पछि राहत पाउने भनिएता पनि हाल सम्म कसैको सहयोग र सरकारबाट पनि क्षतिपूर्ति नपाएको बताउछन् ।

  
(मिती २०६६ सालमा रेशम गिरीसंगको परिवारसंगको कुराकानी ।)



     

"पुरानो डायरी पल्टाउदा "



आफन्त नै बैरी भएपछि

J लक्ष्मी राई  
   " मेरो श्रीमानको नाम मनराज शाही हो । उहाँ ससस्त्र प्रहरी हुनुहुन्थ्यो । यो छोरो पेटमै थियो । सात महिना भएको थियो, जब उहाँको मृत्यु भयो । अहिले यो छोरो २ वर्ष पुरा भैसक्यो ।  दिनदिनै यसले बाबुको अभाव महसुस गर्नेछ । "मेरो बुबा खोइ आमा ?" भन्दा के भन्ने ? बिचराले बाबुको छाँया पनि भेट्न ...." पलेटी कसेर बस्नु भएको लक्ष्मी दिदिले स्वरयन्त्र अड्काउदै भन्नुभयो  ।   
   लक्ष्मी दिदिको माइत कंचनपुर लौरी हो । मागी बिबाह भएको उहाँको घर कालिकोट भएपनि श्रीमानको जागिरको सिलसिलाले श्रीमानसंगै कोहलपुर शम्सेरगंज तिरै बस्दै आउनुभएको थियो ।
     " उति बेला २०६१ सालतिर देशमा अशान्ति थियो । लडाइ भैरहने । जहिले पनि डरले गर्दा मन ढुक्ढुक गर्दै बसिन्थ्यो । म माइत गएकी थिए ।  २०६३ सालमा हो । खैरी खोला गस्ती जाँदा माओवादीसंग भिडन्तमा परेर उहा बित्नु भएछ । त्यो बेला गस्तीमा गएका ११ जना प्रहरी पनि मरेका मरेछन् ।  सास पनि भेट्न पाइएन ।  बिहे भएको २ वर्ष मै कालले उहाँलाई मबाट खोसेर लग्यो ।  हामी जस्तो अनपढ आइमाईलाई एक्लो जिन्दगी जिउन गारो पर्ने रहेछ, लक्ष्मी बैनी...." भन्दै दिदिले लाइरहनु भएको कुर्थाको सालको टुप्पोले आँखा किनारको डिल हुदै झर्न लागेका आँसु पुस्नुभयो ।
     म आँखाका आँसु रोकी बोल्न नसकी सुनुरहेकी थिए । मानिस पनि कति स्वार्थी हुन्छन् । यस्तो अवस्थामा सान्त्वना र सहयोग दिनु पर्ने ठाँउमा आफन्त नै बैरी भईदिए लक्ष्मी दिदीको लागि ।
     सरकारले दिएको क्षतिपुर्ति पनि "...खोइ मेरो भाग" भन्दै आफन्तले मागे । मान्छेको भन्दा पैसा ठुलो होईन । तर भनुस् त लक्ष्मी बैनी म जस्ती राडीको पनि त बाँच्ने आधार थिएन । यो मेरो छोरोको भबिष्य मेरो जिम्मेवारी थियो । जेठाजुले यसरी पैसा मागेर झगडा गर्नु भयो । मेरो माइती पनि नभएको भए, मेरो बिजोग हुने थियो त्यो अवस्थामा । अहिले कोहलपुर ग.बि.स. ३ कालिकानगर बसेको १ वर्ष भयो ।  क्षतिपुर्ति पाएको ९ लाखबाट यो सुकुम्बासीमा जग्गा किनेर सानो झुप्रो बनाएर बसेकी छु । छोरोको भविष्यको लागि बाँकि पैसा बचाएकी छु ।  अब यहि एउटा त छ मेरो बाच्ने आधार । यसैको मुख हेरेर बस्नु छ ।
      " आफ्नो दुख बिसाई रहन्छु । तपाईले सुन्नु हुन्छ । यसरी भन्दा पनि हलुङ्गो हुदोरहेछ । म भन्दा सानी हुनुहुन्छ । आफ्नै जस्तो लाग्छ । बैनी नै भने है । नरिसाउनुस है लक्ष्मी बैनी । मिस भन्न मुखै लागेन ।
     " किन रिसाउनु र दिदि भैहाल्छ नि ...यसरी लक्ष्मी दिदि जस्तै धेरैका कुरा सुन्दै बित्थे मेरा दिनहरु बाँके कोहलपुरमा ।

