लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो । यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहन पाउदा एकप्रकारले खुशी छु । भर्खरै घटेको असामान्य बन्न सक्ने घटनाले मलाई केही त सिकाएको छ । यो घटनाले तपाई सवारी चालकहरु र पैदलयात्रीहरुलाई पनि सिकाई हुनसक्छ ।
⟹लक्ष्मी राई
२०७७ साल बैसाख
२०७७ साल बैसाख
घर जाने हो ? पास बनाएर जाउन / आउन भन्ने मेरा मित्रहरु धेरै थिए,
यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा । मन त किन नहुनु एक्लै बस्नु भन्दा परिवारसँग
बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले । जागिरको सिलिलाले
आफन्तदेखि करिब ५०० किलोमिटर दुर नेपालको पूर्वि भेगमा छु, मोरङ्गको
सुन्दरहरैँचा नगरपालिका । परिवारसँगै बस्नेहरुलाई लाग्दो हो “कस्तो मन आफन्तसँग बस्न पनि मन नहुने” तर घर परिवारबाट
टाढा बसेकालाई मात्र महसुस हुन्छ, कस्तो हुन्छ मन । थाकेर
कोठामा साझपख आउदा आमाले पकाएर दिनु भएको तातो चिया याद आउछ । विरामी भएर उठ्न
नसक्ने हुदाँ आमाको मायालु हातको स्पर्सको तिर्षना लाग्छ । खुशीको खबर फोनबाट
सुनाए पछि भाईबहिनिहरुको त्यो उत्साह याद आउछ । काधमा बाबाको स्यावसी धाप याद आउद
। यो मनको कुरा गर्न थाल्दा धेरै भावुक
हुईन्छ, भैगो नगरौ ।
अहिले चै लकडाउनकै
अनुभवबारे कुरा गरौ । २०७६ सालको चैत्र १० सम्म सुन्दरहरैँचा नगरपालिकाको
समुदायहरुमा नोभल कोरोना भाईसरको बारे जनचेतनामुलक क्रियाकलाप सम्पन्न गर्नु पर्ने
योजनाका कारण घर (काठमाण्डौ) फर्कने अवस्था भएन । चैत्र ११ बाट लकडाउन शुरु भै गयो । लक्ड हुनु पर्ने
समाचार पाउन बित्तिकै यो समय के गरेर बिताउने योजना बनाईयो । तर कुनै काम सक्नै
पर्छ, भन्ने नभएपछि घरमा बस्दा योजना अनुसार काहाँ काम गरिदो
रै छ र ! शुरुको दिन
मस्त सुतियो । केहि दिन घरबेटीका केटाकेटिहरुसँगै डन्डीबियो, स्किपिङ्ग, गट्टी खेलियो । २० थान जति मिश्रित
प्रकृतिका फिल्म हेरियो । ति मध्ये अधिकाम्श सस्पेन्स थ्रिलर प्रकृतिका थिए । केहि
थान राजनैतिक विमर्सका अनलाईन अन्तरवार्ता हेरियो । एक हप्ता जति त अनलाईन गेम नै
खेलियो । गेम खेल्दा रमाईलो भई नै हाल्छ तर अनलाईन गेम अझ रमाईलो । समय वितेको
पत्तै हुदैन । अहो ! अनलाईन गेमले त दैनिकि नै परिवर्तन
गरिदियो नि । लकडाउनका क्रममा हिजोको दैनिकी फेरिन थाल्यो । ढिलो सुताई । गेमका
कारण एकै ठाउको एकै प्रकारको बसाईले शरिर दुखाई । रमाईलो त भयो तर गर्छु र पढ्छु
भनेका धेरै कुरा छुटे । धत् भएन भनेर योजना अनुरुपका काम शुरु गर्न थालियो ।
Photo source : Google |
चैत्र तिर मुसुरीको दाल
भित्राउछन् किसानहरु । हामी खेती नहुनेहरु किसानको मिहिनेमै भर गर्छौ । बजारमा भर्खर
थ्रेसर लगाएको नयाँ दाल आएको थियो । तर लकडाउनका कारण सबै जसो दाल चाडै बिक्री
भएकोले मैले काम गर्ने समुदायको एक जना दिदिले मेरो लागि दाल खोजिदिनु भएको थियो ।
दाल त लकडाउन खोले पछि ल्याउदा नि हुने थियो तर चाजोपाजो मिले काठमाण्डौ हिड्ने
योजनाले लिन जाने विचार गरे । त्यसैले लकडाउनमा
सरकारले अत्यावश्यक खाद्यान्न खरिदका लागि बाहिर निस्कन अनुमति दिइको समय साझ ४
बजे पछि सो समुदाय निस्कने निधो गरे । एकमन (४० के.जी.)दाल थियो । बोकेर ल्याउने ह्याउ भएन, त्यसैले स्कुटीमा गए ।
लकडाउनका कारण कमै
सबारी साधन चल्न दिईएको थियो । एम्बुलेन्सहरु चै अलि बढि गुडिरहेका थिए । अरु
सवारी साधनको दाजोमा । सडक खाली थियो । पुर्व दिशाबाट पश्चिम ईटहरी तर्फ जादै
गर्ने क्रममा मेरो स्कुटरको स्पिड २० थियो । दुई पाङ्ग्रे सवारी साधन चलाउन
लाईसेन्स पाएपछि शुरु शुरुमा खुब हुईकाईन्थ्यो । केहि वर्षको अनुभवले त्यो गति
ईकोनोमि स्पिडमा सिमित गरिदिएको छ । यसो भनौ सवारी साधन जोसले हैन होसले चलाउने
बानी बसेको छ । समयले र वरपर घटेका घटनाहरुले अलि बढी सचेत बनाएको छ ।
कोभिट-१९ को संक्रमित भटाभट देखिन थालेपछि सुन्दरहरैचा नगर क्षेत्र भित्रका गाँउ/टोल छिर्ने बाटाहरु बन्द गर्न शुरु गरिएको थियो । “..यो बाटो खुल्ला छ कि..” भनेर आफ्नोको बाँयातिरको बाटो
हेर्दै थिए । तेतिबेला मेरो स्कुटरको स्पिड ५ मा पुग्न लागिरहेको थियो । झन्डै स्कुटर
रोकिने अवस्थामा । त्यतिनै बेला पछाडिबाट ढ्याम्म मेरो स्कुटीको दाँयातिरको छेउमा
ठोक्कीयो । छिन मै मेरो स्कुटिलाई हान्ने बाईक मेरो अगि एक मिटर दुरिमा लड्यो,
गर्ल्याम्म ।
Photo Source : Google |
चालक करिब ५० देखि ६०
वर्ष उमेरका देखिन्थे । पछाडी अर्का मानिस पनि थिए । उनी भन्दा कम उमेरको हुनुपर्छ
। पछाडि बसेका मानिसले दुईवटा ग्यालिन बोकेका थिए । पेट्रोल किन्न निस्केका थिए, सायद । चालक बाईकबाट उछिटिएर बाँया तर्फ पछारिए । अर्का मानिस बाईकसँगै
लडे । उनको खुट्टा बाईकले किचेछ । तेहि
भएर उनि उठिहाल्न सकेनन् । एकै छिनमा मानिसको भिड नेपाल सरकारले तोके भन्दा बढी संख्याको
हुन लाग्दै थियो । मैले स्कुटी ठोकिएकै स्थानमा अड्याए । मेरो स्कुटी सडकको बाँया सिमानाको
छेउको एक वित्ता मात्र पर थियो । मेलै हेर्न भ्याईहाले । अनि उनिहरुलाई हेर्न
अगाडि बढे । बाईकसँगै लडिरहेका मानिसलाई उठाउन सहयोग गर्न भने भिडलाई । उनिहरुलाई
देख्दा म आफैलाई दुखीरहेको थियो । अझै पनि तिनिहरुको घाउ सम्झदा जिरिङ् हुन्छु ।
वरपर मेडिकल कमै खुलेका
थिए । कोभिट-१९ को डरले अन्य सामान्य रोगीहरुको उपचार
नगरेको खबर आईरहेको थियो । हड्डी भाचिएको रैछ भने, अस्पतालले
हेरेन भने दु:ख पाउने भए मनमा अनेक कुरा आईरहेको थियो । धन्न
ठूलो घाउ चोट भएन । एकछिन बहस चल्यो कसको दोष भन्ने विषयमा । यस्तो खाली सडकमा
आफ्नो साईडमा गुडिरहेको गाडीलाई सोही दिशाबाट आएको अर्को गाडिले ठक्कर दिनु भनेको पछाडीबाट
ठक्कर दिने चालककै लापरवाही हो । गल्ती बाईक चालककै भएको घटना देखिरहेका भिडले
महसुस गराएपछि सहमतिमा छुटियौ । छुटिनु पर्ने जरुरी पनि थियो । त्यति खेर घटना
स्थलमा मानविय भिड जो बढीरहेको थियो ।
घटनाको १ घण्टा पछि पो
दिदिले “..धन्न बच्नु भयो” भनेपछि चै मुटुले डरको ढ्याङ्ग्रो
बजायो, ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्.. । कसरी चलाएको थियो होला त्यो मान्छेले बाईक
सोच्दा सोच्दै सडक दुर्घटनाबारे के रैछ बुझ्न मन लाग्यो । सडक दुर्घटना किन बढीरहेछ भन्ने खुलदुली मेटाउन
गुगलमा केही समय विताए । कान्तिपुर दैनिकमा प्रकाशित मिति २०७६ असोज ५ गतेको समाचार
अनुसार नेपालमा चालकको लापरवाहिका कारण काठमाण्डौ उपत्यकामा मात्र आ.व.०७१/०७२ वर्षमा मात्रै ५
हजार २०५ दुर्घटना भएका रहेछन् । विविसि
न्युज आनलाईनमा सन् २०१९ डिसेम्बर १८ मा
प्रकाशित समाचार अनुसार नेपालमा एकलाखमा लगभग १६ जनाको मृत्यु सवारी
दुर्घटनाको कारण भएको तथ्य छ ।
लामो समयदेखि यातायात
क्षेत्रको सुधारमा लागिरहेका धरानका भिमज्वाला राई नेपालमा सवारी साधन दुर्घटना
हुनुका ४ प्रमुख कारण छन् ।
१. भौतिक कारण : सवारी साधन र यसको संख्या, सडक पूर्वाधारको अवस्था
तथा यसको गुणस्तर
२. मानविय कारण : सवारी चालक र पैदल यात्री
३. यान्त्रिक कारण : सवारी साधनको ईन्जिन र यसको
गुणस्तर
४. पर्यावरणिय कारण : मौसम तथा वरपरको वातावरण
यिनिहरु मध्ये मानविय र
भौतिक कारणहरु नै अत्याधिक दुर्घटनाको कारण बनेको छ । जस्मा दुई पाङ्गे सवारी साधनहरु नै बढी
दुर्घटनामा परेका छन् । नितिगत सुधार अर्को महत्वपूर्ण प्रशासकीय पाटो हो । नेपालमा
नितिगत सुधार नगरिएमा यातायात क्षेत्रमा ठूलै चुनौति बेहोर्नु पर्ने कुरा राई बताउनु
हुन्छ ।
मिति २०७५ श्रावण २४
गते खरिपाटी आनलाईनमा छापिएको समाचार अनुसार सवारी चालकको कारण ८६% दुर्घटना भएको देखिन्छ । घटनाको प्रकृति अनुसार चालकको लापरवाहीका कारण ६७%,
तिब्र गतिका कारण १५%, पैदल यात्रुको गल्तिबाट
४%, ओभरटेकका कारण ४%, यान्त्रिक गडबडीका
कारण ४% र अन्य कारणले ६% दुर्घटनाहरु
घटेका रहेछन् ।
सहकर्मी बैनिले केहि
दिन अगि मात्र सुनाउदै थिईन् । भर्खरै लकडाउनकै दौरान ईनरुवाको एकजना जनप्रिय
स्वास्थ्य कर्मी सडक पार गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिदा ज्यान गएको ।
आनलाईन खबरको यो डाँटा
र अरुका कारण आफु दुर्घटना परेको अनुभव गरेपछि भने अचेल म झन् सचेत भएको छु । तपाईहरु
पनि सचेतना अपनाउनु होला हिड्दा होस् या सावारी साधन चलाउदा । नत्र दुर्घटनाको सरकारी
डाँटामा पपाईको पनि नाम आउन सक्छ । धन्न मेरो दिन बलियो परेछ र मलाई केहि भएन । अब कोभिट-१९ लाई जित्नु
छ । विश्वसँग कोभिट-१९ लाई परास्त गरी उत्साह बाढ्नु छ ।
No comments:
Post a Comment