Saturday, August 31, 2013

धरानका सुकुम्बासी समस्यालाई नियाल्दा

शहरीकरणसंगै आधारभूत सेवा सुबिधाको खोजीमा शहर छिर्ने जनसंख्या दिनानुदिन बढ्दो छ । मुख्यतया सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा तथा रोजगारीको अवसरको खोजीमा दैनिक रुपमा सहरमा जनाघनत्व बढ्दो छ । सुबिधा सम्पन जीवन यापनका लागि सम्भावनाको खोजि गर्दै, विभिन्न स्थान बसाइ सरी या आन्तरिक प्रवासीका रुपमा शहरी क्षेत्रमा चर्को भाडा तिरी आफ्नो गुजारा गरिरहेका छन् । बढ्दो महंगी, शहरी जीवन शैली, असिमित आवश्यकता अनि सिमित स्रोतका कारण अभाव ग्रस्त जीवन बिताई रहेका छन्  तेस्त आवश्यकताको परिपूर्ति गर्न, विकल्पको खोजी गर्ने क्रममा सरकारी प्रति जग्गा, खाली खोला किनारका डिल तथा वन क्षेत्र फडानी गरि अव्यवस्थित, असुरक्षीत बसोबास गरिरहेका छन् 


 पछिल्लो समयमा देशले १० वर्षे गृहयुद्धको मार सहनु पर्यो । जनजीवन कस्ठकर मात्र होईन जनताले सुरक्षाको प्रत्याभुती समेत गर्न पाएनन् । हजारौले आफ्नो थातथलो छोडेर सुरक्षित क्षेत्रमा भाग्न बाध्य हुनुपर्यो । एकसरो कपडामा सुरक्षाको खोजी गर्दै सहरी क्षेत्रमा पसेका द्धन्द्ध विस्थापीतहरु मध्ये हजारौ बसोबासका लागि यस्ता स्थानमा बस्न शुरु गरेको पाइन्छ  भने केहि मानिसहरु विभिन्न कारण वश जमिनको स्वामित्व गुमाएका र आफ्ना नाममा कतै कुनै स्थानमा जमिन नरहेका कारण यस्ता क्षेत्रमा बसोबास गर्न बाध्य छन् । जस्लाई सुकुम्बासीको रुपामा समाज तथा राज्यले परिभाषित गरेको छ ।


२०६२ सालमा धरान नगरपालिकाका कर्मचारी हरि बहादुर कार्कीको संयोकत्व तथा सुकुम्बासी संगठन, नेपाल बसोबास बस्ति संरक्षण समाजसंगको सहकार्यमा गरिएको तथ्यांक संकलन गरिएको थियो । यसअनुसार धरान नगरपालिका भित्र ६४ सुकुम्बासी समुदायमा ६ हजार घरधुरी रहेको तथ्यांकले देखाउछ  जस मध्ये ३३ समुदायहरु सालन्य बाढीबाट प्रभावित हुने गर्दछन् । ६ समुदाय भूकम्पीय दृष्टिकोणबाट जोखिमपूर्ण अवस्थामा रहेका छन् । 

वर्षेनी बाढीकै कारण धरानका वडा नं.३ को कृष्णा पाख्रिन मार्ग, धरान वडा नं. ४ को शान्ति टोल तेस्तै गरी वडा नं.७ को दोभान लाईन, वडा नं.८ दुर्गा पथ, अरुण, बरुण, गौरी टोल, गुम्बा मार्ग, सभा गृह, र श्रवन मार्ग, वडा नं.१० को खहरे पुतलीलाईन, पुष्पलाल मार्ग, वडा नं.११ को गौरी टोल, वडा नं.१३ को अमर बस्ति क, ख र ग, वडा नं.१५ का हाम्रो लाईन, गणत्रन्त्र क, ख र ग, ललित टोल, बिरनारायण मार्ग, खोरिया बस्ति, वडा नं.१६ को सिमाना, प्रगती टोल, लोकत्रान्त्रिक र नौलो बस्ति, वडा नं.१७ का शान्ति टोल, सप्तरंगी मार्ग, फोकल्याण्ड टापू तथा वडा नं. १९ को खहरे गैरी तथा गुम्बा मार्ग जस्ता समुदायहरु जोखिम ग्रस्त समुदायमा पर्दछन् 


२०६६ सालको बाढीका कारण फोकल्याण्ड टापुका २२ र बरुण टोलको १   घरपरिवार गरी २३ घरपरिवार बिस्थापित हुनु परेको थियो । गत वर्ष धरान वडा नं. ८ स्थित गौरी टोलमा १ घर, राती आएको बाढीले भत्काई दियो  दुर्गा पथको ८ घर यस साल बाढीकै उच्च जोखिममा परेका छन्  यी त धरानका केही प्रतिनिधी घटना मात्र हुन्  वर्षातसंगै सुकुम्बासी समुदायामा बाढीले ल्याउने जोखिमबाट त्रसित दैनिकी शुरु हुन्छन्  नगरमा निर्माण भएका नालाहरु अव्यवस्थित रुपमा खहरे, तीन ढुवाङगे र ती जस्ता अन्य खोलामा मिसाईनाले वर्षातमा यी खोलाहरुमा पानीको मात्रा बढ्दा जोखिम बढेको छ  

