Friday, June 26, 2020

सचेत बनौ


लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो । यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहन पाउदा एकप्रकारले खुशी छु । भर्खरै घटेको असामान्य बन्न सक्ने घटनाले मलाई केही त सिकाएको छ । यो घटनाले तपाई सवारी चालकहरु र पैदलयात्रीहरुलाई पनि सिकाई हुनसक्छ ।


लक्ष्मी राई
२०७७ साल बैसाख

घर जाने हो ? पास बनाएर जाउन / आउन भन्ने मेरा मित्रहरु धेरै थिए, यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ।  मन त किन नहुनु एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले । जागिरको सिलिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर नेपालको पूर्वि भेगमा छु, मोरङ्गको सुन्दरहरैँचा नगरपालिका । परिवारसँगै बस्नेहरुलाई लाग्दो हो कस्तो मन आफन्तसँग बस्न पनि मन नहुने तर घर परिवारबाट टाढा बसेकालाई मात्र महसुस हुन्छ, कस्तो हुन्छ मन । थाकेर कोठामा साझपख आउदा आमाले पकाएर दिनु भएको तातो चिया याद आउछ । विरामी भएर उठ्न नसक्ने हुदाँ आमाको मायालु हातको स्पर्सको तिर्षना लाग्छ । खुशीको खबर फोनबाट सुनाए पछि भाईबहिनिहरुको त्यो उत्साह याद आउछ । काधमा बाबाको स्यावसी धाप याद आउद ।  यो मनको कुरा गर्न थाल्दा धेरै भावुक हुईन्छ, भैगो नगरौ । 

अहिले चै लकडाउनकै अनुभवबारे कुरा गरौ । २०७६ सालको चैत्र १० सम्म सुन्दरहरैँचा नगरपालिकाको समुदायहरुमा नोभल कोरोना भाईसरको बारे जनचेतनामुलक क्रियाकलाप सम्पन्न गर्नु पर्ने योजनाका कारण घर (काठमाण्डौ) फर्कने अवस्था भएन । चैत्र ११ बाट लकडाउन शुरु भै गयो । लक्ड हुनु पर्ने समाचार पाउन बित्तिकै यो समय के गरेर बिताउने योजना बनाईयो । तर कुनै काम सक्नै पर्छ, भन्ने नभएपछि घरमा बस्दा योजना अनुसार काहाँ काम गरिदो रै छ र !  शुरुको दिन मस्त सुतियो । केहि दिन घरबेटीका केटाकेटिहरुसँगै डन्डीबियो, स्किपिङ्ग, गट्टी खेलियो । २० थान जति मिश्रित प्रकृतिका फिल्म हेरियो । ति मध्ये अधिकाम्श सस्पेन्स थ्रिलर प्रकृतिका थिए । केहि थान राजनैतिक विमर्सका अनलाईन अन्तरवार्ता हेरियो । एक हप्ता जति त अनलाईन गेम नै खेलियो । गेम खेल्दा रमाईलो भई नै हाल्छ तर अनलाईन गेम अझ रमाईलो । समय वितेको पत्तै हुदैन । अहो ! अनलाईन गेमले त दैनिकि नै परिवर्तन गरिदियो नि । लकडाउनका क्रममा हिजोको दैनिकी फेरिन थाल्यो । ढिलो सुताई । गेमका कारण एकै ठाउको एकै प्रकारको बसाईले शरिर दुखाई । रमाईलो त भयो तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे । धत् भएन भनेर योजना अनुरुपका काम शुरु गर्न थालियो ।
Photo source : Google 

