Date:2074/10/2 : Laxmi Rai
WE for Winter आउनुहोस्, सवै मिति न्यानो बाढौ : २०७४” अभियानमा पहिलो चरणको तपाई हाम्रो प्रयास सफल भएको छ । चिसोले तराइका धेरै मानिसहरुको ज्यान गएको अवस्थामा तराई, पहाड, हिमालका सवै नेपालीहरुको सहयोगमा यस मानव कल्याण कार्यले मूर्त रुप लिएको हो ।
आज मिति २०७४ माघ २ गते सुन्दरहरैचा नगरपालिका ३ स्थित रेडक्रस लोचनी आदिवासी झागड बस्तिका ३० घरपरिवारलाई स्थानीय वडा अध्यक्ष श्री जीवल प्रसाद ढुङ्गाना सहित जनप्रतिनिधिद्धारा सिरक वितरण गरिएको छ । दैनिक मजदुरीमा निर्भर यस झागड समुदायमा ३० घरका १३० जनसंख्याको बसोबास रहेको छ ।
मिति २०७४ पुष १९ गते janatimes.com अनलाईन खवरले छापेको समाचारमा सुन्दरहरैचा नगरपालिका ५ मा पुसको कठ्याङ्ग्रिदो चिसोका कारण एक महिनाकी छोरी रोशनीलाई गुमाउनु परेको मनिषा ऋषिदेवको पीडा प्रकासीत भएको थियो । यो दुखत खबर पढेपछि केही गर्न सकिन्छ, कि भनी सुन्दरहरैचाबाट म (लक्ष्मी राई) र काठमाण्डौबाट बहिनी कविता राईले व्यक्रिगत रुपमा नजिकका साथीहरु र दाजू दिदिहरुसँग सहयोग संकलन गरि सुन्दरहरैचाका न्युन आय भएका मानिसहरुलाई न्यानो कपडा बाढ्नको लागि यो अभियान शुरु गरिएको थियो ।
आजको मिति सम्म यस अभियान अन्तर्गत १९ जना सहयोगीहरुबाट रु.३०४६०.00 रकम सहयोग प्राप्त गरिसकेका छौ । यस पहिलो चरणको न्यानो बाढ्ने कार्यमा रु.२२९००.00 खर्च भएको छ । अझै पनि यस कार्यका लागि रकम सहयोग संकलन भईरहेको छ । बाकी रकम तथा प्राप्त सहयोग मार्फत अब अर्को गरिब समुदायमा दोश्रो चरणको न्यानो कपडा बाढ्ने प्रयास जारी रहेको छ ।

No comments:
Post a Comment