लक्ष्मी राई
२०७७/०१/२०
photo source : Google |
मोबाईलको फुल घन्टि
चौथो पटक लाग्दा नी नउठे पछि सोचे “छोराले गेम खेलिरहेको
होला तेहि भएर आमाले फोन उठाईनन्” । करीब १५ मिनेट पछि पुन: फोन गर्दा फोन उठेपछि थाहा भो, छोरा हैन आमा नै
अनलाईन लुडो ख्ल्दै रहेछिन् । “गेम जित्न लागिराको थे तेहि
भएर फोन उठाईन भन किन फोन गरेकी….” उनको जवाफ थियो । यस्तो
आजकाल सबैलाई भएको हुनुपर्छ । कोभिट-१९ को माहामारीका कारण
अहिले विश्वनै लकडाउनले फुर्सदको विश्व बनाई दिएको छ । यो समयमा ईन्टरनेटमा समय
विताउनेको संख्या अत्याधिक बढिरहेको छ । कामकाजि प्रयोजनले होस् या बेकामनै
ईन्टरनेटको सयर गर्ने प्रयोगकरर्ताहरु तिब्र गतिमा बढिरहेको देखिन्छ ।
लकडाउन अगाडि आनलाईन
नभेटिनेहरु पनि अहिले अनलाईन भटिन थालेका छन् । घरमा बस्दा गरेका क्रियाकलापहरु
सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । केहिले रचनात्मक कामहरु गरिरहेका कामहरु पनि
पोष्ट गरेका भेटिन्छ । केहिले TiKTOK बनाउन भ्याएका छन्
। केहिका गायन प्रतिभा यहि दौरान बाथरुमका भित्ताहरु छिचोलेर सामाजिक संजालमा
गुन्जिन थालेकाछन् । साहित्यकारहरु आफ्ना
र मनपरेका साहित्यकारका कविता, गजल फेसबुक लाईभ बाचन गरिरहनु
भएको देखिन्छन् । केही दिन यता म पनि कवि
श्रवण मुकारुङग, कवि राजा पुनियानीको लाईभ कविता वाचनको
दर्शक भएकी छु । केहिले आनलाईन गेम खेल्न भ्याएका छन् ।
आजकाल आनलाईन गेममा
किशोरकिशोरी तथा युवाहरुको क्रेज निकै बढेको देखिन्छ । ६० वर्ष उमेर पार गरेकाहरुले पनि खेल्ने गरेको
पाईएको छ । लकडाउनका कारण यस्ता गेम प्रयोगकर्ता झन् बढेका छन् । विकिपिडियाका
अनुसार यस्ता गेम एपसहरु सयौको संख्यामा बनाईएका छन् । अत्याधिक खेलिने आनलाईन
गेमहरुमा एउटा गेमिङ्ग एप्समा दर्ता भएका प्रयोगकर्ताहरुको संख्या १ करोड देखि ६६
करोड सम्म रहेका छन् । दैनिक रुपमा अनुमानित ५०५ करोड खेलाडीहरु सहभागी हुने गरेका
छन्,
भने कहिलेकाहि यो संख्या बढेर १ अर्ब भन्दा बढी सम्म पनि पुग्ने
गरेको पाईन्छ । केटिहरुका लागि पनि छुट्टै गेमहरु सृजना गरिएका रहेछन् ।
Photo source : Google |
मैले पनि खेल्न भ्याए
क्यान्डी क्रस साङ्गा, लुडो । सानो बेलामा पाँच सय
तिरेर माहाबौद्धबाट भिडियो गेम किनेर ल्याईन्थ्यो । गेमको नाम बिर्से तर त्यो
गेमको संगित अझै कानमा गुन्जिन्छ, ….टुईच् ….टुईच् …टुल्लुलिङ्ग…. ।