(मिती २०६६ साल बाँके कोहलपुरमा रहदा लक्ष्मी शाही दिदीको जीवनको भोगाईबाट )


Sunday, September 14, 2014

पहिलो पटक डर भयो !



बिहानै बिराटनगर जाने योजना फेल । धनुलाई (मेरो साथी ) ग्यास्टिक भयो रे । छाती पेट मात्र काहाँ हो र ? पुरै शरीर पोल्न थाल्यो रे । बिराटनगर जाने योजना फेल भए पछि म भान्सा तिर लागे । खाना पकाउने मेलो मेसो गरे । रातो चिया बनाए पछि दाल बनाउन कुकर बसाले । सिठी नलाग्ला जस्तो भो । पानी फिजिजी गर्दै बाहिर निस्कन लाग्यो । बिर्को खोले अनि पानीले पखाली फेरी लगाए । अनि सि. सी .सी गर्यो । तरकारी टिप्न म बारीमा लागे । बारी तिर लाग्ने क्रममा अनायास एक विचार आयो । मर्दा कस्तो हुदो होला है ? 


बारीमा चिप्ले भेन्टि टिप्दै थे । ३ वटा जति टिपिसकेको थे । डुऊऊऊऊऊम् गरेर ठुलो आवाज आयो । बम पड्के जस्तै । ओहो ! कुकर पड्कियो सोचे ।


उताकी छिमेकी दिदि कराउनु भयो । के भयो के भयो । म बिस्तारै बारीबाट भान्सामा आए । ढोकाबाट हेरे सजग हुदै । के के भएछ । हेर्छु त ! कुकर त आफ्नो ठाउबाट कति बित्ता उफ्रेछ कुन्नि । झन्डै १ फुट पर । बिर्को चै १ फुट भन्दा पर । एक वटा मात्र चुल्हो भएको ग्यास चुल्हो, जो मलाई मेरो जागिरे यात्रा सुरुवातसंगै साथ दिदै थियो । त्यो पनि कचाक्क कुचुक्क भएछ । ग्यास सिलिन्डर केहि भएको थिएन । ढुक्क भए । धन्न ग्यास सिलिन्डर पड्केन ।
कुकर हेरे खाली खै त दाल ? शिर उठाउदै माथि हेरेको त सब छानोमा टासिएका ! वरपरका सबै जम्मा भए । हेरे पलै पालो सबैले । छिमेकी बडीलाई हास्दै भने ! क्या सजिलो हुने भो बडी अबो त ! ! भात यहाँ तल पकाउछु । दाल चै माथि बाट दिनै झार्दै खानु पर्ला । बडीले सास् बल्ल आए जतिकै गरि भन्नु भो । धन्न मरेउन ! गाठे हो !

तेस पछि पो । मलाई पनि अबुईईई भो ! मर्ने कुरो सोच्दा पनि डर हुदो रहेछ ।


लक्ष्मी राई 
२०७१ भदौ २९ गते ! 

Monday, August 25, 2014

सुनसरी मोरङ्ग सिचाई आयोजनालद्धारा विस्थापीतहरुको स्थलगत अवलोकन भ्रमण प्रतिवेदन २०७१ असार २८ गते ।


                                                             
पृष्ठभुमि

      सुनसरी मोरङ्ग सिचाई आयोजना अन्तर्गत रहेको सुनसरी बराह क्षेत्र देखि मोरङ्ग बाउनी गाविस सम्म
नहरको दाया वायाको जग्गामा बसोबास गर्ने ५७२९ घरपरिवारलाई २०७१ साल असार ५, ६, ७ गते जबरजस्ती उठाईएको छ । यसबारे विभिन्न पत्र पत्रिका तथा संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समितिद्धारा गरिएको पहल तथा जानकारी भईरहेको छ । विस्थापि परिवारको पुर्नस्थापनाका लागि सहयोगको अनुरोध पछि मिति २०७१ असार २८ गते संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समितिका सदस्य सहित लुमन्ति स्थालगत अवलोकनका लागि सुचना संकलन गर्न पुगेको थियो । सोही स्थलगत आलोकनक तथा संयुक्त मोर्चा संगको छलफल पछि यो प्रतिवेदन तयार परिएको छ ।

        संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समितिका संयोजक कुमार कार्कीका अनुुसार ७८ किलोमिटर
लामो नहरको दायाँ बायाँ ससाना तथा ठुला ठुला भौतीक संरचनाहरु मिति २०७० असोज महिनाको बसोबास हटाउन गरिएको सुचना पछि सुनसरी मोरङ्ग सिचाई आयोजनाले यसरी भत्काएको हो । कहि सार्वजनीक भवन सहित भत्काईएका छन् । भने बराह क्षेत्र स्थित कृष्णदास आर्चाय र बालसन्त मोहन सरन देवाचार्यद्धारा २२ विगा जग्गामा बनाईएको आश्रमको संरचनालाई छुईएको छैन । जस प्रति स्थानीय बराह क्षेत्र बासी सुनसरी मोरङ्ग सिचाई आयोजनासंग रुष्ठ छन् । नहर क्षेत्रमा पर्ने १३ गाविसमा पर्ने चतरा, बाङ्गे, झुम्का, खनार, सिस् बनी, बनिगाउँ, नेता चोक, केराउन, बाउनेमा पर्ने मुख्य बजार क्षेत्र पनि परेका छन् । जो व्यापारीक रुपमा आय आर्जन गर्ने थलोको रुपमा थियो । स्थानीयका अनुसार व्यापार गर्ने, बसोबास गर्ने प्रयोजनले बसेका यहाँका बस्तिहरु आजभन्दा ५० वर्ष पुराना रहेको छ । हरिपुर मधेसी मुक्ति टाईगरको आतंकका कारण विस्थापित भएर एलएलटी डाडाँ बराह क्षेत्र बडा नं. १ मा बसोबास गरीरहेका थिए । जस्लाई सुनसरी जिल्ला अधिकारी श्री प्रेम नारायण शर्माद्धारा लिखित कागजात पनि गरिदिएका थिए ।

      आदिवासी जनजाती, दलित, मधेशी, सुकुम्बासीहरुलाई अमानवीय तवरमा ज्याजती पूर्ण जर्बजस्ति उठीबास गरिएको स्थानीय चतरा निवासी बताउछन् । क्रेन डोजरद्धारा भत्काइएका घर टहरा बासका टाटी बाट बनेका थिए भने पक्की घरहरु पनि परेका छन् । बैदेशिक रोजगारी गरि कमायका रकमले बनाएको घर, गोठ, भौतिक संरचना तथा सानातिना व्यापार यरि बनाइको धनमालको क्षती समग्रमा ५० करोड रहेको समितिका संयोजक कुमार कार्कि बताउछन् ।

कस्ता थिए त उठिबास हुनेहरु :

यसरी बासोबास गर्नेहरुमा आर्थिक रुपमा सक्षम तथा गरिब दुवै खाले मानिसहरु पाईएको छ । हरिपुर मधेसी मुक्ति टाईगरको आतंकका कारण विस्थापित भएर एलएलटी डाडाँ बराह क्षेत्र बडा नं. १ मा बसोबास गरीरहेका थिए विस्थापित घरपरिवार पनि रहेका छन् । बैदेशिक रोजगारी, कृषि, व्यापार तथा मजदुरी पेशा अङ्गगालेका मानिसहरु थिए । लामो समयको अन्तरालको विकास र आर्थिक सक्षमता भएपछि केहिले पक्कि घर पनि निर्माण गरेका थिए ।

