Thursday, June 16, 2022

कमजोर बनेको सामाजिक सद्भाव ।


                                                                            लक्ष्मी राई


पेशाले सामाजिक विकास संस्थामा आबद्ध भएको कारण  सुन्दरहरैचा नगरपालिकाको सिमान्त समुदायहरुमा कोभिट-१९ बारे सचेत गराने काम सकिएकै थिएन ।  नेपाल सरकारले चैत्र ११ बाट लकडाउन गर्यो । लामो दुरीको सवारी साधन र हवाई यात्रा दुबै बन्द भए । काम सकेर कर्मथलो छोडेर परिवारलाई भेट्न जाने सम्भावना टर्यो । जहाँ छौ त्यही बन्द हुनु पर्ने अवस्था भयो । कार्यालय पनि बन्द गर्नु पर्ने भयो । सदाझै अति आवश्यक काम परेको बेला बाहेक अफीस जानु परेन ।

सन् २०२० जनावरी महिनामा चिनको हुवानबाट शुरु भएको कोभिट-१९ले विश्वलाई नै माहामारीको चपेटामा यसरी लपेट्ने छ कसले सोचेको थियो होला र ? प्राविधिक विकासले सबैको हातमा संसार जोडिएको बेला कोभिटको माहामारी भन्दा चाडो फैलियो यसको त्रास । फेसबुकको भित्ता र युट्युबका भिडियो भरी कोभिटले निलेका जिवनका समाचारहरु मात्र भरिएका हुन्थे । म्यासेन्जर खोलौ कोभिट-१९ । भाईबर, WhatsApp, टिकटक भरी पनि कोभिट-१९ । रेडियो टेलिभिजन पत्रपत्रिका सबैमा उहि मृत्युका समाचार । सबैतिर मृत्यु र त्रासका कुरा मात्र हुन थालेको थियो । बच्ने उपाय ‌औषधी फेला परेको थिएन । केवल विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले गर्नु र नगर्नु भनेका केहि उपायहरु मात्र थिए ।

घरमा बसेकाहरु काहाँ घरमा मात्र थिए र ? ईन्टरनेट मार्फत सबै मानिसहरु विश्वमा कोभिटका प्रभावहरुलाई नियालिरहेका थिए । WHO को दैनिक संक्रमणदर र मृत्युदरको डाटाले विश्वकै ध्यान केन्द्रित गरिरहेको थियो । एकोहोरो यस्ता समाचार सुनिरहदाँ मानिसहरुमा मानसिक रुपमा कमजोर देखिन र सुनिन थालेका थिए ।

त्यति बेला वरपरका एकादुई संक्रमणका घटनाहरुले त्रसित भएर टोलहरुले निर्णय गरी आफ्नो टोल सुरक्षीत राख्ने हेतु बाटो बन्छ गर्न थालेका थिए । संक्रमित हुन सक्छन् भन्ने आसंकामा बाहिरबाट आएका मानिसहरुलाई ससंकित भएर हेर्न थालिएको थियो । नयाँ र बाहिर रहेका मानिसहरु कसैको घरमा आएमा तिनको स्वास्थ्य अवस्था कस्तो छ, भन्ने सबैको चासो बन्दथ्यो । काहाबाट कसरी र किन आएको सोधिखोजी गर्न गाउले तिनको घरमा पुगिहाल्थे ।

यहि बेला दिर्घ रोग भएका एकजाना सबै टोलबासीको निधन भयो । केही छिमेकीहरु जम्मा भएर मृतकको पार्थिव शरीरको संस्कार पनि गरि फर्कीए । साझ पख परिवारका केही सदस्यहरु अर्को जिल्लबाट आए र नजिकै भएकाहरु पनि जम्मा भए ।  छिमेकीहरुलाई मृत्यु भएको बखत हेर्न नजाने छिमेकीको धर्मले दिएन । मानिसहरु एक दुई गरि जम्मा भए । तर पहिलेको जस्तो छिमेकीहरुको चहलपहल थिएन । त्यस घरमा बाहिरबाट आएका मानिसहरु संक्रमित छन्/छैनन् सबेको चासो बन्यो ।

यहि क्रममा भौतिक दुरी कायम गर्नुहोला भन्ने आग्रहलाई दुर्व्यवहार महसुस गरे केहि मानिसहरुले । यस असमझारीको परिणामत: छिमेकीहरु उठेर हिडे । त्यो रात मृत्यु संस्कार अनुसार कपाल काट्ने मानिस पनि पाउन गाह्यो पर्यो, त्यो परिवारलाई । हाम्रो समाजमा कुनै पनि कार्य गर्दा छिमेकी आफन्तहरुको उपस्थिति बाक्लै रहने । झन् मृत्यु भएको घरमा समवेदना प्रकट गरी मृतक परिवारलाई मानशिक रुपमा बलियो बनाउन कहिले नजाने मानिसहरुपनि पुग्ने गर्दछन् । तर कोभीट र त्यसले उब्जाएको त्रास र घटनाका कारण फरक देखियो । कोभिटबाट बच्नका लागि जारी गरेको केहि उपाय मध्ये सामाजिक दुरी कामय राख्ने उपायले मानिसहरुमा भौतिक दुरी भन्दा मानविय सद्भाभाव र समबेदना पनि कमजोर बनेको मसुस भयो ।

 

 

........यो लेख सम्पादन गरी कथा कोरोना किताबमा छापिएको छ ।

 

 

No comments: