सीमान्तकृत समुदाय र स्थानीय निकाय बिचको दुरीलाई घटाई सहयोग, समन्व्य र सहकार्य सिर्जना गर्ने उद्देश्यले सामुदायिक कार्ययोजना प्रदर्शनीको आयोजना २०७१ जेष्ठ २८ गते बुधबार गरिएको थियो । बुटवल नगरपालिका र लुमन्तिको संयुक्त आयोजनामा संचालित सुशासन परियोजना अन्तर्गत संभवत
नेपालमै दोश्रो पटक (भरत्पुर पछि) बुटवल स्थित सिद्धार्थ
कटेजको भवनमा प्रर्दशनी कार्यक्रम सम्पन्न भएको हो । जहा
स्थानीय सरोकारवाला निकाय र सिमान्तकृत समुदायका प्रतिनिधिहरु एकै ठाउमा भेला भएका
थिए ।
प्रदर्शनीमा बुटवल
नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बाबुराम गौतमको सभापतित्वमा, प्रमुख अतिथि रुपन्देही जिल्ला प्रशासनका जिल्ला
अधिकारी बालकृष्ण पन्थी बिशेष अतिथि गजेन्द्रनाथ शर्मा, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सहसचिव अष्ठलक्ष्मी पाण्डे, बिपन्न वस्ती विकास संजालका संचिव जुद्ध
बहादुर बि.क., आमा मिलन केन्द्रकि प्रतिनिधि
गङ्गा घिमिरे, लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धर,
डेभलोपमेन्ट कोर्परेशनका हेड एन्ड्रीस रोएटी, प्राक्टीकल
एक्शनका कार्यक्रम प्रमुख डा. शिरिष सिंह, को आतिथ्यता रहेको थियो ।
सुशासन परियोजनाले काम गरिरहेको २१ वटा टोल
बिकास सस्था मध्ये १७ वटा टोल बिकास सस्था उपस्थिति रहेको उक्त कार्यक्रममा सस्था
आफैले पहिचान गरेका समुदायका समस्या, आवश्यकता र विकासका लागि आफैले तयार गरिएका कार्य
योजनाहरु प्रदर्शनी गरिएको थियो । खानेपानी, तटबन्ध, महिला हिंसा न्यूनीकरण तथा ससक्तिकरण, बाटो, सरसफाई तथा चर्पी निर्माण, सिप मुलक कार्यक्रम,
समुदायिक भवन, स्वस्थ, शिक्षा, सस्थागत क्षमता बिकास
लगायतका बिषयमा योजना प्रस्तुत गरिएका थिए । प्रदर्शनी
अवलोकनका क्रममा स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, संघ सस्था तथा स्थानीय
निकायका लगायतका १४ प्रतिनिधिहरुल्ले आफ्नो सस्थाले गर्न सक्ने योजनामा सहकार्य
तथा सहभागिताका लागि लिखित प्रतिबद्धता गरेका थिए ।
लिखित प्रतिबद्धता पाएका
टोल बिकास सस्थाका सदस्यहरु निकै उत्साहित हुनुका साथै योजना कार्वान्वयनका लागि
तुरुन्तै लागि पर्ने बताएका थिए । यस
कार्यक्रमले सबै टोल बिकास सस्थाका सदस्यहरु खुशी हुनुका साथै सकारात्मक आशा पलाएको, बिपन्न बस्ति बिकास संजालका उपाध्यक्ष दुर्गा शाक्य बताउछिन् ।
बिपन्न बस्ति विकास संजालले व्यवस्थापन गरेको थियो उक्त कार्यक्रममा लुमन्तिका बरिष्ठ कार्यक्रम व्यवस्थापक महेन्द्र शाक्यबाट स्वागत गर्नुका साथै प्राक्टिकल एक्सनका कार्यक्रम व्यवस्थापक मनोज कुमार झाबाट बुटवलमा सुशासन परियोजनाका बारे जानकारी प्रस्तुतीकरण भएको थियो । उक्त कार्यक्रमको उदघोषण बुटवल जेसिज् का भूतपूर्व
अध्यक्ष गोपाल अधिकारीले गरका थिए । बुटवल नगरपालिकामा संचालित यस् कार्यक्रमलाई प्राक्टिकल एक्सनले सहयोग गरेको छ ।
( सामुदायिक कार्ययोजना
प्रदर्शनी कार्यत्रम एक कार्यक्रम मात्र नभई समुदायको पहुच स्थानीय निकायसम्म
पुर्याउन सहयोग गर्ने माध्यमको रुपमा मैले पाएको छु । बिकासमा सामुदायिक सहभागिता र सत्रियता बढाउन यो कार्यक्रम पुर्व
तयारी गर्ने क्रमको आवस्थाले निकै महत्वपूर्ण भूमिका राख्दछ । आफैले आफ्नो समुदायको समस्या पहिचान गर्ने । कारण तथा प्रभावको बिश्लेषण गर्ने । प्राथमिकीकरण गर्ने । सम्भावनाको खोजी गरि योजना बनाई
समाधनको लागि आफै पहल गर्ने कार्यले बिकासमा जना सहभागितालाई वृद्धि गरेको छ । जसलाई Good Governance स्थापित गर्नका लागि पहल गर्न
प्रारम्भिक कदमको रुपमा लिन सकिन्छ ।साथै
सरकारी निकायलाई बिकास योजना कार्वान्वयन गर्न पनि सहज हुन्छ भन्ने मेरो ठम्माइ हो । त्यसकारण यो कार्यक्रम अन्य स्थानमा पनि लागु गर्दा फलदायी हुनसक्ने
भएकोले यो कार्यक्रम मैले मेरो Blog मा post गरेकी हु ।)
·
लक्ष्मी
राई
(२०७१
आसार ५ गते बिहिवार)