लकडाउनमा फेरी गेम खेलियो । गेम खेल्दा रमाईलो
भईनै हाल्छ जो समय वितेको पत्तै हुदैन । लकडाउनले हिजोको दैनिकी फेरिन थाल्यो ।
ढिलो सुताई । गेमका कारण एकै ठाउको एकै प्रकारको बसाईले शरिर दुखाई । रमाईलो त भयो
तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे । लुडो खेल्न शुरु गर्दा मेरो फ्रेन्ड
लिस्टमा देखिएको १३ को संख्या केहि दिन मै ६५ पुगेको देखे पछि उनीहरुसँग कस्तो
अनुभव रह्यो, बुझ्न
मन लागेर टेलिफोनमा कुराकानी गरेको थियो ।
धेरैको अनुभव मिल्दो भेटे ।
विश्वका विभिन्न
मानिसका अनुभव अनुसार उनिहरु दैनिक ९ घण्टा भन्दा बढी समय खेल्ने गछन् । प्रो. डाफ्ने बावेली का अनुसार अनलाईन गेम खेल्नाले मानिसहरुमा तत्काल गर्नु पर्ने निर्णय
गर्न सिप, एकै समयमा धेरै कुरालाई व्यवस्थापन गर्ने र मानशिक
एकाग्ग्रता गर्न सक्ने क्षमता विकास गर्छ, भन्नुहुन्छ । यो
लगायत अध्ययनहरुले यसबाट समुहगत कार्य गर्न, चुनौतिलाई तथा
डिप्रेसनलाई व्यवस्थनपन गर्न सहयोग गर्ने गरेको बताउछ । केहिका लागि थेरापिको
रुपमा शारिरिक तथा मानशिक उपचार गरेको अनुभवहरु पनि सुन्नमा आएको छ । तर खेल्ने समय जब दैनिक ३ घण्टा भन्दा बढि
हुन्छ तब यसका धेरै नकारात्मक असरहरु पर्दछन् ।
विभिन्न गेममा गेमको
लेभल बढ्ने प्राधान हुन्छ । यस्ता गेमहरुमा सिङ्गल प्लेयर र मल्टि प्लेयर (समुहमा खेलिने)हरुको सहभागीतामा खेल्न मिल्ने खालका
हुन्छन् । केहि गेमले ज्याकपट् उपहार पनि राखेको हुन्छ । गेमको प्रकृति अनुसार पावर थप हुने । जस्ले
गर्दा अर्को म्याच खेल्न सहज हुने हुन्छ । गेम जिते पोईन्ट जोडिन्छ । हारे घट्छ
। पोईन्टको पर्याप्तता अनुसार अर्को गेममा
दाउ बढी लागाएर खेल्न पाईन्छ । पोईन्ट नभए गेम खेल्न पाईदैन,
किन्नु पर्दछ । त्यसैले किन्नु भन्दा जित्नु फाईदा हुनाले जित्नुपर्छ भन्ने सोच
बढ्छ । यस सोचले गेममा सहभागी भईरहने समयावधि लम्बाउछ । १ घण्टा २ घण्टा गर्दै समय
६ घण्टा बढी खेलिने गरेको अनुभव गरेका भेटियो । धेरै समय व्यतित गर्ने मानिसहरुको दैनिक
जिवन शैलि परिवर्तन हुनेरैछ । अनुभवका अनुसार सधै एकनास हुने खाने, उठ्ने र सुत्ने कार्यमा अहिले परिवर्तन भएको छ । “हुन
त कामै के छ र ! यो लकडाउनमा” भन्ने हो
भने ठिकै हो । तर यहि समय हिजोको दिन झै सामान्य बन्ने पछी पनि यो गेम खेल्ने तल
पर्यो भने के होला ?
