रातको करिब १२ नजिक पुग्दै थियो घडीको सुइ । मस्त निन्द्रामा घुरिरहेका धरानेहरु
मध्ये केहीको कानमा उनको चिच्याहट सदा झैँ सुनियो । "बचाऊ ! बचाऊ ! मलाई
मार्यो ! मलाई मार्यो ! आइय आइया आइया .." घरि बुजो लाग्थ्यो होला, निसासिदै गुम्सिन्थ्यो त्यो क्रन्दन । बचाउन
कोहि गएनन् र जादैनथे पहिले पनि । २०, ३० मिनेस पछि आफै सेलाउथ्यो त्यो चिच्याहटले
तातेको रात अर्को दिनमा प्रबेस गरे संगै ।
यसरी कोलाहल मच्याउने उनि सधै कराईनन् । कहाँ हरिन कसैको चासो बनिन् कहिले
पनि । को थिइन् ? कहाँ बाट आएकी थिइन् ? कस्की चेली, कस्की पत्नी या छोरी थिइन् ?
कसैलाई थाहा थिएन । यति थाहा थियो उनि मानसिक सन्तुलन गुमाएकी नारी थिइन् । बौलाही
। कहिले नांगै डुल्थिन बेसर्म । कहिले कराउदै दौडथिन सडक भरि । ट्राफिक नियम पनि
लाग्दैन । मृत्युको डरले पनि छुदैन । बिन्दास छिन् उनि । शरीर, चेत भएका
पुरुषहरुबाट लुटिदा पनि कतै उजुरी गर्नु छैन । चुप चाप ...
धरान भानु चोक बिचमा मानसिक सन्तुलन गुमाएकी १ महिला |
कुरा २०६० सालको हो सायद, बिर्से । नयाँ बानेश्वरको धोबीखोला संगैको झाडीमा, कुरामा भुलाउदै २ युवकले झन्डै २० वर्षे उनको अस्मिता लुटेर, दिउसै रक्ताम्य बनाइदियो । उनको चिच्याहट सुनेपछि म लगायत केहि भुराभुरीको खैलाबैलाले छुट्कारा त मिल्यो उनलाई तर उनि लुटिई सकेकी थिईन । उनको शरिर क्षणीक यौन चाहानाको हवस् बनिसकेको थियो । तेसरी दिनै कतिऔ बाट तुटिनथिन होली उनि ! पैसामा बार्गेनिंग गर्न नपर्ने बेश्या बनिन बाध्य थिन् उनि र बाध्य छन् उनि जस्ता धेरै स्त्रीहरु आज पनि ।
म जहाँ पुगे तेहा भेटे उनीहरुलाई । बाँके कोहलपुरको बजारमा हिष्ठ पुष्ठ काली उनिलाई लुगा लगाउन कसैले भनेन । बरु सबै दर्षक बने । कोहि मुख छोपेर राम ! राम ! भन्दै उछिटिन्थे । कोहि उनको शरिरको प्रतेक अंग नियाल्दै एकोहोरिन्थे । उनको कथा पनि अरु जस्तै थियो ।
चेत भएका । बोल्न सक्ने । आधिकार खोज्ने
त दिनै बलात्कृत हुन्छन् यहाँ । घरि बाबु बाटै । घरि परपुरुषबाट । घरि प्रेमी त
घरि लोग्ने बाट ।
कस्तो समाज होला यस्ता नारीहरुको सुरक्षाका लागि कहिले कुरा उठाएन । सदा महिला हिंसाका विरुद्ध सडक तताउने संघ सस्थाहरुको ध्यान कहिले गएन । पत्र पत्रिकामा समाचारका रुपमा पनि कहिले स्थान पाएन यो कुराले । अस्थिर सरकार लाचार ! केलाई पो हेर्न सकेको छ र ? न्याय त अब इतिहासमा मात्र पढन पाइने भो ।
लौ न ए महिला अधिकार कर्मी हो यता तिर पनि ध्यान दिउन । पत्रकारहरुले पनि समाचार बनाऔ न । यी बोल्ने चेत नभएकाहरुलाई हामी चेतना भएकाले केहि गरौ न । उनीहरुको लागि बोलिदिउ । केहि भैहाल्छ कि ।
२०७० भदौ १२ बुधबार ।
No comments:
Post a Comment