Tuesday, January 16, 2018

चिसो छल्न न्यानो सहयोग




Date:2074/10/2 : Laxmi Rai

WE for Winter आउनुहोस्, सवै मिति न्यानो बाढौ : २०७४” अभियानमा पहिलो चरणको तपाई हाम्रो प्रयास सफल भएको छ । चिसोले तराइका धेरै मानिसहरुको ज्यान गएको अवस्थामा तराई, पहाड, हिमालका सवै नेपालीहरुको सहयोगमा यस मानव कल्याण कार्यले मूर्त रुप लिएको हो ।


आज मिति २०७४ माघ २ गते सुन्दरहरैचा नगरपालिका ३ स्थित रेडक्रस लोचनी आदिवासी झागड बस्तिका ३० घरपरिवारलाई स्थानीय वडा अध्यक्ष श्री जीवल प्रसाद ढुङ्गाना सहित जनप्रतिनिधिद्धारा सिरक वितरण गरिएको छ । दैनिक मजदुरीमा निर्भर यस झागड समुदायमा ३० घरका १३० जनसंख्याको बसोबास रहेको छ ।


मिति २०७४ पुष १९ गते janatimes.com अनलाईन खवरले छापेको समाचारमा सुन्दरहरैचा नगरपालिका ५ मा पुसको कठ्याङ्ग्रिदो चिसोका कारण एक महिनाकी छोरी रोशनीलाई गुमाउनु परेको मनिषा ऋषिदेवको पीडा प्रकासीत भएको थियो । यो दुखत खबर पढेपछि केही गर्न सकिन्छ, कि भनी सुन्दरहरैचाबाट म (लक्ष्मी राई) र काठमाण्डौबाट बहिनी कविता राईले व्यक्रिगत रुपमा नजिकका साथीहरु र दाजू दिदिहरुसँग सहयोग संकलन गरि सुन्दरहरैचाका न्युन आय भएका मानिसहरुलाई न्यानो कपडा बाढ्नको लागि यो अभियान शुरु गरिएको थियो ।


आजको मिति सम्म यस अभियान अन्तर्गत १९ जना सहयोगीहरुबाट रु.३०४६०.00 रकम सहयोग प्राप्त गरिसकेका छौ । यस पहिलो चरणको न्यानो बाढ्ने कार्यमा रु.२२९००.00 खर्च भएको छ । अझै पनि यस कार्यका लागि रकम सहयोग संकलन भईरहेको छ । बाकी रकम तथा प्राप्त सहयोग मार्फत अब अर्को गरिब समुदायमा दोश्रो चरणको न्यानो कपडा बाढ्ने प्रयास जारी रहेको छ ।








Thursday, September 1, 2016

सहयोगी साथहरु प्रति आभार

     
संकलित रकम इकाई समिति पधाधिकारिहरुलाई हस्तान्तरण गर्दै ! 

        

गत बर्षमा मानशिक सन्तुलन गुमाएकी उनको जीवनको केहि अंश लेखेथे । आज उनको तेही असक्त्ताको फाइदा उठाउदै छिमेकी यौनपिपासु, पुरुषले भर्खर सुत्केरी भएको दुई महिना पुग्दा नपुग्दै बलात्कार गरेको खबरले दुखि बनाएको छ । धरान १५ स्थित गरिब समुदायमा रहदै आएकी उनको श्रीमान् मजदुरी गर्छन । उनको काखमा २ महिने बालिका संगै जम्मा ३ सन्तान छन्।

घटना गत भदौ ९ गते घटेको रहेछ । पीडकले उनका श्रीमानलाई पनि मरणासन्न हुने गरी पिटेका रहेछ । ईकाइ समितिका मानिसहरुले पक्रेर प्रहरीलाई बुझाए पछि कानुनी प्रक्रिया आगाडी बधाइएको छ ।

बलात्कार पछि पीडा सहन नसकी आत्महत्याको प्रयास गर्दै गरेको आवस्थामा उनलाई पहिलो पटक उनका श्रीमान् र दोस्रो पटक छिमेकीले देखेर बचाए हुन् । रगताम्य उनलाई "गाइनो इमर्जेन्सी" मा उपचारको लागि छिमेकीले भर्ना गरेका थिए । धरान महिला संजालका अध्यक्ष शीला बज्राचार्यको सक्रियतामा निशुल्क उपचार भइरहेको छ । आज २०७३/०५/१५ उनलाई घर फर्काइदै छ ।