चैत्र तिर मुसुरीको दाल भित्राउछन् किसानहरु । हामी खेती नहुनेहरु किसानको मिहिनेमै भर गर्छौ । बजारमा भर्खर थ्रेसर लगाएको नयाँ दाल आएको थियो । तर लकडाउनका कारण सबै जसो दाल चाडै बिक्री भएकोले मैले काम गर्ने समुदायको एक जना दिदिले मेरो लागि दाल खोजिदिनु भएको थियो । दाल त लकडाउन खोले पछि ल्याउदा नि हुने थियो तर चाजोपाजो मिले काठमाण्डौ हिड्ने योजनाले लिन जाने विचार गरे ।  त्यसैले लकडाउनमा सरकारले अत्यावश्यक खाद्यान्न खरिदका लागि बाहिर निस्कन अनुमति दिइको समय साझ ४ बजे पछि सो समुदाय निस्कने निधो गरे । एकमन (४० के.जी.)दाल थियो । बोकेर ल्याउने ह्याउ भएन, त्यसैले स्कुटीमा गए ।

लकडाउनका कारण कमै सबारी साधन चल्न दिईएको थियो । एम्बुलेन्सहरु चै अलि बढि गुडिरहेका थिए । अरु सवारी साधनको दाजोमा । सडक खाली थियो । पुर्व दिशाबाट पश्चिम ईटहरी तर्फ जादै गर्ने क्रममा मेरो स्कुटरको स्पिड २० थियो । दुई पाङ्ग्रे सवारी साधन चलाउन लाईसेन्स पाएपछि शुरु शुरुमा खुब हुईकाईन्थ्यो । केहि वर्षको अनुभवले त्यो गति ईकोनोमि स्पिडमा सिमित गरिदिएको छ । यसो भनौ सवारी साधन जोसले हैन होसले चलाउने बानी बसेको छ । समयले र वरपर घटेका घटनाहरुले अलि बढी सचेत बनाएको छ ।

कोभिट-१९ को संक्रमित भटाभट देखिन थालेपछि सुन्दरहरैचा नगर क्षेत्र भित्रका गाँउ/टोल छिर्ने बाटाहरु बन्द गर्न शुरु गरिएको थियो । “..यो बाटो खुल्ला छ कि..” भनेर आफ्नोको बाँयातिरको बाटो हेर्दै थिए । तेतिबेला मेरो स्कुटरको स्पिड ५ मा पुग्न लागिरहेको थियो । झन्डै स्कुटर रोकिने अवस्थामा । त्यतिनै बेला पछाडिबाट ढ्याम्म मेरो स्कुटीको दाँयातिरको छेउमा ठोक्कीयो । छिन मै मेरो स्कुटिलाई हान्ने बाईक मेरो अगि एक मिटर दुरिमा लड्यो, गर्ल्याम्म । 
Photo Source :  Google 

चालक करिब ५० देखि ६० वर्ष उमेरका देखिन्थे । पछाडी अर्का मानिस पनि थिए । उनी भन्दा कम उमेरको हुनुपर्छ । पछाडि बसेका मानिसले दुईवटा ग्यालिन बोकेका थिए । पेट्रोल किन्न निस्केका थिए, सायद । चालक बाईकबाट उछिटिएर बाँया तर्फ पछारिए । अर्का मानिस बाईकसँगै लडे ।  उनको खुट्टा बाईकले किचेछ । तेहि भएर उनि उठिहाल्न सकेनन् । एकै छिनमा मानिसको भिड नेपाल सरकारले तोके भन्दा बढी संख्याको हुन लाग्दै थियो । मैले स्कुटी ठोकिएकै स्थानमा अड्याए । मेरो स्कुटी सडकको बाँया सिमानाको छेउको एक वित्ता मात्र पर थियो । मेलै हेर्न भ्याईहाले । अनि उनिहरुलाई हेर्न अगाडि बढे । बाईकसँगै लडिरहेका मानिसलाई उठाउन सहयोग गर्न भने भिडलाई । उनिहरुलाई देख्दा म आफैलाई दुखीरहेको थियो । अझै पनि तिनिहरुको घाउ सम्झदा जिरिङ् हुन्छु ।

