Thursday, November 26, 2020

कविता : रङ्गमञ्च । कवि सन्तोषि विष्ट

कवि सन्तोषि विष्ट नेपालको मध्य पश्चिम बाँके जिल्लामा विगत १६ बर्षबाट साहित्य सृजनामा निरन्तर लागिरहनुभएको छ । मुक्तक, गजल तथा कविता विधामा कलम चलाउदै आउनुभएको उहाँको २०६३ सालमा संयुक्त संग्रह- टहटह जुन नामक साहित्यिक पुस्तक प्रकाशन भएको छ । हाल उहाँ कोहलपुर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ ।


कवि सन्तोषि विष्टको कविता रङ्गमञ्च सुन्न र हेर्नका लागि तलको link लाई click गर्नुहोस् ।  


कविता : पहाड हुँ । कवि हेमन यात्री

पिता बोम प्रसाद राई तथा माता सुकुमाया चाम्लिंगका कोखबाट जन्म लिनु भएका कवि हेमन यात्रीको मनपर्ने विधा भनेको कविता हो । विभिन्न साहित्यक सङ्घ संस्थासंग आवद्ध यात्री विशेषत धरानका साहित्यिक संस्था कलरवका संस्थापक सदस्य समेत हुनुहुन्छ र सो संस्था अन्तर्गत सक्रिय रूपमा स्थानिय तथा राष्ट्रिय कार्यक्रमहरू आयोजना गरिरहनु भएको छ । उहाँका लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू कविता सङ्ग्रह : पहाड मसितै यात्रा गर्छ [६][७] गजल-गीतसङ्ग्रह : आंशुको मुल्य[१] पुरस्कार तथा सम्मान कालिका स्रस्टा सम्मान चितवन २०६५ श्री टाडी मा बि सम्मान रमितेखोला २०६७ डेब्यु बुक अवाड (पहाड मसितै यात्रा गर्छ का लागि )२०६८/२०६९ नवोदित कृति पुरस्कार २०७०, रिडर्स क्लब नेपाल र मोहनगोपाल खेतान प्रतिष्ठान [८][९] सतासी साप्ताहिक सम्मान झापा २०७१ 

नेपाली साहित्य कला डट कम प्रसम्सा पत्र २०७१


कवि हेमन यात्रीको कविता ; पहाड हुँ, सुन्न र हेर्नका लागि तलको लिङ्क click गर्नसहोस् ।  


कविता : अप्ठ्यारो मान्छे । कवि विनोद विक्रम केसी

वि.स. २०३४ सालमा चाल्नाखेल, काठमाण्डौमा जन्मिएका कवि विनोद विक्रम केसी दुई दशकबाट नेपाली साहित्यमा सकृय रुपमा योगदान दिईरहनु भएको सचेत तथा प्रगतिशिल कवि हुनुहन्छ । समाजका बेथिति, राजनैतिक कुव्यवस्था र गलत अभ्यास तथा समाजका समसामयिक विषयमा निरन्तर कलम चलाउदै आउनु भएको छ ।

कविता, निबन्ध तथा अनुवाद उहाँको लेखन विधा हो । उहाँको २०६९ सालमा भोकको क्षेत्रफल नामक कविता संग्रह प्रकाशित भएको छ । पेशागत रुपमा विगत एक दशक भन्दा बढी समयबाट नयाँ पत्रिका, शुक्रबार साप्ताहिक र सम्पूर्ण साप्ताहिकमा जोडिनु भएको छ ।

कवि विनोद विक्रम केसीको कविता :  अप्ठ्यारो मान्छे, हेर्न र सुन्नका लागि तलको Youtube Link लाई click गर्नुहोस् ।