आर्थिक अवस्था कम्जोर भएकी उनको उपचारका क्रममा लाग्ने औषधि खर्च, उनि र उनको बच्चाको पोषणका लागि धेरैको सहयोग मिलेको छ । उहाहरुलाई सधन्यवाद संकलित रकमको जानकारी गराउदछु ।

१. धरान महिला संजालका अध्यक्ष शीला बज्राचार्य रु. २०००/
२. लक्ष्मी राई, धरान बाट रु. २०००/
३. धरान ११ कल्याण चोक निवासी, धनु श्रेष्ठ , धरान १६ गणत्रन्त्र टोल निवासी तुलशा कार्की, धरान १७ शान्ति टोल निवासी प्रभा चापागाई, र धरान १३ राई टोल निवासी सिता मगर (नेपाल महिला एकता समाज सुनसरी अध्यक्ष) तर्फबाट रु. ३०००/
४. धरान १५ निवासी, भिम चहार रु. १०० /
५. धरान १५ निवासी, भारत तामांग रु. १००/
६. धरान १५ निवासी, राधिका बराइली रु.५० /
७. धरान १५ निवासी, शर्मिला खड्की रु. ५० /
८. धरान १५ निवासी, नाम नखुलेको रु. ५०/

सो रकम उनि बस्ने समुदायको एकाइ समिति अध्यक्ष धनकुमारी बि.क. र कोषाध्यक्ष राधिका बराइलीको उपस्थितिमा सल्लाहाकार भिम चाहारलाई प्रदान गरिएको छ ! सहयोगी साथहरु प्रति हार्दिक आभार प्रकट गर्छु ।
तत्कालका लागि उनको सुत्केरी स्याहारका लागि आवश्यक पोषण खाध्यान्न, सिशुका लागि लुगा र औषधी आवश्यक परेको छ । यदि तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क : राधिका बराइली (९८१९३९०८३८ )

उनको (पिडितको ) फोटो उपलब्ध भएतापनि यहाँ सेर गर्न मुनाशिब नभएका कारण गरिएको छैन ।

लक्ष्मी राई
२०७३/०५/१५

Tuesday, July 12, 2016

जनता स्थिर राजनीति हैन समृद् नेपालको सपना पुरा भएको हेर्न चाहन्छन् ।


हिजोआज नेपालको राजनैतिक वृत्तमा सहमतिय सरकारको कुरा खुब चलिरहेको छ ।  नेतृत्व लिने र नेतृत्व स्वीकार गर्ने राजनैतिक पार्टीहरु बीच सहमतीय सहकार्यको वातावरण बनाउनुको साटो फेरी आफ्नै पार्टीको नेतृत्व भए नेपालको विकासले निकास पाउछ भन्दै छन् र अड्को थापी रहेका छन्। प्रतिपक्ष रहेको काग्रेस दाउ खोजे झैँ देखिन्छ । माओवादीले आजै (२०७३/३/२८) समर्थन फिर्ता लिएको छ । फेरी राजनैतिक माहोलले पुरानै पिडालाई दोहोर्याएको छ । तर जनता भने यो स्थिर राजनीति हैन समृद् नेपालको सपना पुरा भएको हेर्न चाहन्छन् ।

Thursday, January 21, 2016

किन महिलाहरु नै महिला-हिंसाका प्रवक्ता हुन्छन् ?

किन महिलाहरु नै महिला-हिंसाका प्रवक्ता हुन्छन् ?


