११ वर्ष भईसकेको छ । रेशम गिरी आफ्नो जन्मथलो सल्यान
जिल्लाको कालागाँउबाट विस्थापित भएका । हाल उनि बाँके जिल्लाको रझेना गा. वि. स. ४
को शक्तिनगरमा बसोबास गर्दै आईरहेका छन् ।
गाँउका सम्पन्न परिवार तथा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता भएकै कारणले २०५२ सालबाटै ने.क.पा. माओवादीका कार्यकर्ताले विभिन्न किसिमका राजनैतिक पूर्वाग्रह राखी धम्की दिदै आएका थिए । त्यस ताका मोओवादीको गतिबिधि बिशेष गरेर गाँउका जमिन्दार, शोषकी तथा कांग्रेसका कार्यकर्ता माथी केन्द्रित हुने गर्दथ्यो ।
गाँउका सम्पन्न परिवार तथा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता भएकै कारणले २०५२ सालबाटै ने.क.पा. माओवादीका कार्यकर्ताले विभिन्न किसिमका राजनैतिक पूर्वाग्रह राखी धम्की दिदै आएका थिए । त्यस ताका मोओवादीको गतिबिधि बिशेष गरेर गाँउका जमिन्दार, शोषकी तथा कांग्रेसका कार्यकर्ता माथी केन्द्रित हुने गर्दथ्यो ।
शुरु शुरुमा डर धम्की मात्र दिने गरेको ।
तर २०५४ साल असोज २४ गते माओवादीबाट रातो अक्षरमा लेखिएको चिठ्ठी सार्वजनिक ठाँउमा
टाँसियो । जस्मा "रेशम तेरा कार्तिक ५ गते सफाई हुदैछ । मिठो मिठो खाएर बस् ।"
भनि लेखिएको थियो । रेशम गिरी आफ्नो बिगतका त्रासदीपूर्ण समय सम्झदै बताउनु हुन्छ ।
आफ्नो ज्यान बचाउना परे पछि उनि २०५४
असोज २५ गते घर बाट लुकीछिपी भागी बाँके जिल्लामा आएर आफन्तका लुकिछिपी बसे ।
कुरा यतिमा पुगेन माओवादी पार्टीलाई ।
बि. सं. २०५५ कार्तिक ५ गते छोरो प्रकाश गिरीलाई अपहरण गरि लगे । ५ दिन पछि मार्ने
योजना बनाएकै बेला इलाका प्रहरी कार्यालय सल्यानले उद्धार गर्यो । ३ महिनासम्म
उपचार पछि छोरोको स्वस्थ्य स्थिती सामान्य भयो । घर पनि झन्डा गाडेर तालाबन्दी गर्यो ।
केहि दिन त आफन्त काहा बसेर गुजारा चल्यो परिवारको तर सधै आफन्त कहाँ काहाँ
सकिन्थ्यो र बस्न ! २०५६ साल बैशाष १९ गतेका दिन सबै परिवार (१० जना) बसाइ सर्न
बाध्य हुनु पर्यो ।
हाल श्रीमानसंगै बसेकी उनकी श्रीमती भन्छिन । "घरमा झन्डा
हलेपछि बाहिरै बस्यौ । बिचल्ली भनी साध्य भएन । हुक्क भएर छोरा छोरी लिई कन आयौ ।
जहाँ गए पनि मार्छन कि भन्ने डर ।"
वनको जग्गा फडाँनी गरि सुकुम्बासीको
रुपमा बस्न बाध्य यी परिवारका छोरा ४ वर्ष सम्म भारतमा श्रम गर्न बिदेशीय । हाल
उनि नेपाल आर्मीमा काम गरिरहेका छन् । माइला छोरा पनि सरकारी सेवा क्षेत्रमै कर्मचारी
छन् । शान्ति सम्झौता भए पछि राहत पाउने भनिएता पनि हाल सम्म कसैको सहयोग र
सरकारबाट पनि क्षतिपूर्ति नपाएको बताउछन् ।
(मिती २०६६ सालमा रेशम गिरीसंगको परिवारसंगको कुराकानी ।)
No comments:
Post a Comment