Photo source : Google |
स्भाव त मानिसहरु चाहेको
पाउदा खुशी हुने नपाउदा दुखी हुने हुन्छ । यो स्वभावले गेममा धेरै स्थान पाउछ
। जित्दा खुशि हुने र हार्दा दुखी हुने क्रम
क्रमस निरन्तर चलिरहदा आवेग बढ्दै जान्छ । जित्ने मोह बढ्दै जान्छ । निरन्तर गेम हार्नेहरु रिसको आवेगलाई निरन्त्रण
गर्न नसक्दा तोडफोड गरेका घटनाहरु पनि घटेको रहेछ ।
गेममा बढी एकाग्रता
हुदाँ न परिवारको मतलब हुन्छ । न जिम्मेवारी बोधको नै । यस्तो बेला अन्य कसैसँगको
सम्पर्क गर्नु पिटिक्कै रुचीको विषय बन्दैन । यदि कसैले फोन गरेमा सो कल काट्ने, बोलाएमा झर्को मान्ने, रिसाउने, प्रतिक्रिया नदिने हुदो रहेछ । कहिलेकाही रिसको आवेग बेलगाम बन्छ तब नराम्रो
घटनाको स्वरुप लिन पुग्दछ । पप्जीका कारण
अपराधिक कर्म भएको संचार माध्यममा आएको सबैलाई थाहै छ ।
धरानको १९ वर्षिय एक किशोरी पहिले अध्यारोमा बस्न
डराउथिन् । जहाँ जादा पनि साथी चाहिन्थ्यो तर
जब आनलाईन गेम खेल्न शुरु गरिन् घन्टौ एक्लै अन्धाकारमा बस्न थालेको कुरा
उनकी दिदि बताउछिन् । सिनामंगलका एक अभिभावक आफ्नो ११ वर्षिय छोरा कोठाको एक
कुनामा धैरैबेर एक्लै समय विताउने गरेको र गेममा मात्र सिमित भएको देखेर दिक्क छन्
।
अत्याधिक समय गेम
खेल्नमा समय विताउनेहरुमा गेम यडिक्सनको समस्या आउने गर्दछ । गेम यडिक्टेड भएका
मानिसहरुका अभिभावकहरु परिवारमा दोहोरो वार्तालाप नभएको नै लामो समय भएको सुनाउछन्
। यो समस्याले पहिले त आफ्नै परिवार र
आफन्तहरुबाट टाढा लैजान्छ । ति मानिसहरुमा एकोहोरोपना बढाउदै लैजान्छ । घरमा को
आयो, को गयो केहि मतलब हुदैन, यस्ता मानिसहरुलाई । फलत
मानविय संबेदा क्रमश गौण बनाउदै लैजान्छ ।
यसले बास्तविक सामजबाट भर्चुवल सोसाईटीमा आकर्षित गर्छ । केहिहद सम्म भर्चुवल
सोसाईटि पनि आवश्यक हो । तर वास्तविक सामाज जहा हाम्रो शारिरिक उपस्थिती रहेको
हुन्छ त्यो समाजलाई हामी कसरी नकार्न सक्छौ !
Photo source : Google |
गेमको प्रभाव मानशिक
रुपमा गाढा रुपमा पर्दा निन्द्रामा पनि बर्बराउने,
कराउने गर्दछन् । सुतेर उठ्नासाथ पनि गेममै व्यस्त हुन्छन् । यसो हुदाँ शरिरले
आवश्यक आराम गर्न पाउदैन । अत्याधिक मोबाईल चलाउदा आँखामा सुख्खा पन बढ्न जान्छ ।
एकै शारिरिक अवस्थामा एकै ठाँउमा धेरैबेर बसिरहने हुदाँ शारिरिक अस्वस्थता बढ्न
जान्छ । अन्य बौद्धिक तथा सृजनात्मक काममा सहभागीता काम हुदै जान्छ । केहि
वयस्कहरुमा सामामजिक घुलमिलको अभावका कारण पारम्पारिक संस्कार र सामाजिक चेनता
स्तरमा कमी आउदै गएको अनुभव बताउनुहुन्छ । साथै स्वयम् सो व्यक्तिको व्यक्तिगत, पारिवारी वा सामाजिक विषयहरुमा तर्क गर्ने क्षमतामा ह्यस आउने बताउनु
हुन्छ ।
हुन त यस्ता समस्या नेपालमा कति भएका छन्
स्पष्ट तथ्याङ्क भेटिएका छैनन् । तर यो
समस्याको संख्या बढ्दै जाने हो भने आगामी दिन यसले ठूलै समस्या नल्याउला भन्न
सकिन्न । चिन, क्यानडा, नेदरल्याण्ड
लगायतका देखहरुमा त गेम एडिक्टडको उपचार गर्ने रिह्याब सेन्टरहरु नै खोलिएका छन् । नेपालमा पनि
भविष्यमा स्वास्थ्यको क्षेत्रमा थप समस्या नल्याउला भन्न सकिन्न ।
(नोट : यो लेख सेतोपाटी अनलाईनमा प्रकाशन भएको छ )
No comments:
Post a Comment