Photo taken from Google |
सामाज सेवीको
प्रमाणपत्र कहाँ दिन्छ ? अनि कसरी हुने त सामाज सेवी ? एक मित्रले प्रश्न गरे । बिचार उनलाई समाज सेवी बन्ने भुत चढेको छ, किन
हो । सोच राम्रै हो । मानव समबेदना हराउदै गएको यो समयमा यस्ता सोच
भएका मानिस पाउन गारो छ । विदेश भासिएका उनि आफुले कमाएका केहि गरिब दुखिलाई सहयोग
गर्न चाहन्छन् । तर कसरी ? भेउ पाउन नसकेर आफ्ना केहि
साथीहरुलाई पनि भन्दा रहेछन । साथीहरु यो
कुरा सुनेर पत्याउदा रहेनछन । कसैले
नपत्याउदा आफु मन भएर पनि सहयोग गर्न नसकेकोमा दुखि रहेछन । अनि आफु हतोत्साही भएको गुनासो सुनाउदै थिए मलाई
।
उनका साथीहरु पनि केहि हद सम्म त ठिकै हुन् । USA,
America, Canada, UK बस्तै आएका देश र भेस फेर्ना बितिकै ठुला बनिन खोज्ने केहि
मित्रहरुको हर्कतले म आफै पनि विश्वस्त हुन सक्दिन । यस्तै घटना घट्यो मसंग पनि । आज भन्दा ३ वर्ष अगाडी । लाहुरे लाग्ने सपना बोक्दा बोक्दा लाहुरे हुन नसकेका बाबुको मार्फत UK पुगेको उसको चुरी फुरी बेग्लै थियो । कमाउन कसरी कमाउदै थियो, थाहा छैन । Online Chat मा कुरा कानी हुदाँ, उसलाई लागेको कुरो भनिरहन्थ्यो । गरिबीको कारण पढाउन नसक्ने कोहि छ भने म
उसलाई पढाउन चाहन्छु । केहि समयको लागि मात्र हैन क्या, उसलाई सक्षम नागरिक
नबनुन्जेल । B.A., M.A. कहाँ सम्म पढछ तेती पढाउछु ।
लौ गजब कुरो
। मैले कसरी सहयोग गरौ त ? राम्रो
विचार सुनेर मैले सुध्याए । कोहि गरिब छन् भने खोजिदेउन । यति
काम त गरिहाल्छु नि । मैले आफ्नै कार्य क्षेत्रमा पर्ने दिपेन्द्र
प्राथमिक बिध्यालयमा सोधे, खोजे । समुदयमा पनि खोजे । १
जना परिवार पनि पत्तो लाए । त्यो
परिवारलाई भेटे पनि । तर चुरो कुरो चै भनेकी थिएन ।
राम्रै भएछ नभनेको पनि । सहयोग गर्ने ठुला हृदय भएका ति मित्रलाई यो कुरो सुनाए पछि बेपत्ता नै भए । फेस बुकमा मलाई पनि unfried गरेछन् । म पो जिल्लाराम ! बेक्कारमा टन्टलापुर घाममा दिनभरी कुदियो ।
राम्रै भएछ नभनेको पनि । सहयोग गर्ने ठुला हृदय भएका ति मित्रलाई यो कुरो सुनाए पछि बेपत्ता नै भए । फेस बुकमा मलाई पनि unfried गरेछन् । म पो जिल्लाराम ! बेक्कारमा टन्टलापुर घाममा दिनभरी कुदियो ।
२०७० भदौ १२ बुधबार ।
No comments:
Post a Comment