वरपर मेडिकल कमै खुलेका थिए । कोभिट-१९ को डरले अन्य सामान्य रोगीहरुको उपचार नगरेको खबर आईरहेको थियो । हड्डी भाचिएको रैछ भने, अस्पतालले हेरेन भने दु:ख पाउने भए मनमा अनेक कुरा आईरहेको थियो । धन्न ठूलो घाउ चोट भएन । एकछिन बहस चल्यो कसको दोष भन्ने विषयमा । यस्तो खाली सडकमा आफ्नो साईडमा गुडिरहेको गाडीलाई सोही दिशाबाट आएको अर्को गाडिले ठक्कर दिनु भनेको पछाडीबाट ठक्कर दिने चालककै लापरवाही हो । गल्ती बाईक चालककै भएको घटना देखिरहेका भिडले महसुस गराएपछि सहमतिमा छुटियौ । छुटिनु पर्ने जरुरी पनि थियो । त्यति खेर घटना स्थलमा मानविय भिड जो बढीरहेको थियो ।     

घटनाको १ घण्टा पछि पो दिदिले “..धन्न बच्नु भयो भनेपछि चै मुटुले डरको ढ्याङ्ग्रो बजायो, ढ्वाङ् ढ्वाङ् ….ढ्वाङ्.. । कसरी चलाएको थियो होला त्यो मान्छेले बाईक सोच्दा सोच्दै सडक दुर्घटनाबारे के रैछ बुझ्न मन लाग्यो ।  सडक दुर्घटना किन बढीरहेछ भन्ने खुलदुली मेटाउन गुगलमा केही समय विताए । कान्तिपुर दैनिकमा प्रकाशित मिति २०७६ असोज ५ गतेको समाचार अनुसार नेपालमा चालकको लापरवाहिका कारण काठमाण्डौ उपत्यकामा मात्र आ..०७१/०७२ वर्षमा मात्रै ५ हजार २०५ दुर्घटना भएका रहेछन् ।  विविसि न्युज आनलाईनमा सन् २०१९ डिसेम्बर १८ मा  प्रकाशित समाचार अनुसार नेपालमा एकलाखमा लगभग १६ जनाको मृत्यु सवारी दुर्घटनाको कारण भएको तथ्य छ ।

लामो समयदेखि यातायात क्षेत्रको सुधारमा लागिरहेका धरानका भिमज्वाला राई नेपालमा सवारी साधन दुर्घटना हुनुका ४ प्रमुख कारण छन् ।
१.              भौतिक कारण : सवारी साधन र यसको संख्या, सडक पूर्वाधारको अवस्था तथा यसको गुणस्तर
२.               मानविय कारण : सवारी चालक र पैदल यात्री 
३.              यान्त्रिक कारण :  सवारी साधनको ईन्जिन र यसको गुणस्तर
४.              पर्यावरणिय कारण : मौसम तथा वरपरको वातावरण
यिनिहरु मध्ये मानविय र भौतिक कारणहरु नै अत्याधिक दुर्घटनाको कारण बनेको छ ।  जस्मा दुई पाङ्गे सवारी साधनहरु नै बढी दुर्घटनामा परेका छन् । नितिगत सुधार अर्को महत्वपूर्ण प्रशासकीय पाटो हो । नेपालमा नितिगत सुधार नगरिएमा यातायात क्षेत्रमा ठूलै चुनौति बेहोर्नु पर्ने कुरा राई बताउनु हुन्छ ।

मिति २०७५ श्रावण २४ गते खरिपाटी आनलाईनमा छापिएको समाचार अनुसार सवारी चालकको कारण ८६% दुर्घटना भएको देखिन्छ । घटनाको प्रकृति अनुसार चालकको लापरवाहीका कारण ६७%, तिब्र गतिका कारण १५%, पैदल यात्रुको गल्तिबाट ४%, ओभरटेकका कारण ४%, यान्त्रिक गडबडीका कारण ४% र अन्य कारणले ६% दुर्घटनाहरु घटेका रहेछन् ।
सहकर्मी बैनिले केहि दिन अगि मात्र सुनाउदै थिईन् । भर्खरै लकडाउनकै दौरान ईनरुवाको एकजना जनप्रिय स्वास्थ्य कर्मी सडक पार गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिदा ज्यान गएको ।

