रेडियो, एफ.एम.मा बैदेशिक रोजगारीका लागि दैनिक कामदारको माग भएको
सूचना बजिरहेका हुन्छन् । स्थानीय तथा राष्ट्रिय दैनिक पत्रिकामा पनि
छापिएका विज्ञापनमा रोजगारीको सुवर्ण आवसर बैदेशिक रोजगार मात्र भए झैँ ड्याम्मै
छापिएका हुन्छन ।
दैनिक हजारौको संख्यामा युवाहरुलाई विदेश उडाउन ब्यस्त भैरहेकै हुन्छन्,
अन्तर्राष्ट्रिय त्रिभुवन बिमान स्थलका कर्मचारीहरु । हजारौ युवा बिदेशिन भिषा कहिले लाग्ला र उडौला
भनि पर्खिरहेका हुन्छन । सिप,
शिक्षा भएका नभएका सबैको कमाउने गन्तब्य बन्दैछ बिदेश । मिले कानुनी रुपमा नमिले भारत हुदै गैरकानुनी
रुपमै भएपनि यस्ता युवा जमात बिदेशिदै छन् खाडी मुलुक । नेपालमा रोजगारीको न पर्याप्त अवसर
छ न लगानीका लागि कुनै सुरक्षित वातावरण नै छ । बढ्दो बेरोजगारी समस्याले निम्ताएको यो
बाध्यात्मक अवस्थाले देशको धेरै युवा बैदेशिक लाहुरे बन्दै छन् । खाडी मुलुक जाने युवा गरिब तथा
मध्यम वर्गकै हुने गर्दछन् ।
वार्षिक
गतिलो रेमिटयान्स भित्रेको प्रतिदेन सार्वजनिक गर्ने राज्यले यसले उब्जाएको
समस्याबारे भने आखा चिम्ले जस्तो देखिएको छ ।
Photo from Google |
सन् २०१३ मा हाम्रो जस्तो मुलुकमा पनि लिभिंग टुगेदरको ब्यवास्ताको प्रस्तावना गरीएबाट यौन स्वतन्त्रतालाई बैधानिक र व्यवस्थित गर्ने आवश्यकता स्वीकारेको देखिन्छ । समाजले सहजै स्वीकार्न नसक्दा यससंग सम्बन्धित घटनाहरुले अपराधिक रुप लिएका छन् । जसको प्रभावमा बैदेशिक रोजगारमा जाने महिला पुरुषमा पनि बढ्दो देखिन थालेको छ । बिदेशमा रहेकाहरुको श्रीमान/श्रीमतीको परस्त्री/परपुरुषसंगको अनैतिक सम्बन्धका कारण बैवाहिक सम्बन्ध कम्जोर बन्दै गएका छन् । प्रविधिको पहुचताले जनसम्पर्कमा ल्याएको व्यापकता, बदलिदो भट्किलो जीवनशैली, एक्लोपनाका कारण यस्ता सम्बन्धमा गसिने गरेका पाइन्छन् । जसको परिमाण नकारात्मक बढी छन् ।
बैदेशिक रोजगारीले परिवार
समेतलाई आधुनिक भौतिक सामग्रीको उपभोक्ता बनाएको छ । लेखापढ गर्दै नगरेका देखि शिक्षित सबैको हात
हातमा लेटेस्ट मोबाईल हुन्छन् ।
आधारभुत आवश्यकता पुरा गर्न नपाउदै महंगा टेलिभिजन, आत्याधुनिक मोवाइल, दुई
पाङ्ग्रे सवारी साधनको खरिदले स्थान पाउछन् । अब छिमेकीसंग दुख सुखका कुरा
सटासट गर्ने महिलाहरु हिन्दि धरावाहिकमा व्यस्त हुन थालेका छन् । १ किलोमिटर पुग्नलाई पनि सवारी साधनको प्रयोग
नगरी नसक्ने भएका छन् मानिसहरु ।
जस्ले मानिसलाई सुबिधा भोगी अल्छि बनाउदै गएको छ । भने नव योग्य युवाको तयारी भन्दा पुजीवादी
राष्ट्रहरुको पुजी निर्माणमा क्षेत्र बिस्तार गर्न सहयोग गरिरहेको छ ।
अधिकाम्स पुरुष युवाहरु
बिदेसिएकाले गाउ सहरमा महिला, पाका उमेरका मानिस र बालबालि
Photo from google |
का मात्र बाकी छन् । एक किसिमले हेर्दा यसका कारण बिकासमा महिला
सहभागिता र निर्णायक भूमिकामा संख्यात्मक रुपमा वृद्धि त देखिन्छ तर पुरुषहरु
यस्ता कार्यबाट बिस्थापित हुदै गरेको पनि देखिन्छ ।
अर्को तर्फ एस. एल. सी.
फेल हुने देखि डिग्री सकेकाहरु सबैको व्यक्तिगत प्रोफाइल बैदेशिक रोजगारदाता
मेनपावरहरुमा पेश गरिएका हुन्छन् ।
जसमध्ये
धेरै रोजगारदाता मेनपावरहरु गैर कानुनी रुपामा खोलिएका छन् । उनीहरुले खटाएका दलालहरु कति छन् कति । यस्ता मेनपावर र दलालको चंगुलमा परी ग्रामीण
क्षेत्रका युवाहरु बढी मात्रामा ठगीएको पाइन्छ । विदेश गएर धेरै कमाउने सपना
बुनेकाहरु ऋणमा डुबेर भएको घरखेत पनि साहुको नाममा पास गरिदिनु परेको घटनाहरु पनि
नौलो लाग्दैनन् आजकाल ।
हुनत यसका सकारात्मक पाटो
पनि छन् । जसलाई
नजरान्दाज गर्न मिल्दैन । बैदेशिक
रोजगारीले रेमिटान्स मात्र भित्राउदैन नयाँ प्रबिधि, ज्ञान र सिप पनि भित्राएको छ । शिक्षामा पहुच वृद्धि भएको छ । नेपालीको जीवनस्तर वृद्धि भएको छ । यी र यस्ता सकारात्मक पाटो
हुदाहुदै पनि समाजमा घटिरहेका घटनाहरुको समाधान खोज्नु जरुरी छ ।
(२०७० पुष २० शनिवार)