यही २०७२ सालकै कुरो हो । मेरी साथी बच्चा जन्माउन बिपी कोइराला अस्पताल भर्ना भएकी रहेछ । ऊ भर्ना भएको खबर सुन्ने बित्तिकै विस्तारै आफन्तहरु जम्मा भए । अफिसको काम सकेर म पनि त्यहाँ पुगें । म त्यो रात कुरुवा बस्ने भएँ । रात निकै छिप्पिसके पनि आफन्त आउने क्रम बाक्लै भयो । त्यति बेलासम्म साथीलाई व्यथा नै लागेको थिएन ।
सबै चिन्तित थिए, तर चिन्ताको विषय भने अलि भिन्न खालको थियो । औंसी तिथि नजिकिँदै थियो । धेरैजसोको मुखबाट सुनियो, ‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
म तीनछक्क परें । यस्ता कुरा गर्ने सबै महिला नै थिए ।
‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
यी कुराले साथी पनि झन चिन्तित देखिन्थी । मुखले भन्न सकिरहेकी थिइन, तर पनि उसको अनुहारको भाव हेर्दा डर मिसिएको देखिन्थ्यो । तर यी कुराले आफूलाई खासै प्रभाव नपारेको देखाउने प्रयास भने सक्दो मात्रामा गर्दै थिई ऊ । त्यति वेला उसको निकै असहज अवस्था देखेर ममा माया जागेर आएको थियो । अनि कहीँ नभएको रिस ती महिलाहरुसँग उठिरहेको थियो ।
त्यहाँ उनीहरुको कुराको विरोध गर्ने अवस्थै थिएन । चुपचाप हस्पिटल परिसर वरपर कुरुवाहरु नियाल्दै हिँड्न थालें ।
परिसरमा अर्को भेला पनि हुँदै रै’छ । कुरुवा टोलीमा एक पुरुष श्रीमान् र श्रीमतिको परिभाषा लाउँदै थियो, “श्रीमान् भनेको शीर हो, श्रीमति भनेको पैतालाको धुलो । श्रीमान्ले भन्या नमानेर हुन्छ ? भन्नुस् त ?”
यसरी तेर्स्याइएको प्रश्न भुइँमा झर्न नपाउँदै उपस्थित एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
उक्त महिलाको स्वीकारोक्ति महिलाकै विरुद्ध थियो । आफूलाई पैतालाको धुलो कसरी सजिलै मान्न तयार भएकी उक्त महिला ?
“महिला नै महिलालाई हिंसा गर्दछन्” भन्ने कुरा धेरै सुनिन्छ । हिंसा पुरुषले मात्र हैन, महिलाबाटै भएका प्रशस्तै घटना पनि छन् । दाइजो नल्याएको नाममा होस् या छोरा नजन्माएको निहुँमा, उत्पीडन पुरुषसँगै महिला स्वयम् पनि सामेल भएका छन् ।
त्यो रात देखेका यी दुई घटनाले महिला र पुरुष दुवैमा पितृसत्तात्मक सोच निकै मजबुत रहेको महसुस गराए । हाम्रोजस्तो पुरुषप्रधान देश र समाजका अधिकांश घरमा पुरुषकै निर्णय सर्वमान्य छ । शासनसत्ता संचालनमा पुरुष नै छन् । नीतिनिर्माण तहमा पुरुषकै संख्या हावी छ । राज्य, सरकार र घरको सत्तामा महिलाको पहुँच र उपस्थिति निकै कम छ । यस्तो अवस्थामा महिलाको निर्णायक भूमिका नहुनु अनौठो हैन । यस्तै सामाजिक संरचनालाई पितृसत्तात्मक संरचना भनिन्छ ।
एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
पितृसत्ता त्यस्तो सामाजिक संरचना हो जहाँ पुरुषद्वारा परिवार, समाज तथा राज्यको संचालन हुन्छ । पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै । अनि महिला पुरुष दुवैबाट पितृसत्तात्मक सोचको मलजल भएको छ यहाँ । परिणामस्वरुप एक जमात महिलाहरु पुरुषलाई मात्र महत्व दिन्छन् र महिलाको भूमिका गौण देख्दछन् ।
सामाजिक विकास कार्यकर्ताको रुपमा समुदाय समुदाय जाने क्रममा यस्ता धेरै घटनासँग साक्षात्कार गर्ने मौका पाएकी छु । २०७२ जेठ २५ गते धरान उपमहानगरपालिका–१७ मा सामूहिक बालिका बलात्कारको घटना भएको थियो । बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