आनलाईन खबरको यो डाँटा र अरुका कारण आफु दुर्घटना परेको अनुभव गरेपछि भने अचेल म झन् सचेत भएको छु । तपाईहरु पनि सचेतना अपनाउनु होला हिड्दा होस् या सावारी साधन चलाउदा । नत्र दुर्घटनाको सरकारी डाँटामा पपाईको पनि नाम आउन सक्छ । धन्न मेरो दिन बलियो परेछ र मलाई केहि भएन ।  अब कोभिट-१९ लाई जित्नु छ । विश्वसँग कोभिट-१९ लाई परास्त गरी उत्साह बाढ्नु छ ।
  

अनलाईन गेम : लकडाउन डायरी


लक्ष्मी राई
२०७७/०१/२०
photo source : Google 


मोबाईलको फुल घन्टि चौथो पटक लाग्दा नी नउठे पछि सोचे छोराले गेम खेलिरहेको होला तेहि भएर आमाले फोन उठाईनन् । करीब १५ मिनेट पछि पुन: फोन गर्दा फोन उठेपछि थाहा भो, छोरा हैन आमा नै अनलाईन लुडो ख्ल्दै रहेछिन् । गेम जित्न लागिराको थे तेहि भएर फोन उठाईन भन किन फोन गरेकी….” उनको जवाफ थियो । यस्तो आजकाल सबैलाई भएको हुनुपर्छ । कोभिट-१९ को माहामारीका कारण अहिले विश्वनै लकडाउनले फुर्सदको विश्व बनाई दिएको छ । यो समयमा ईन्टरनेटमा समय विताउनेको संख्या अत्याधिक बढिरहेको छ । कामकाजि प्रयोजनले होस् या बेकामनै ईन्टरनेटको सयर गर्ने प्रयोगकरर्ताहरु तिब्र गतिमा बढिरहेको देखिन्छ ।

लकडाउन अगाडि आनलाईन नभेटिनेहरु पनि अहिले अनलाईन भटिन थालेका छन् । घरमा बस्दा गरेका क्रियाकलापहरु सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । केहिले रचनात्मक कामहरु गरिरहेका कामहरु पनि पोष्ट गरेका भेटिन्छ । केहिले TiKTOK बनाउन भ्याएका छन् । केहिका गायन प्रतिभा यहि दौरान बाथरुमका भित्ताहरु छिचोलेर सामाजिक संजालमा गुन्जिन थालेकाछन् ।  साहित्यकारहरु आफ्ना र मनपरेका साहित्यकारका कविता, गजल फेसबुक लाईभ बाचन गरिरहनु भएको  देखिन्छन् । केही दिन यता म पनि कवि श्रवण मुकारुङग, कवि राजा पुनियानीको लाईभ कविता वाचनको दर्शक भएकी छु । केहिले आनलाईन गेम खेल्न भ्याएका छन् ।

आजकाल आनलाईन गेममा किशोरकिशोरी तथा युवाहरुको क्रेज निकै बढेको देखिन्छ ।  ६० वर्ष उमेर पार गरेकाहरुले पनि खेल्ने गरेको पाईएको छ । लकडाउनका कारण यस्ता गेम प्रयोगकर्ता झन् बढेका छन् । विकिपिडियाका अनुसार यस्ता गेम एपसहरु सयौको संख्यामा बनाईएका छन् । अत्याधिक खेलिने आनलाईन गेमहरुमा एउटा गेमिङ्ग एप्समा दर्ता भएका प्रयोगकर्ताहरुको संख्या १ करोड देखि ६६ करोड सम्म रहेका छन् । दैनिक रुपमा अनुमानित ५०५ करोड खेलाडीहरु सहभागी हुने गरेका छन्, भने कहिलेकाहि यो संख्या बढेर १ अर्ब भन्दा बढी सम्म पनि पुग्ने गरेको पाईन्छ । केटिहरुका लागि पनि छुट्टै गेमहरु सृजना गरिएका रहेछन् ।
Photo source : Google

