Monday, February 2, 2015

"पुरानो डायरी पल्टाउदा "

सुकुम्बासी हुन मन थिएन

J लक्ष्मी राई  
   भेरी अन्चल जाजरकोट जिल्ला फुपना गा.बि.स. १ का सार्की वर एक सक्रिय एमाले कार्यकर्ता  हुन् । २०५७ सालको गा.बि.स. चुनावमा दरखास्त दिएका मध्ये सबैले फिर्ता गरेछन् । तर उनले किन भ्याएनन ! माओवादीको उर्दी नमाने झैँ भयो  यहि कारण बन्यो उनको अपहरणको  २०५७ साल पुष १७ गते राती ११ बजे नेकपा माओवादी कार्यकर्ताले अपहरण गरी लगे 
  
   "खलङ्गा गा.बि.स. र छात्रा गा.बि.स. सिमानाको जंगलमा लगी पिटे   पिटाईको चोटले अचेत भएका उनलाई मर्यो भनि जंगल मै फालेर हिडे माओवादी कार्यकर्ताहरु  भोलि पल्ट घरेलुका कर्मचारीहरुले देखेपछि उनीहरु लगाएत गाँउले सबैले उद्धार गरेका हुन् मलाई ।"  सार्की वर बताउछन्  

   "लस्कर लाएर आउथे माओवादीहरु  कहिले खाना खुवाउनु पर्ने ।कहिले धानचामल सापटी भन्दै लग्थे । यसरी मेरो कति धान त मागी पैचो भन्दै खाँए  यती मात्र कहाँ हुनु   माओवादीले पर्चार घर्का भित्तामा लेख्न चाहान्थे   तर आर्मीले थाहा पाएफेरी हामीलाई कुटपिट गर्ने  त्यसैले पर्चा टाँस्न दिएनौ। निहु त त्यहि पनि थियो उनीहरुलाई ।" श्रीमती काली वर बताँउछिन् 

   उपचारको लागि नेपालगंज भेरी हस्पिटलमा ३ वर्ष उपचार गरेका सार्की वरको छातीका तीन वटा हड्डी नै फाल्नु पर्यो । हाल उनि शारीरिकरुपमा अशक्त छन् । ३ छोरी ३ छोराका बाबुसार्की वरको दुई श्रीमती छन् । यो घटना पछि मोओवादीहरु घरमा आई "..सौता ल्याएको त्यस्तो बुढालाई पनि माया गर्छौबुढी !" भन्दै हाँस्ने गरेको उनकी श्रीमती काली वर सुनाउछिन् ।

  "तिन चार दिनसम्म खाना दियौ   एउटैले चौध पन्ध्र वटा रोटी खान्थे  कसरी पुर्याउने ? ६ महिनासम्म १ छाक खाएर बस्यौ   आफ्नी ठुली छोरी १० मा पढ्दै थिई  यस्तो पढेको मान्छे घरमा बस्न हुन्न  हामीका नपठाईदिए यो बन्दुकको नालबाट मर्नु पर्ला  भन्दै धम्काउथे । मार्छ भन्ने डरले लुकी छिपी छोरीलाई जिल्ला सदरमुकाम पठाए ।  अहिले घर जाउ भने पनि भएका तिनी घर भत्कि सकेका छन्   गएर काम गरि खाने शारीरिक अवस्था पनि छैन   क्षतीपुर्तिको नाँउमा जाजरकोट जि.वि.स.ले उपचार खर्च १२०००/ र ८०००/ जि.प्र.का.ले दिए बाहेक केहि प्राप्त भएको छैन । जसो तसो यहाँ ऐलानी जग्गामा बस्तै गुजारा चलाएका छौ । गाँउमै खुसि बसेका थियौ । यहाँ यस्तरी सुकुम्बासी भएर बस्ने मन कहाँ छ र !" काली वर थप्छिन् 

  कोहलपुर एकता नगरमा सानो टहरामा बस्छन् सार्की वरको परिवार  हाल उनको एक सानो घुम्ती पसल छ कोहलपुरको चोकमा  तेहाँ श्रीमती बस्छिन   सार्की वर सानोतिनो सक्ने मजदुरी काम गर्दै अली अलि कमाउछन्   धन नभए पनि मन ठुलो छ उनको  समुदाय बिकास गर्न आफुले सक्दो गर्छन ।उनिअहिले स्थानीय सामुदायीक बिध्यालयका अध्यक्ष पनि छन्               


(मिती २०६६ सालमा सार्की वर परिवारसंगको कुराकानी)



No comments: