लक्ष्मी राई
ए मानिस हो!
मृत्युलोकबाट एउटा समाचार आको छ
छैन रे ठाँउ आत्मघातीहरुलाई उर्दी जारी भाको छ
शोकमा छन् रे
भ्रमित मुक्त्ति मार्ग रोज्नेहरु
पश्चातापमा जल्दै छन् त्यहाँ आत्म स्वास खोस्नेहरु
हरपल उत्सवको अवसर रे
स्वर्ग यही धर्तिमा
फर्केर अंगाल्छन् खुशीहरु पनि सैयौ गल्तिमा
जिवन सिध्याउने आँटले त
एकपटक जिन्दगी जिएर हेर
खोजे मुक्ति यही आनन्दको प्याला पिएर हेर ।।