मैले पनि खेल्न भ्याए क्यान्डी क्रस साङ्गा, लुडो । सानो बेलामा पाँच सय तिरेर माहाबौद्धबाट भिडियो गेम किनेर ल्याईन्थ्यो । गेमको नाम बिर्से तर त्यो गेमको संगित अझै कानमा गुन्जिन्छ, ….टुईच् ….टुईच् टुल्लुलिङ्ग…. । लकडाउनमा फेरी गेम खेलियो ।  गेम खेल्दा रमाईलो भईनै हाल्छ जो समय वितेको पत्तै हुदैन । लकडाउनले हिजोको दैनिकी फेरिन थाल्यो । ढिलो सुताई । गेमका कारण एकै ठाउको एकै प्रकारको बसाईले शरिर दुखाई । रमाईलो त भयो तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे । लुडो खेल्न शुरु गर्दा मेरो फ्रेन्ड लिस्टमा देखिएको १३ को संख्या केहि दिन मै ६५ पुगेको देखे पछि उनीहरुसँग कस्तो अनुभव रह्यो,  बुझ्न मन लागेर टेलिफोनमा कुराकानी गरेको थियो ।  धेरैको अनुभव मिल्दो भेटे 

विश्वका विभिन्न मानिसका अनुभव अनुसार उनिहरु दैनिक ९ घण्टा भन्दा बढी समय खेल्ने गछन् । प्रो. डाफ्ने बावेली का अनुसार अनलाईन गेम खेल्नाले मानिसहरुमा तत्काल गर्नु पर्ने निर्णय गर्न सिप, एकै समयमा धेरै कुरालाई व्यवस्थापन गर्ने र मानशिक एकाग्ग्रता गर्न सक्ने क्षमता विकास गर्छ, भन्नुहुन्छ । यो लगायत अध्ययनहरुले यसबाट समुहगत कार्य गर्न, चुनौतिलाई तथा डिप्रेसनलाई व्यवस्थनपन गर्न सहयोग गर्ने गरेको बताउछ । केहिका लागि थेरापिको रुपमा शारिरिक तथा मानशिक उपचार गरेको अनुभवहरु पनि सुन्नमा आएको छ ।  तर खेल्ने समय जब दैनिक ३ घण्टा भन्दा बढि हुन्छ तब यसका धेरै नकारात्मक असरहरु पर्दछन् ।

विभिन्न गेममा गेमको लेभल बढ्ने प्राधान हुन्छ । यस्ता गेमहरुमा सिङ्गल प्लेयर र मल्टि प्लेयर (समुहमा खेलिने)हरुको सहभागीतामा खेल्न मिल्ने खालका हुन्छन् । केहि गेमले ज्याकपट् उपहार पनि राखेको हुन्छ ।  गेमको प्रकृति अनुसार पावर थप हुने । जस्ले गर्दा अर्को म्याच खेल्न सहज हुने हुन्छ । गेम जिते पोईन्ट जोडिन्छ । हारे घट्छ ।  पोईन्टको पर्याप्तता अनुसार अर्को गेममा दाउ बढी लागाएर खेल्न पाईन्छ । पोईन्ट नभए गेम खेल्न पाईदैन, किन्नु पर्दछ । त्यसैले किन्नु भन्दा जित्नु फाईदा हुनाले जित्नुपर्छ भन्ने सोच बढ्छ । यस सोचले गेममा सहभागी भईरहने समयावधि लम्बाउछ । १ घण्टा २ घण्टा गर्दै समय ६ घण्टा बढी खेलिने गरेको अनुभव गरेका भेटियो । धेरै समय व्यतित गर्ने मानिसहरुको दैनिक जिवन शैलि परिवर्तन हुनेरैछ । अनुभवका अनुसार सधै एकनास हुने खाने, उठ्ने र सुत्ने कार्यमा अहिले परिवर्तन भएको छ । हुन त कामै के छ र ! यो लकडाउनमा भन्ने हो भने ठिकै हो । तर यहि समय हिजोको दिन झै सामान्य बन्ने पछी पनि यो गेम खेल्ने तल
Photo source : Google
पर्यो भने के होला
?