विस्थापित भए पछि ः
बसोबासको अवस्था ः
    अवलोकनको दौरानमा नहर वरपरका टहरा तथा घरहरु डोजर लगाए पछि भत्केका केहि अवशेसहरु देखिन्थे । खम्बा तथा पिलर मात्र देखिन्छ । भने धेरै बाटोमा परिणत भई सकेका कारण यती घर भत्कीएका थिए भन्ने अनुमान लगाउन गाहे पर्ने भएकाले प्रथम प्राथमिकताका हिसाबमा तथ्याङ्क संकलन गर्नुपर्ने देखिएको छ ।

   उठिबास गरिएपछि आथर््िाक रुपमा सक्षमहरु मानिसहरु नजिकैको सस्तो जग्गा किनी घर बनाई बसेका छन् भने केहि आप्नो जग्गामा बसोबास गर्दै छन् । भने जस्को केहि छैन उनीहरु छिमेकी कहाँ ३ देखि ४ परिवार एकै ठाँउमा बसिरहेका छन् ।  कोही भत्केर बाकी रहेको घरमा गुजारा गरिरहेका छन् । झुम्काका मानिसहरु भने नजिकैको पार्टी, खाली ठाउँमा बसिरहेका छन् । केहि गोठमा बसिरहेका छन् । कोही आपन्तका घरमा बसिरहेका छन् । कोहि नजिकैको खुल्ला ठाँउमा खरको भुप्रा बनाई बसिरहेका छन् ।
यसरी बस्ता सुरक्षाको अभाव भइरहेको छ । केहिलाई राती खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा चोर भनी पुलीसले समाती लगेको कुरा झुम्काका अगम बाहादुर विश्वकर्मा बताउछन् ।

     भोजपुरको अंशमा परेको जग्गा बेचेर झरेका १५०००० मा जग्गा किनी भर्खर बनाएको घर  ६ महिना नपुग्दै सुनसरी मोरङ्ग सिचाई आयोजनाले भत्काएपछि माषिक १२०० घरभाडा तिरेर बस्नु परेको दुखेसो पोखिन् दिपकला राई ।

खाद्यान्न तथा स्वास्थ्य अवस्था ः
 
      खुल्ला आकाशमा बसिरहेका धेरैको स्वास्थ अवस्था नजुक रहेको छ । ज्वरो, झाडापखाला, रुघा खोकीका करण समस्या देखिएको छ । सुत्केरी महिला तथा बालबालिकाको अवस्था दयनीय छ । आफुसंग रहेको रकम सिद्धिदा खाद्यान्न अभाव भएको छ । जस्का लागि प्राथमिक स्वास्थ्य उपचार तथा परिक्षण गर्नु पर्ने देखिन्छ ।

सामाजिक सुरक्षा ः
     खुल्ला आकास मुनि, आपन्तकको सरणमा, छिमेकीका घर, गोठ तथा मठमन्दिरमा बस्दा असुरक्षा बढेको छ । सुत्केरी आमाहरु समस्यामा परेको छन् । गाविस, जि.वि.स. तथा जि.प्र.का.बाट पनि कुनै सहयोग नमिलेको र गाविसहरुले निवेदन लिन सम्म नमाने को अवस्था छ ।

बालबालिकाको अवस्था ः
    बालबालिकाहरु मानशिक रुपमा डराएका छन् । विद्यालय जाने समय नमिल्दा विद्यालय छुटेको बतायछन् स्थानीय बासीहरु । कोही कोही त विद्यालय नै गएका छैनन् ।

समुदायको पहल ः
   
    चतरामा स्थानीय बासीको आप्नै नेतृत्वमा सिँचाई नहर पिडित पुनःस्थापना संघर्ष समिति र नेपाल आदिवासी जनजाती महासंघ नहरक्षेत्र गाउँ समँन्वय परिषद् गठन भएको छ । सप्तकोशी उच्चबाँध तथा आदिवासी मानबअधिकार सरोकार समिति सुनसरीसंग त्रिपक्षिय रुपमा पहल गरिरहेका छन् । गाविसमा पनि ३ दिन घेराउ पछि सर्वदलिय वैठक भएको छ । जसबाट आन्तरीक रुपमा विस्थापितहरुको मान्यता वा प्रमाणीकरण गर्ने प्रकृया गर्न सहमति भएको जनाए सिँचाई नहर पिडित पुनःस्थापना संघर्ष समितिका अध्यक्ष अजित राई ।

