बिहानै बिराटनगर जाने योजना फेल । धनुलाई (मेरो साथी ) ग्यास्टिक भयो रे । छाती पेट मात्र काहाँ हो र ? पुरै शरीर पोल्न थाल्यो रे । बिराटनगर जाने योजना फेल भए पछि म भान्सा तिर लागे । खाना पकाउने मेलो मेसो गरे । रातो चिया बनाए पछि दाल बनाउन कुकर बसाले । सिठी नलाग्ला जस्तो भो । पानी फिजिजी गर्दै बाहिर निस्कन लाग्यो । बिर्को खोले अनि पानीले पखाली फेरी लगाए । अनि सि. सी .सी गर्यो । तरकारी टिप्न म बारीमा लागे । बारी तिर लाग्ने क्रममा अनायास एक विचार आयो । मर्दा कस्तो हुदो होला है ?
बारीमा चिप्ले भेन्टि टिप्दै थे । ३ वटा जति टिपिसकेको थे । डुऊऊऊऊऊम् गरेर ठुलो आवाज आयो । बम पड्के जस्तै । ओहो ! कुकर पड्कियो सोचे ।
उताकी छिमेकी दिदि कराउनु भयो । के भयो के भयो । म बिस्तारै बारीबाट भान्सामा आए । ढोकाबाट हेरे सजग हुदै । के के भएछ । हेर्छु त ! कुकर त आफ्नो ठाउबाट कति बित्ता उफ्रेछ कुन्नि । झन्डै १ फुट पर । बिर्को चै १ फुट भन्दा पर । एक वटा मात्र चुल्हो भएको ग्यास चुल्हो, जो मलाई मेरो जागिरे यात्रा सुरुवातसंगै साथ दिदै थियो । त्यो पनि कचाक्क कुचुक्क भएछ । ग्यास सिलिन्डर केहि भएको थिएन । ढुक्क भए । धन्न ग्यास सिलिन्डर पड्केन ।
कुकर हेरे खाली खै त दाल ? शिर उठाउदै माथि हेरेको त सब छानोमा टासिएका ! वरपरका सबै जम्मा भए । हेरे पलै पालो सबैले । छिमेकी बडीलाई हास्दै भने ! क्या सजिलो हुने भो बडी अबो त ! ! भात यहाँ तल पकाउछु । दाल चै माथि बाट दिनै झार्दै खानु पर्ला । बडीले सास् बल्ल आए जतिकै गरि भन्नु भो । धन्न मरेउन ! गाठे हो !
तेस पछि पो । मलाई पनि अबुईईई भो ! मर्ने कुरो सोच्दा पनि डर हुदो रहेछ ।
लक्ष्मी राई
२०७१ भदौ २९ गते !