Thursday, June 16, 2022

दु:खमा सकारात्मक साथ

                                                           लक्ष्मी राई

सन्जु, म त मर्छु होला, बाच्दिन होला यस पाली । के के गर्ने हो? कसरी गर्छेस् त एक्लैले ?” कोभिट संक्रमित भएर थलिए पछि आत्तिएर म त एक्कासी जहानसँग सल्लाह गर्न पुगेछु । सुन्दरहरैचा नगरपालिकाका बासिन्दा श्याम वि.. बताउछन्  

६ जनाको परिवारको दैनिकी श्याम दाईले गर्ने दैनिक मजदुरीले धानेको थियो । तर दोश्रो चरणको (२०७८ चैत्रबाट शुरु) कोभिट संकक्रमणको निशेधाज्ञाका कारण सदा जस्तै कमाई भएको थिएन । यस्तो बेला उनको परिवारमा कोभिट-१९ को संक्रमणको श्रृखला शुरु भयो । पहिलो चरणको (२०७७ चैशबाट शुरु भएको ) कोभिटको संक्रमणको अवस्थामा कमाई पहिलेझै नहुदाँ गुजारा टार्न निकै सकस परे पनि कसैलाई कोभिटको संक्रमण भने भएको थिएन । यो पाली श्याम दाईको परिवार कोरोनाको संक्रमणबाट सुरक्षित हुन सकेन ।

असारको बेला दिनभरी खेतमा काम (धानको विउ काडेर) गरेर घर फर्कीएकी श्रीमतीले जिउ भारी भयो भनेपछी निम्स ‍औषधी खुवाए । लागु हो की भनेर धामीलाई पनि फुक्न लगाए । भोलिपल्ट श्रीमतीले खानाको स्वाद र गन्ध आउन छाड्यो भनेपछी मेडिकलबाट ल्याएको एन्टिवायोटिक खान शुरु गरिन् । त्यसको भोलिपल्ट कान्छी छोरीलाई ज्वरो आयो । त्यस पछि छोरोलाई ज्वरो आयो । फेरी जेठि र माईली छोरीलाई पनि ज्वरो आयो । यसरी परिवारका सबैजाना क्रमस विरामी भएर थला पर्न थाले पछी श्याम दाईलाई जिवनको अनिश्चितताको डरले पिरोल्न थाल्यो । कोभीट परिक्षण गर्न वडा जनप्रतिनिधिहरु र समुदायमा यताउता सल्लाह गर्दै गर्दा ५औ दिन मा सबै विस्तारै निको भए । धन्न श्याम दाईलाई केही आरम महसुस भयो ।  

छैठौ दिनबाट श्याम दाईलाई पनि ज्वरो आयो । एन्टिजेन परिक्षणले कोभीट संक्रमित भएको रिपोर्ट पाए पछीका दिनहरुमा उनले जिवनमा कहिलै महसुस नगरेको कमजोरी महसुस गरे । घरमुलि नै थलिएको श्याम दाईको घरमा त्रासले डेरा जमायो । कोरोनाले शारिरिक रुपमा शिथिल बनाउदै लैजादा परिवारको भविष्य सम्झेर झन् गल्थे उनी ।

एकातिर काम गर्ने अवस्था छनै । अर्को तिर अभाव । निस्तो भात खान त नसक्ने अवस्था नभएको बेला पोषिलो खानेकुराको व्यवस्था कसरी गर्नु ? अभामवमा कोभिटसँग जिन्दगीको लडाई जितुला भन्ने आस मारिसकेको थिए , श्याम दाईले । यस्तो अवस्थामा श्रीमती सन्जुको मन कम्ता भारी भएको थिएन । पिरले उनको पनि भात पानी सबै बन्द भएको थियो । यो दु:खको समयमा ईष्ट मित्र र छिमेकीहरुको साथ, सहयोग र प्रोत्साहनले आत्मबल बढाईदियो ।      यतिबेला श्याम दाईको स्वास्थ्य अवस्था सुधार भईरहेको छ । अब त बाचिन्छ भन्ने आत्मविश्वास जागेको छ । उनी भन्छन्, मेरो दु;खको समयमा ईष्ट भित्र छिमेकी परिवारको साथ, सहयोग र प्रोत्साहनले मलाई बचायो । मैले पनि उनीहरुलाई पैसाले नसकेपनि के गरि सक्छु मैले पनि गर्नु पर्छ भन्ने भावना जगाएको छ ।      

 


No comments: