Thursday, June 16, 2022

कविता : सक्नेछौ दिन रित्तिएको देश ?

                                             लक्ष्मी राई

शहर गाँउ टोल बस्ति बस्ति

विकासका बनौ हामी सबै हस्ति 

 

चाँसो केहीको मात्र रहे देश कहाँ बन्छ

गरौ सामवेशी सहकार्य विकास दिगो हुन्छ

 

गरेर शुद्धिकरण मस्तिष्कको बनौ सबै प्रगतिशिल

परिमार्जीत परिपक्क गरी स्वयम् बनौ उर्जाशिल

 

ढुक्क बस्ने बेला छैन सुम्पिएर बहुमत जनप्रतिनिधिलाई

के ! सक्नेछौ दिन रित्तिएको बिग्रिएको देश आफ्नै सन्ततीलाई

 

स्याबासी धाप थप्थपाउ, झक्झकाउ कहिले आफै पनि सघाऔ

साँच्चिकै सबै मिली विविधतामा एकता स्थापित देश बनाऔ ।

No comments: