संकलित रकम इकाई समिति पधाधिकारिहरुलाई हस्तान्तरण गर्दै ! |
गत बर्षमा मानशिक सन्तुलन गुमाएकी उनको जीवनको केहि अंश लेखेथे । आज उनको तेही असक्त्ताको फाइदा उठाउदै छिमेकी यौनपिपासु, पुरुषले भर्खर सुत्केरी भएको दुई महिना पुग्दा नपुग्दै बलात्कार गरेको खबरले दुखि बनाएको छ । धरान १५ स्थित गरिब समुदायमा रहदै आएकी उनको श्रीमान् मजदुरी गर्छन । उनको काखमा २ महिने बालिका संगै जम्मा ३ सन्तान छन्।
घटना गत भदौ ९ गते घटेको रहेछ । पीडकले उनका श्रीमानलाई पनि मरणासन्न हुने गरी पिटेका रहेछ । ईकाइ समितिका मानिसहरुले पक्रेर प्रहरीलाई बुझाए पछि कानुनी प्रक्रिया आगाडी बधाइएको छ ।
बलात्कार पछि पीडा सहन नसकी आत्महत्याको प्रयास गर्दै गरेको आवस्थामा उनलाई पहिलो पटक उनका श्रीमान् र दोस्रो पटक छिमेकीले देखेर बचाए हुन् । रगताम्य उनलाई "गाइनो इमर्जेन्सी" मा उपचारको लागि छिमेकीले भर्ना गरेका थिए । धरान महिला संजालका अध्यक्ष शीला बज्राचार्यको सक्रियतामा निशुल्क उपचार भइरहेको छ । आज २०७३/०५/१५ उनलाई घर फर्काइदै छ ।
आर्थिक अवस्था कम्जोर भएकी उनको उपचारका क्रममा लाग्ने औषधि खर्च, उनि र उनको बच्चाको पोषणका लागि धेरैको सहयोग मिलेको छ । उहाहरुलाई सधन्यवाद संकलित रकमको जानकारी गराउदछु ।
१. धरान महिला संजालका अध्यक्ष शीला बज्राचार्य रु. २०००/
२. लक्ष्मी राई, धरान बाट रु. २०००/
३. धरान ११ कल्याण चोक निवासी, धनु श्रेष्ठ , धरान १६ गणत्रन्त्र टोल निवासी तुलशा कार्की, धरान १७ शान्ति टोल निवासी प्रभा चापागाई, र धरान १३ राई टोल निवासी सिता मगर (नेपाल महिला एकता समाज सुनसरी अध्यक्ष) तर्फबाट रु. ३०००/
४. धरान १५ निवासी, भिम चहार रु. १०० /
५. धरान १५ निवासी, भारत तामांग रु. १००/
६. धरान १५ निवासी, राधिका बराइली रु.५० /
७. धरान १५ निवासी, शर्मिला खड्की रु. ५० /
८. धरान १५ निवासी, नाम नखुलेको रु. ५०/
सो रकम उनि बस्ने समुदायको एकाइ समिति अध्यक्ष धनकुमारी बि.क. र कोषाध्यक्ष राधिका बराइलीको उपस्थितिमा सल्लाहाकार भिम चाहारलाई प्रदान गरिएको छ ! सहयोगी साथहरु प्रति हार्दिक आभार प्रकट गर्छु ।
तत्कालका लागि उनको सुत्केरी स्याहारका लागि आवश्यक पोषण खाध्यान्न, सिशुका लागि लुगा र औषधी आवश्यक परेको छ । यदि तपाईहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्पर्क : राधिका बराइली (९८१९३९०८३८ )
उनको (पिडितको ) फोटो उपलब्ध भएतापनि यहाँ सेर गर्न मुनाशिब नभएका कारण गरिएको छैन ।
लक्ष्मी राई
२०७३/०५/१५