J लक्ष्मी राई
"नितु दि ! फोटो दामी लाग्यो
। भिनाजु हो ?"
"हैन मेरो बोय फ्रेन !" रिसाएर, चिम्से
आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि
मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ । मेरो सोच पनि कति निच ! भिनाजु नभए को
हुन्थ्यो ? अरु हुदो हो त तेस्तो फोटो तेसरी सबैलाई देखाउनु हुन्थ्यो त ? दोस्रो बिबाह गर्ने महिलाहरु चरित्र हिन्न नै
हुदैनन् नि । यत्रो देश डुलेर, सेस भैसकेर पनि उही संकुचित बिचारमा आफुलाई बाधी
राख्ने कस्ती म । मैले गलत नै भनेकी रहेछु, मैले अनुमान गरे । अब त्यो भिडमा बस्न
उचित लागेन मलाई । लुसुक्क, अर्को भिड तिर लागे । आजसम्म पनि बाँचेको संकीर्ण
सामाजको एक प्रतिनिधि पात्र म ।
उनि नितु । नितु लिम्बु गुरुङ । बिहे पछि
जोडिएर भएको दुइटा थर । ताप्लेजुंग जन्मिएकी उनि बिहे पछि काठमाडौं बस्थिन । उनको पहिलो
श्रीमान कर्ण लिम्बु संगै । १ छोरीका बाबु कर्ण निजामती कर्मचारी थिए । उनि र मेरो
भेट आज भन्दा ५ वर्ष अगी भएको थियो उनकै पसलमा । नया बानेश्वरमा
उनको फेन्सी पसल थियो । म अकसर उनकोमा कपडा किन्न पुग्थे । हसिलो अनुहार, फरासिली
उनि हाक्की स्वभावकी थिइन् । तेही भएर पनि म उनकोमा नै जना रुचाउथे । अर्को कुरा
उनकोमा सस्तो, राम्रो कपडा पाइन्थ्यो । शनिबार कहिले कसो पसलमा पसियो भने उनका
श्रीमान पनि भेटिन्थे । तर उनीहरु बिच खासै मिल्ती देखिनन् थियो । एक पस्चिम त १
पूर्व फर्केका हुन्थे । किन मिल्ती थिएन ! सोध्न गार्हो लाग्थ्यो । कहिले सोधिन
पनि ।
Photo taken from Google |
"उस्को र
मेरो तेतिनै होला लेखान्त । हामी छुटेको ३ वर्ष भयो ।" नितु दिदिले भन्नु भयो
। किन के भएको थियो र ? मेरो उतर दिदै भनिन "थिए धेरै कुराहरु के भन्नु ?"
नभन्ने भईन दिदीले
। के कारण थियो होला ? उनीनै तेस्ती हुन की, ति भूतपूर्व भिनाजु भनाउदा तेस्ता
हुन् ? बिचारी त्यो छोरीको पो बिजोग हुने भो त । बाउ आमाको जुधाईमा बच्चाको वर्तमान र भविश्य बिग्रिने भयो । आजकाल कति धेरै सम्बन्ध बिच्छेदको घटना बढेका ...किन होला ? आजसम्म भनेकी
छैनन् उनले मलाई । घरि घरि त मेरो तथ्यहिन अनुमानले उनलाई नै दोषी ठान्छ । पुरुष
प्रधान समाजको एक हिस्सा न परे महिलालाई नै दोषी ठान्छ ।
२०७० आसार १३
No comments:
Post a Comment