Sunday, September 27, 2020

कविता : बद्लिनु । सन्तोषि विष्ट।


कवि सन्तोषि विष्ट नेपालको मध्य पश्चिम बाँके जिल्लामा विगत १६ बर्षबाट साहित्य सृजनामा निरन्तर लागिरहनुभएको छ । मुक्तक, गजल तथा कविता विधामा कलम चलाउदै आउनुभएको उहाँको २०६३ सालमा संयुक्त संग्रह- टहटह जुन नामक साहित्यिक पुस्तक प्रकाशन भएको छ । हाल उहाँ कोहलपुर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ ।



कवि सन्तोषि विष्टको कविता हेर्न र सुन्नका लागि  दिईएको Youtube link लाई click  गर्नुहोस् ।


Sunday, September 6, 2020

कविता : पिडा

                 लक्ष्मी राई     

कुशे औंसीको त्यो दिन
भएभरका सम्मान र प्रेम बटुलेर
बाहरूलाई पोष्टाउदै थियो सामाजिक सञ्जाल
Happy Father's Day

तर
जोगेन्द्र महत्तो गुहार माग्दै थिए
मृगौला रोगी छोराको ज्यान बचाउन


बिन्ति हमर बच्चाके डाईलासिस करादु
हमर बच्चाके ज्यान बचादु

आङ्ग सिरिङ्ग गराउने प्रमोद महत्तोको
असैह्य पिडाको क्रन्दन
छोराको पिडामा जलिरहेको
बाबु आमाको चिच्याहट
कसैले सुनेनन् त्यो दिन

परिणामतः उपचारको अभावमा
मृत्युको खबर छापियो अखबारमा
कति होलान् नछापिएका प्रमोद महत्तोहरू
बेखबर झैं भएका छन् सदियौं देखि यो देशमा

पिडा उस्तै थियो
तिम्रो र सम्माननिय ज्यूको पनि
भुईमान्छेहरुको नियति न हो
कुल्चन्छन् सहजै जस्ले पनि

सत्ता लिप्सामा डुबेका मगजहरू
गौण बनाउदै आईरहेका छन्
जनताका स्वासको महत्व सधैभरी
आज तिम्रो हबिगत जे
उस्तै भोलि हाम्रो पनि ।।।