आफन्त नै बैरी भएपछि
J लक्ष्मी राई |
लक्ष्मी दिदिको माइत कंचनपुर लौरी हो । मागी बिबाह भएको उहाँको घर कालिकोट भएपनि श्रीमानको जागिरको सिलसिलाले श्रीमानसंगै कोहलपुर शम्सेरगंज तिरै बस्दै आउनुभएको थियो ।
" उति बेला २०६१ सालतिर देशमा
अशान्ति थियो । लडाइ भैरहने । जहिले पनि डरले गर्दा मन ढुक्ढुक गर्दै
बसिन्थ्यो । म माइत गएकी थिए । २०६३
सालमा हो ।
खैरी खोला गस्ती जाँदा माओवादीसंग भिडन्तमा परेर
उहा बित्नु भएछ । त्यो बेला गस्तीमा गएका ११ जना प्रहरी पनि मरेका
मरेछन् । सास पनि
भेट्न पाइएन । बिहे
भएको २ वर्ष मै कालले उहाँलाई मबाट खोसेर लग्यो । हामी
जस्तो अनपढ आइमाईलाई एक्लो जिन्दगी जिउन गारो पर्ने रहेछ, लक्ष्मी बैनी...."
भन्दै दिदिले लाइरहनु भएको कुर्थाको सालको टुप्पोले आँखा किनारको डिल हुदै झर्न
लागेका आँसु पुस्नुभयो ।
म आँखाका आँसु रोकी बोल्न नसकी सुनुरहेकी
थिए । मानिस पनि कति स्वार्थी हुन्छन् । यस्तो
अवस्थामा सान्त्वना र सहयोग दिनु पर्ने ठाँउमा आफन्त नै बैरी भईदिए लक्ष्मी दिदीको
लागि ।
सरकारले दिएको क्षतिपुर्ति पनि
"...खोइ मेरो भाग" भन्दै आफन्तले मागे । मान्छेको
भन्दा पैसा ठुलो होईन । तर भनुस् त लक्ष्मी बैनी म जस्ती राडीको पनि त बाँच्ने
आधार थिएन । यो मेरो छोरोको
भबिष्य मेरो जिम्मेवारी थियो । जेठाजुले यसरी पैसा मागेर झगडा गर्नु भयो । मेरो माइती पनि नभएको भए, मेरो बिजोग हुने थियो
त्यो अवस्थामा ।
अहिले कोहलपुर ग.बि.स. ३ कालिकानगर बसेको १ वर्ष भयो ।
क्षतिपुर्ति पाएको ९ लाखबाट यो सुकुम्बासीमा जग्गा किनेर सानो झुप्रो बनाएर
बसेकी छु । छोरोको भविष्यको लागि बाँकि पैसा बचाएकी छु । अब यहि
एउटा त छ मेरो बाच्ने आधार । यसैको मुख हेरेर बस्नु छ ।
" आफ्नो दुख बिसाई रहन्छु । तपाईले सुन्नु हुन्छ । यसरी भन्दा पनि हलुङ्गो हुदोरहेछ । म भन्दा सानी हुनुहुन्छ । आफ्नै जस्तो लाग्छ । बैनी नै भने है । नरिसाउनुस है लक्ष्मी बैनी । मिस भन्न मुखै लागेन ।
" किन रिसाउनु र दिदि भैहाल्छ नि ...यसरी लक्ष्मी
दिदि जस्तै धेरैका कुरा सुन्दै बित्थे मेरा दिनहरु बाँके कोहलपुरमा ।
(मिती २०६६ साल बाँके कोहलपुरमा रहदा लक्ष्मी शाही
दिदीको जीवनको भोगाईबाट )
No comments:
Post a Comment