यो घटनामा पनि पीडित बालिकाको पीडालाई महिला पुरुष दुवैको जमातले बेवास्ता गरेको देखियो । यस्तो प्रकृतिका घटनाले पनि पुरुषलाई प्रधानता दिने चिन्तन हामी महिला पुरुष दुवैमा रहेको प्रस्टाउँदछन् । बचाउका यस्ता कदमले पुरुषमा हिंसात्मक मनोबल बढाउन सहयोगी बन्दछन् भने पुरुष मात्र नभई महिला पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला–हिंसाका हिस्सेदार बन्दछन् ।
बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
लैङ्गिक विभेदमा शिक्षा सचेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पुरुषप्रधान समाज वा पितृसत्तात्मक सामाजिक संरचना पनि शिक्षाकै कमीका कारण फैलिएको हो । त्यसो त पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने काममा पुरुषहरु मात्रै भएका कारण पुरुषप्रधान शिक्षा हावी भएको पनि देखिन्छ । अर्कोतर्फ, प्रमुख समस्याका रुपमा पहिलेदेखि महिलालाई पढ्न वर्जित गर्ने सामाजिक मान्यताका कारण पनि महिलाहरुको शैक्षिक स्तर विकास भएन । के सही, के गलत भन्ने विश्लेषण गर्न असमर्थ रहे महिलाहरु ।
यसै क्रममा महिलाहरुले श्रीमान्लाई जीवनसाथीका रुपमा भन्दा पनि स्वामीको रुपमा स्वीकार्दै आए । उनीहरु चुलोचौको र खेतबारीमा मात्र सीमित भए । छोराछोरी जन्माउने र हुर्काउने काम महिलाको हो, बाह्य काम तथा आर्थिक उपार्जनका लागि गरिने कार्य महिलाको होइन भन्ने धारणा सबैमा थोपरियो । यस मान्यतालाई महिलाहरुले पनि सहज रुपमा स्वीकार्न बाध्य बनाइयो ।
परापूर्वकालदेखि सबैले मान्दै आएका यस्ता मान्यतालाई परिर्वतन गर्नुभन्दा चुपचाप अनुसरण गर्नु सजिलो हुन्छ । तसर्थ पनि त्यस्ता मान्यतालाई सबै महिलाले सहज रुपमा आत्मसात गरे । र, पीडितहरु नै पितृसत्तात्मक सोचको बाहक र क्रियान्वयनकर्ता पनि बने ।
नेपाली समाज विकासमा विगत दशकमा महिला सशक्तीकरण उपलब्धिमूलक रहेको समाजशास्त्री चैतन्य मिश्रको समीक्षा सुनिएको छ । महिला सक्रियताका कारण सामुदायिक विकास भएको, आर्थिक पहुँच वृद्धि भई जीवनस्तरमा सुधार भएको अवस्थाबारे थोरबहुत रुपमा म आफै पनि साक्षी रहेको छु । महिला–हिंसा घट्नुमा महिला सशक्तीकरणको राम्रै प्रभाव रहेको समीक्षकहरु बताउँछन् । तथापि, अझै पनि पुरुषलाई प्रधान सझिने सोचमा पूर्ण रुपमा परिर्वतन गर्न सकिएको छैन ।
पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै ।
यस्ता समस्या तबसम्म जीवित रहन्छन्, जबसम्म पितृसत्तात्मक सोच र संरचना रहन्छन् । तबसम्म महिला पुरुष समविकास र लैङ्गिक समानताका लक्ष्य केवल कागजमा मात्रै बलियो देखिन्छन्, जबसम्म महिला पुरुष दुवैले एक अर्काका क्षमतालाई सम्मान गर्दैनन् ।
यस मानेमा महिलाका विषयमा महिलासँगै पुरुषलाई पनि सचेत गराउन सरोकारवाला निकायहरु पनि चुकेका छन्न । एकातिर केही पुरुषहरु महिला अधिकारका कुरा सुन्नै चाहँदैनन् । अर्कोतिर, पुरुषले गरेका हिंसाको मात्रै चर्चा भइरहेको छ । यस्तो अवस्थामा पुरुषप्रति महिला आक्रोश स्वाभाविक रुपमा बढेका छन् ।
हामी महिला पुरुष दुवै एकअर्काप्रति अन्तरनिभर छौं । यही वास्तविकतालाई मनन गरी सहकार्य र सहमतिको वातावरणको सृजना गर्नु आवश्यक छ । यसमा योगदान पुर्‍याउनमा सरोकारवाला निकायको भूमिका जरुरी देखिन्छ । समाजका प्रत्येक व्यक्तिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ नै ।
साथै, महिलाको निर्णायक भूमिकालाई अवसर प्रदान गर्नुपर्दछ भने महिलाहरुका अधिकार, क्षमता र सीपको विकास गरी आर्थिक पहुँच वृद्धि गर्नु अपरिहार्य छ ।
धरान ।
( esamata.com  मा प्रकाशित मेरो लेख ) 

Monday, August 17, 2015

रातमाटे गाउमा पुस्तकालय स्थापनाका लागि पहिलो कदम (फोटो फिचर)

 ग्रामिण क्षेत्रका बालबालिका तथा युवाहरुको ज्ञानको दायरालाई पुस्तक मार्फत फराकिलो बनाउने उदेश्यले मिति २०७२ श्रावण १८ मा ओखलढुंगा तिर लम्किएका कदमहरुलाई धेरै शुभेच्छुक साथी तथा सहयोगी हातहरुको साथले यस कार्यको शुभारम्भ सहज भएको छ  । 




ओखलढुंगा जिल्लाको रातमाटे गाविस स्थित नवलपुर तथा रातमाटेमा रहेको श्री सिंह देवी नि.मा.विधयालय र चेतन प्राथमिक  बिध्यालयको नेतृत्वमा स्थानीय गाउका  करिव १७५ घरघुरिका युवा तथा बालबालिकालाई लक्षित गरि पुस्तकालयको स्थापना गरिएको छ  ।    





 मिति २०७२ श्रावण २० र २१ गते लक्ष्मी राईको सहजीकरणमा नेतृत्व बिकास तथा पुस्तकालय व्यवस्थापन तालिम संचालन गरि स्थानीय युवा, विध्यालयका शिक्षक तथा बिध्यालय व्यवस्थापन समिति सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो  ।  साथै कविता राईबाट बाल अध्ययन केन्द्र संचालन बिधि र यसका उपादेइता बारे सहजीकरण भएको थियो  ।  







बालबालिकाको क्षेत्रमा कार्यरत  सिविन नेपालको सहयोगमा भूकम्पबाट  प्रभावित यी गाउहरुमा मिति २०७२ श्रावन २० र २३ गते क्रमश नवलपुर र रातमाटे गाउमा पुस्तकालय सामाग्री, बिध्यालय सामग्री, बिध्यार्थीहरुलाई कपि कलम तथा झुल वितरण गरिएको थियो  । साथै यी दुवै गाउमा पुस्कालयको औपचारिक उद्घाटन गरिएको थियो  ।  




पुस्तकालय संचालनार्थ श्री सिंह देवी निम्न माध्यामिक बिद्यालयमा र  श्री चेतन प्राथमिक बिध्यालयमा ५ सदस्यिय पुस्तकालय ब्यवस्थापन समिति र ५ सदस्यिय पुस्तकालय अनुगमन समितिको चयन भएको छ  । 

श्री सिंह देवी  पुस्तकालय व्यवस्थापन समिति 
श्री सिंह देवी पुस्तकालय अनुगमन समिति 


बालबालिकालाई मनोपरामर्ष गर्दै अध्ययन गराउने तथा अतिरिक्त क्रियाकलाप मार्फत बौद्धिक बिकास गर्ने उदेश्यले बाल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ  ।  ३ महिना सम्म संचालन हुने यो केन्द्र सम्भव त यस क्षेत्रको पहिले बाल अध्ययन केन्द्र रहेको स्थानीय शिक्षकहरु बताउनुहुन्छ ।  


Add caption
बालबालिकाहरुलाई PFA तालिम प्रदान पछि 


पुस्तकालय तथा बाल अध्ययन केन्द्र स्थापना तथा योजना तर्जुमा गोष्ठी 
पुस्तकालय संचालन तथा पुस्तक वृद्धिका लागि दुवै गाउले आफ्नो गाउमा आउने सबै आगन्तुकहरुलाई पुस्तक कोशेली ल्याई सहयोग गर्न अनुरोध गर्ने अभियानमा संचालन गर्ने भएका छन्  ।  सोका लागि नवलपुरबासीले पुस्तक वृद्धिका लागि "हाम्रो पुस्तकालयको आह्वान कोशेली चिनो एक पुस्तक प्रदान" नारा शुरु गर्ने भएका छन्  ।  तेस्तै गरि रातमाटे बासीहरु "ज्ञानको रातमाटे गाउ श्री चेतन पुस्तकालयलाई एक पुस्तक कोशेली ल्याउ" नाराका साथ जुटेका छन्  ।  






 व्यक्तिगत पहलमा शुरु गरिएको यस् कार्यलाई सरोकारवाला सस्थाहरु र सहयोगी मनहरुको साथ र सहयोगले अगाडी बढ्न प्रोत्साहन मिलेको छ । यस अभियानमा शैक्षिक सामग्री सहयोग सिविन नेपालले गरेको थियो ।  पुस्तकका सहयोगमा नेपालका साहित्य क्षेत्रमा योगदान गरिरहेका साहित्तिक स्रस्टाहरु ब्याकुल माइला, पूर्वका युवा कवि हेमन यात्री, सुदीप पाख्रिन, गीतकार टिका चाम्लिंग, नाटककार प्रविण पुमा, डा. भक्त बहादुर राई, सुरेश सुमन डाँगी रहनु भएको छ  ।  सामाजिक बिकासमा बिगत लामो समयबाट लागिरहेकी समिता केसीबाट पनि पुस्तक सहयोग प्राप्त भएको थियो  ।  
  




श्री चेतन पुस्तकालय अनुगमन  समिति 

श्री चेतन पुस्तकालय व्यवस्थापन समिति 




सहयोगी हात र साथ प्रति आभारी लक्ष्मी राई र कविता राई । 
मिति ; २०७२ श्रावन ३२ गते