“स्वस्थ्य पनि फिट, धरान सिटि हिट”
Jलक्ष्मी राई
कहिले काहि योजनाका खाका हिड्दा हिड्दै बन्छन् । गफ गर्दा गदै पूर्ण आकार लिन्छन् । ती मध्ये केहि व्यवहारीक रुपमा सम्पन्न हुन्छन् । केहि तेस्सै हराउछन् । यस्तै गफिदै गर्दा बनेको योजना हो, “Walking Dharan” । धरानका सचेत युवाको चिया जमघटको दौरान बनेको यो योजना आज धरानको पर्यटन विकासका लागि सहयोगी बन्दै छ । व्यस्त शहरी जीवन शैली, खानपान र आरामपूर्ण कामका कारण शहरका मानिसहरुको स्वास्थ्य समस्या बुढौलीले नछुदै शुरु हुन्छ । मधुमेह, प्रेसर, मुटु रोग, माटोपन र यस्ले निम्त्याएका रोगहरु बालकदेखि वृद्ध सबैलाई तर्साउने हाउगुजी बनेका छन् । फिट र दुब्लो रहनु फेसन र स्वस्थ्यको दृष्टिकोणबाट पनि आजको आवश्यकता भएको छ । यसलाई समयको माग पनि भन्न सकिन्छ ।
यही मागलाई नौलो र सृजनात्मक रुप दियो "Walking Dharan" अभियानले । स्वास्थ्य स्थितिलाई सन्तुलन राख्न विहान हिडेर धरानका विभिन्न पर्यटकिय क्षेत्रहरुमा पुग्ने र ति क्षेत्रको सामाजिक संजाल फेस बुक मार्फत प्रचार प्रसार गर्ने उद्देश्य रहेको छ । जस्ले स्वास्थ्य पनि फिट रहने र धरानका पर्यटकिय स्थलहरुको पनि प्रचार प्रसार भै पर्यटन विकासद्धारा आर्थिक विकास हुने काईदाको काम पनि गरेको छ । त्यसैले यसको नारा पनि “स्वस्थ्य पनि फिट, धरान सिटि हिट” भन्ने रहेको छ ।
यो अभियानको एक सय दिन पार गरिरहदाँ धरानबासीहरुको साथ पाई रहदाँ प्रोत्साहित भएका छन्, अभियानकर्मी सन्दिप शाक्य, मानभगत चाम्लिङ्ग, प्रेमराज शाक्य, मणिराज अधिकारी, पर्वत श्रेष्ठ, सुभाषचन्द्र सिंह र रिना घले अनि अरुपनि धेरै । १० वर्ष देखि ६२ वर्ष उमेर समुहका सहभागीहरु विहानै ५ बजेदेखि निकै उत्साहपूर्वक सहभागीता रहने गरेको बताउनुहुन्छ, पे्रमराज शाक्य । यता आफ्नो युरिक एसिडको समस्याबाट मुक्त भएको र आफ्नो अनावश्यक मोटोपनमा कमि आएकोमा मख्ख देखिनुहुन्छ, अभियानकर्मी मध्येका एक मानभगत चाम्लिङ्ग । विहानै हिड्दा शरिर फुर्तिलो हुने हुदाँ आफु पनि सहभागी रहदै आएको बताउनुहुन्छ, कोपिला निरौला ।यो अभियान “धरानलाई पर्यटकिय क्षेत्रको रुपमा पनि अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउने अभियान हो । त्यसैले पनि यो नौलो र सन्देशमुुलक छ ।” भन्नुहुन्छ, पर्यटन विषयमा कलम चलाईरहनु भएका पत्रकार रिना घले । विहान हिड्दै पुगेका स्थानहरुको सामाजीक संजाल फेस बुक मार्फत प्रचार गरिहाल्नुहुन्छ, अभियान्ता सन्दिप शाक्य । जस्का लागि "Walking Dharan" फेस बुक पेज पनि बनेको छ । यसै फेसबुक पेजमार्फत देश विदेशका फेसबुक प्रयोगकर्तालाई धरानको पर्यटकिय स्थलको जानकारी गर्ने र गराउने काम भइरहेको छ ।
आफ्नो छुट्टै धार्मिक, सास्कृतिक तथा प्राकृतिक पहिचान बोकेको धरान उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा राम्रो सम्भावना बोकेको छ । प्राकृतिक दृष्यावलोकन योग्य स्थल भएको सर्दु र सेउतीका झोलुङ्गे पुलहरु, विष्णुपादुका र पाँचकन्यालाई धरान जोड्ने पुलका रुपमा मात्र नभई सामाजीक, धार्मिक, आर्थिक र पर्यटनको हिसाबले फाइदाजनक रहेको छ । १ दिनमै हिडेर पुग्न र केहि समय रमाईलो गरी साँझ घर फर्कन सकिने “हाईकिंङ्ग” को राम्रो सम्भावना बोकेका स्लथहरु हुन्, शिवझट्टा, चिण्डे डाँडा, विष्णुपादुका, स्तुपा डाडाँ, आसो ध्यान केन्द्र र विभिन्न धार्मिक बनहरु । यसले आन्तरीक पर्यटनको सम्भावनालाई टेवा पु¥याएको छ । विजयपुर, पिण्डेश्वरी, दन्तकाली, पन्चकन्या, शनि, विश्वकर्मा मन्दिर, चर्च तथा मस्जिद जस्ता धामिर्क आस्था बोकेका पवित्र मन्दिरमा वर्षेनी सयौ तिर्थालुको आगमन हुने गर्दछ ।
जातिय ऐतिहासीक तथ्य पुष्टी गर्ने विजयपुर बुद्धिकर्ण राजाको दरबार ईतिहास अध्ययनका लागि महत्वपूर्ण थलो हो, जो यही धरानमा पर्दछ । धरान भित्र रहेका यस्ता धेरै क्षेत्रहरुमा प्रत्येक शनिवार विहान सामुहिक रुपमा भेला भई हिड्दै पुग्ने कार्य भईरहेको छ । कहिले छाता चोक त कहिले भानु चोकमा भेला भई यो नौलो अभियानका लागि लम्किरहेका छन् धराने पाईलाहरु विगत २०७१ असोज २५ गते शनिबारबाट ।यसै क्रममा सहभागी युवाहरु धराने हुनुको सामाजिक उत्तरदायित्व पुरा गर्न लागि परेका देखिन्छन् । मन्दिर सरसफाई, वृक्षारोपण, यात्रीहरुको सुविधाका लागि जानकारी मुलक संकेत चिन्ह बाटो बाटोमा राख्ने जस्ता प्रशंसनिय कार्यहरु पनि भईरहेको छ । यसरी ख्याल ख्यालैमा बनेको योजना स्वास्थ्यमा मात्र नभई सामाजीक तथा पर्यटन विकासको लागि सहयोगी अभियानको रुप लिएको छ ।
(सन् २०१४ को धरान जेसिज "Action" Publication को मा प्रकाशित )


No comments:
Post a Comment