स्भाव त मानिसहरु चाहेको पाउदा खुशी हुने नपाउदा दुखी हुने हुन्छ । यो स्वभावले गेममा धेरै स्थान पाउछ ।  जित्दा खुशि हुने र हार्दा दुखी हुने क्रम क्रमस निरन्तर चलिरहदा आवेग बढ्दै जान्छ । जित्ने मोह बढ्दै जान्छ ।  निरन्तर गेम हार्नेहरु रिसको आवेगलाई निरन्त्रण गर्न नसक्दा तोडफोड गरेका घटनाहरु पनि घटेको रहेछ ।

गेममा बढी एकाग्रता हुदाँ न परिवारको मतलब हुन्छ । न जिम्मेवारी बोधको नै । यस्तो बेला अन्य कसैसँगको सम्पर्क गर्नु पिटिक्कै रुचीको विषय बन्दैन । यदि कसैले फोन गरेमा सो कल काट्ने, बोलाएमा झर्को मान्ने, रिसाउने, प्रतिक्रिया नदिने हुदो रहेछ । कहिलेकाही रिसको आवेग बेलगाम बन्छ तब नराम्रो घटनाको स्वरुप लिन पुग्दछ ।  पप्जीका कारण अपराधिक कर्म भएको संचार माध्यममा आएको सबैलाई थाहै छ ।

धरानको १९  वर्षिय एक किशोरी पहिले अध्यारोमा बस्न डराउथिन् । जहाँ जादा पनि साथी चाहिन्थ्यो तर  जब आनलाईन गेम खेल्न शुरु गरिन् घन्टौ एक्लै अन्धाकारमा बस्न थालेको कुरा उनकी दिदि बताउछिन् । सिनामंगलका एक अभिभावक आफ्नो ११ वर्षिय छोरा कोठाको एक कुनामा धैरैबेर एक्लै समय विताउने गरेको र गेममा मात्र सिमित भएको देखेर दिक्क छन् ।

अत्याधिक समय गेम खेल्नमा समय विताउनेहरुमा गेम यडिक्सनको समस्या आउने गर्दछ । गेम यडिक्टेड भएका मानिसहरुका अभिभावकहरु परिवारमा दोहोरो वार्तालाप नभएको नै लामो समय भएको सुनाउछन् ।  यो समस्याले पहिले त आफ्नै परिवार र आफन्तहरुबाट टाढा लैजान्छ । ति मानिसहरुमा एकोहोरोपना बढाउदै लैजान्छ । घरमा को आयो, को गयो केहि मतलब हुदैन, यस्ता मानिसहरुलाई । फलत मानविय संबेदा क्रमश गौण बनाउदै लैजान्छ ।  यसले बास्तविक सामजबाट भर्चुवल सोसाईटीमा आकर्षित गर्छ । केहिहद सम्म भर्चुवल सोसाईटि पनि आवश्यक हो । तर वास्तविक सामाज जहा हाम्रो शारिरिक उपस्थिती रहेको हुन्छ त्यो समाजलाई हामी कसरी नकार्न सक्छौ !