सिँचाई नहर पिडित पुनःस्थापना संघर्ष समिति तथा हरिपुर द्धन्द्ध पीडितहरुले निम्न मागहरु गरिरहेका छन् ।
१. क) बाल अधिकार हनन भएको छ ।
   ख) बाल मस्तिष्कमा गम्भिर असर परेको छ ।
   ग) शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकमा असर परेको छ ।
   घ) पठन पाठनमा गम्भिर असर परेको छ ।

२ क) बृद्ध मानिस र महिलाहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको छ ।
ख) जिवन यापनको परमपरागत पेशाको अन्त्य भइको छ । सामाजिक , आर्थिक आयस्रोत कमजोर भएकाले जिवन जिउने समस्याले गर्दा समाजमा शान्ति र अमन चयनमा असर परेको छ।
ग) हाम्रो रहन सहन भाषा सस्ंकार सस्कृंतिमाथि पनि असर पुगेको छ । सुत्केरी महिलाहरुलाई प्रत्यक्ष असर पुगेको छ ।

हरिपुर द्धन्द्धपिडितको सम्बन्धमा
१) हरिपुर द्धन्द्धपिडितहरुलाई हरिपुरमै पुनः स्थापना गरियोस,त्यसो गर्न नसकेमा फेरी विस्थापित नहुने गरी कुनै सरकारी जग्गामा स्थायी बसोबास, खाध, औषधि, पानि, शिक्षा, स्वास्थ्य र अन्य मानवीय पूर्वाधारका साथै सुरक्षाको प्रत्याभूति गरियोस ।
२) उनीहरुको शान्ति मन्त्रालयमा पेश गरेको निवेदन तुरुन्त कार्यान्वयन होस ।
३)क्रेन लगाई घरटहराहरु भत्काउ“दा भएका नोक्सानीको क्षतीपूर्ती दिईयोस ।

सिच“ाई नहरपिडितहरुको सम्बन्धमा
१) नहर डिलमा ५० वषभन्दा बढि समयसम्म बसोबास गरेका आदिबासी तथा स्थानियवासीहरुलाई ज्यादती पूर्वक हटाउने क्रममा भएका नोक्सानीको मानवीय क्षतीपूर्तिको व्यवस्था गरियोस ।
२)उनीहरुको च“ाडो भन्दा च“ाडो वराहक्षेत्रमै रहेको सरकारी पर्ती जग्गामा बसोबास गराउने व्यवस्था गरियोस ।
३)प्रहरीको दायित्य र जनसेवाको मर्मविपरित ज्यादती गर्ने प्रहरी निरीक्षक सरतकुमार थापा क्षेत्रीलाई कारवाहि गरियोस ।
४)धार्मीक तथा जातीय विभेदको अन्त्य गरि कानुनी राज्यको सिद्धान्तअनुसार सबैलाई समान व्यवहार गर्दै कृष्णदास र बालसन्तद्धारा कब्जा गरिएको सिचाईको जग्गाबाट उनीहरुलाई पनि उठान गरियोस ।
अन्य अवलोकन गरिएका स्थानमा भने संघर्ष समिति गठन भए पनि सक्रिय नभएको तर अन्यको आसमा रहेको अवस्था छ ।

संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समिति गठन तथा पहल

   उठिबास हुनु पुर्व नै उठिबासलाई रोक्न नेपाल बसोबास बस्ति संरक्षण समाजले संघर्ष समिति बनाई विभिन्न दवाव मुलक कार्यहरु गर्दै आईरहेका अवस्था छ । जस्मा राजनैतिक पार्टीका सुकुम्बासी भातृसंगठनहरु पनि सहभागी छन् । हाल यस मोर्चाको संयोजकत्व नेपाल बसोबास बस्ति संरक्षण समाजले गरिरहेको छ । समुदायलाई संगठित गर्ने र संर्धषका निम्ति संगठित गर्ने कार्यहरु भैरहेका छन् ।
संयुक्त संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समितिका सदस्यहरु
१. नेपाल बसोबास बस्ति संरक्षण समाज ः संयोजक, कुमार कार्की
२. नेपाल महिला एकता समाज जिल्ला समिति ः सदस्य, सिता मगर
३. दिव्यज्योती महिला एकता बचत तथा ऋण सहकारी संस्था लि. ः सदस्य, माया प्रधान
४. युवा संजाल सकारात्कम विकासका लागि ः सदस्य, प्रकाश कुमार कार्की
५. संघिय सुकुम्बासी  समाज ः सदस्य, राजकुमार गुरुङ्ग
६. अखिल नेपाल सुकुम्बासी संगठन केन्द्रिय उपाध्यक्ष ः सदस्य, श्याम कृष्ण पहाडी
७. ए. माओवादी सम्वद्ध सुकुम्बासी संगठन ः सदस्य, अरुण खवास
८. नेपाली कग्रेस ः सदस्य, अरुण कटुवाल
९. एमाले सम्बद्ध अखिल भूमिहिन संगठन ः सदस्य, दिपेन्द्र सिंह दर्नाल
१०. राष्ट्रिय भुमि अधिकार मञ्च ः सदस्य, सैलेन्द्र राई
११. निराजन कल्याण समाज ः सदस्य, हिमाल राई
१२. शिवगंगा बस्ति कल्याण समाज ः सदस्य, हरी राई
१३. मञ्च सम्बद्ध लिम्बुवान संघिय परिषद् ः सदस्य, सञ्जुहाङ्ग लिम्बु
१४. संधिय लिम्बुवान राज्य परिषद् ः सदस्य, भुपेन्द्र लावती
१५. भुमि अधिकार मञ्च ः सदस्य, श्री नारायण चौधरी
१६. भुमि अधिकार मञ्च ः सदस्य, पुष्कर घिमिरे
१७. नेपाल बसोबास बस्ति संरक्षण समाज ः सदस्य, सुवास राई
१८. नेपाल बसोबास बस्ति संरक्षण समाज ः सदस्य, आईत बाहादुर लिम्बू
१९. नेपाल बसोबास बस्ति संरक्षण समाज ः सदस्य, थामशेर लिम्बू

   यस समितिले  हाल विस्थापितहरुको अवस्था बुझ्ने कार्य गरिरहेका छ । सरोकारवाला निकायहरु संग समन्वय तथा अन्तक्रिया आयोजना गरी दवाव दिनुका साथै जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र दिने कार्य मार्फत दवाव मुलक कार्यहरु गरिरहेको छ ।
सही सुकुम्बासीहरुको पहिचान गरी सुकुम्बासीहरुको आवास व्यवस्थापन गर्नु पर्ने । क्षतीपूर्ती दिनुपर्ने माग राख्दै आईरहेको छ । भने तात्कालीन आवश्यकीय बस्तु, खाद्यान्न, स्वास्थ्यको व्यवस्था गर्नुपर्ने माग राख्दै आएको छ ।

समस्या समाधानका लागि चाल्नु पर्ने आवश्यक कदमहरु
     स्थलगत अवलोकन पश्चात स्थानीय अवस्था र स्थानीय बासीहरुले चालेका कदम तथा  मागहरुलाई मध्यनजर गरी यस समस्यालाई समाधानका लागि तात्कालिन तथा दिर्घकालिन रुपमा चरणबद्ध कार्यक्रमहरुको योजना बनाई कावान्वयन गर्नुपर्ने देखिन्छ ।
तात्कालिन कदम
१. खाद्यान्न राहत सहयोग गर्नुपर्ने ।
२. खुल्ला आकास मुनि बसिरहेकाहरुका लागि पाल सहयोग गनुपर्ने ।
३. स्वास्थ्य उपचार तथा शिविरहरुको आयोजना गर्ने ।
दिर्घकालिन कदम
१. उठिबास भएकाहरुको सही डाटा संकलन गर्नु पर्ने ।
२. पिडितहरुलाई संगठित गनु पर्ने ।
३. पुर्नःस्थापना तथा क्षतीपूर्तिका लागि स्थानीय निकाय, सरोकारवाला तथा सभासद्हरुसंग अन्र्तक्रिया संचालन गर्नु पर्ने ।

निष्कर्ष
     
        अमानविय रुपमा विना विकल्प उठिबास भएका पिडितहरुको माग प्रति खासै स्थानिय निकाय, सरोकारवाला निकायहरुले चासो दिईरहेका छैनन् । स्थानीय अवलोकन गरि मानव अधिकार आयोगलाई ध्यानाकर्षणका लागि प्रतिवेदन बुझाईए तापनि आयोगमा आयोग प्रमुख नभएको कारणले सुनुवाई हुन नसकेको संयुक्त सुकुम्बासी आन्दोलन परिचालन समितिले  जानायका छन् । विकल्प दिने भनिय तापनि  राज्यले पिडितलाई व्यवस्थापन गर्ने तर्फ उदासिन रहेको बताउछन् समिति संयोजक कुमार कार्की  । चतरा गाविसहरुले पिडितको निवेदन लिन नमानेको घटनाले यो घटनालाई  वेवास्था गर्न खोजिएको देखिन्छ । समितिमा आबद्ध राजनैतिक घटकहरु पार्टीका भएतापनि त्यती महत्वका साथ कुरा उठाउन नसकेको अवस्था छ । सहयोगी हातहरुको अभाव र आर्थिक अभावका कारण समितिलाई पहल गर्न र कार्यक्रमको आयोजना गर्न निकै कठिन भएकोल छ ।

५० औ वर्ष देखि बसोबास गरिरहेका यहाँका बासिन्दालाई बसोबास शुरुवात हुने क्रममा सरकार र सुनसरी मोरङ्ग सिचाई आयोजना किन चुप बस्यो ? मानव अधिकारकाको हनन हुदाँ पनि सरोकारबाला निकायका लागि किन ठूलो विषय बनेन भन्ने प्रश्नहरु प्रसस्तै छन् । भने स्थानीयवासीले सप्तकोशी उच्च बाँध निमार्ण गर्नका लागि पनि यो सरकारले यस्तो गरेको बताउछन् ।

यस्तो परिस्थितिमा सरोकारवाला विकाय र स्थानीय निकायसंगको सहकार्य नहुने हो भने उठिवास भएका सवै जनताहरुले अधिकारको प्रत्याभुति पाउन कठिन छ ।

धन्यवाद !

अनुगमन गरिएको मिति ः २०६१ असार २८
अनुगमन टोलीमा सहभाी ः
कुमार कार्की,  संयुक्त मोर्चा (नेपाल बसोबास बस्ति संरक्षण समाज)
अरुण कट्वाल, संयुक्त मोर्चा (नेपाली कंग्रेस)
अरुण बोहरा संयुक्त मोर्चा (ए. माओवादी)
राम राई, संयुक्त मोर्चा (संधिय समाजवाद)
सिता मगर, संयुक्त मोर्चा (नेपाल महिला एकता समाज)
लक्ष्मी राई, ल्ुामन्ति
फुलमाया अच्छामी, लुमन्ति
अनुगमन गरिएका स्थानहरु ः बराह क्षेत्र, चतरा देखि नेता चोक सम्म ।
समय ः विहान ८ वजेबाट ६ बजे सम्म ।

प्रतिवेदक
लक्ष्मी राई
फिल्ड संयोजक
लुमन्ति, आवासको लागि सहयोग समुह, धरान ।

Wednesday, July 23, 2014

“राम्रो कुराको सिको गर्दै महिलाहरु”

लक्ष्मी राई
 २०७१ श्रवण ६ गते

Retaining wall बने पछि  फोकल्याण्ड बस्ति 
         “ह्देन्द्र टोलका महिला दिदि बहिनीहरुले बचतबाट गरेको परिर्वतन देखेर हाम्लाई पनि उत्साह मिल्यो । त्यस पछि हामीले पनि महिला बचत समुह बनायौ र बचत शुरु गयौ ।” भन्नुहुन्छ धरान वडा नं. १७ फोकल्याण्ड टोलकी बासिन्दा बविता राई । उहाँ त्यस समुदायको महिला बचत समुहकी संयोजक पनि हुनुहुन्छ । अमर बस्तिले आफ्नै प्रयासमा समुदायलाई बाढीबाट बचाउन रेटनिङ्ग वाल बनाए हुन् । जस्को प्रभाव फोकल्याण्ड बासीलाई पनि प¥यो । भर्खरै यस समुदायले २८० मिटर लामो रेटनिङ्ग वाल निर्माण कार्य सम्पन्न गरी सार्वजनीक सुनुवाई कार्यक्रम पनि सम्पन्न गरेका छ । स्थानीय कुमारी राईका अनुसार २०६६ जेष्ठ महिनाको बाढीले २२ घर बगाएको थियो, तर हाल बाढीको डर नभएको बताउनुहुन्छ  ।

बचत गर्दै शान्ति टोलका महिलाहरु 
     धरान वडा नं. १९ खहरे गैरीकी शर्मिला राई, आफुहरुले बचतमा आबद्ध भएका सक्रिय महिलाहरु देखे पछि नै नमुना बचत समुह गठन गरेको कुरा सुनाउनुहुन्छ । मिति २०६८ असार १२ मा आईतबारे टोलमा गरिएको अवलोकन भ्रमण पछि मिति २०६८ असार २४ मा गाउँकै सवै महिलाहरु मिलि नमुना बचत समुह गठन गरेका थिए ।
 
      सृजनशिल टोलले मिति २०७० जेष्ठ १४ गते आयोजना गरेको “अन्तर महिला समुह स्तरीय हाजिरी जवाफ कार्यक्रम” मा सहभागी भएपछि खहरे गैरी टोलले पनि “सामुदायीक सरसफाई तथा रमाइलो नाँचगाँन कार्यक्रम”को आयोजना गरेको थिए । प्रतिस्पर्धाको भावना भन्दा पनि “ग¥यो भने नसकिने केहि छैन रहेछ” भन्ने विश्वास बढेको छ, धरानका महिलाहरुलाई ।

धरान नगरपालिकाका सरसफाई प्राबिधिक सिसिर श्रेष्ठ पुरस्कार वितरण गर्दै 
      आफ्नो परिचय दिन धकाउने महिलाहरु कार्यक्रमको अध्यक्षता गरिरहेका भेटिन्छन् आजकाल । केहि कार्यक्रम संचालन गरिरहेका भेटिन्छन् । विभिन्न कार्यक्रममा सहभागी हुदाँको अनुभव पछि साउने बस्तिले भर्खरै मिति २०७१ कविता प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । यसरी धरानका विभिन्न सुकुम्बासी बस्तिहरुका महिलाहरुले राम्रा कार्यको सिको गर्ने क्रम बढ्दै गईरहेको छ ।

       साउने महिला बचत समुहमा मिति २०६८ श्रावण ६ गते भएको सामुदायीक भेला कार्यक्रम पछि ललित टोल, अमर बस्ति ख र अरुण टोलका महिलाहरुले पनि संगठित हुदै बचत गर्न शुरु गरेका हुन् । अरुण टोलकी दुर्गा मोहरा आजकाल आफ्नो अनुभव अन्य समुदायलाई पनि सुनाउदै हिड्छिन् । यसरी अरुलाई सहजिकरण गर्दै हिड्दा आफुलाई आत्म सन्तुष्टि भएको बताउनुहुन्छ ।


      यसरी एक समुदायले गरेका जीवनका लागि प्रभावकारी कार्यको अनुसरण गर्दै छन्, धराने बासिहरु । जस्ले सामुदनयीक कार्यमा महिला तथा पुरुष दुवैको सहभागीता र सहकार्यको अभ्यास बढाएको छ । आर्थिक समृद्धताका लागि महिलाहरु सानो सानो पुजीको संकलन गरी ठुलै काम गरिरहेका छन् ।