यस्ले सुकुम्बासी समुदायमा समस्या त ल्याएकै छ, संगसंगै नगरका भौतिक संरचनाहरु पनि ध्वस्त हुदै छन्  यस वर्ष (२०६९) खहरेमा बाढीका कारण धरान वडा नं. १६ स्थित सिमाना टोल अगाडिको पुल जोखिममा परेको छ  धरान वडा नं. ८ को तीन ढुवानङे पुल भत्किने अवस्थामा पुगेको छ  समयमै यो पुल संरक्षण नगर्ने हो भने पुल र पुलसंगै जोडिएका ४ सुकुम्बासी समुदायहरु तथा आसपासका नम्बरी घर तथा जग्गाहरु बग्ने सम्भावना छ  स्थानीय निकाय तथा सरोकारवाला संघ संस्थाको तात्कालिन जोखिम न्यूनीकरण गर्ने कार्यले मात्र यस्ता समस्याको दिर्घकालिन समाधान हुन नसक्ने देखिन्छ  जस्का लागि दिर्घकालिन योजना बनाई कार्वान्वयन पक्षलाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ   

गरिबी, अशिक्षा, सुचना तथा जनचेतनाको कमीका कारण यी समुदायहरुलाई बिकासको मूल धारमा ल्याउन नसकीरहेको अवस्था छ  जबर्जस्ती उठिबास, प्राकृतिक प्रकोप, जोखिमपूर्ण स्वस्थ्य अवस्था, आधारभुत सेवा सुबिधा र गुणस्तरीय शिक्षामा पहुँचको अभाव भएको यस समुदायहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि असमान, अमानविय र नकारात्मक रहेको छ  चोर, डाँका, फटाहा, जड्याहा, अनपढ, असभ्य बस्ने समुदायको रुपमा विस्लेषण र दुर्व्यवहार गरि मानसिक तथा सामाजिक रुपले होच्याईन्छ  जसकारण यहाँका मानिसहरुलाई सम्मानजनक जीवन विताउने वातावारणको प्रत्याभूति हुन सकेको छैन 
  
    : लक्ष्मी राई
  (यो लेख धरानमा प्रकाशित हुने औजार दैनिकमा २०६९ सालमा प्रकाशित भएको छ ।)   


Thursday, August 29, 2013

नितु दिदि



   लक्ष्मी राई 
   "नितु दि ! फोटो दामी लाग्यो । भिनाजु हो ?"

   "हैन मेरो बोय फ्रेन !" रिसाएर, चिम्से आखाका गेडा बाहिरै निक्लेला झैँ गरि मतिर हेर्दै उतरको झटारो बर्साईन । उनलाई पनि मेरो प्रस्न झटारो भन्दा कम थिएन रहेछ । मेरो सोच पनि कति निच ! भिनाजु नभए को हुन्थ्यो ? अरु हुदो हो त तेस्तो फोटो तेसरी सबैलाई देखाउनु हुन्थ्यो त  ? दोस्रो बिबाह गर्ने महिलाहरु चरित्र हिन्न नै हुदैनन् नि । यत्रो देश डुलेर, सेस भैसकेर पनि उही संकुचित बिचारमा आफुलाई बाधी राख्ने कस्ती म । मैले गलत नै भनेकी रहेछु, मैले अनुमान गरे । अब त्यो भिडमा बस्न उचित लागेन मलाई । लुसुक्क, अर्को भिड तिर लागे । आजसम्म पनि बाँचेको संकीर्ण सामाजको एक प्रतिनिधि पात्र म । 

   उनि नितु । नितु लिम्बु गुरुङ । बिहे पछि जोडिएर भएको दुइटा थर । ताप्लेजुंग जन्मिएकी उनि बिहे पछि काठमाडौं बस्थिन । उनको पहिलो श्रीमान कर्ण लिम्बु संगै । १ छोरीका बाबु कर्ण निजामती कर्मचारी थिए । उनि र मेरो भेट आज भन्दा ५ वर्ष अगी भएको थियो उनकै पसलमा । नया बानेश्वरमा उनको फेन्सी पसल थियो । म अकसर उनकोमा कपडा किन्न पुग्थे । हसिलो अनुहार, फरासिली उनि हाक्की स्वभावकी थिइन् । तेही भएर पनि म उनकोमा नै जना रुचाउथे । अर्को कुरा उनकोमा सस्तो, राम्रो कपडा पाइन्थ्यो । शनिबार कहिले कसो पसलमा पसियो भने उनका श्रीमान पनि भेटिन्थे । तर उनीहरु बिच खासै मिल्ती देखिनन् थियो । एक पस्चिम त १ पूर्व फर्केका हुन्थे । किन मिल्ती थिएन ! सोध्न गार्हो लाग्थ्यो । कहिले सोधिन पनि । 

Photo taken from Google
   जागिरे जिम्मेवारी पुरा गर्न म पश्चिम बाकेको २ वर्षे बसाइ पछि धरान आइपुगेको पनि ३ वर्ष भएछ । उनिसंग फेरी भेट भएको २ महिना जति भएको थियो । वडा न १० बाट कोठा सरेर म उनकै पल्लो घरमा  सरेको भर्खर १५ दिन हुदै थियो । कौसीमा लुगा सुकाउन जादा उनि पनि आफ्नो घरको कौसीमा थिइन् ।  ११ महिने छोरालाई घाममा तेल लगाउदै । अहो ! नितु दी हैन ? मैले अचम्म मान्दै अड्कल काट्दै सोधे । मेरो अड्कल मिल्यो । नितु दि नै हुनुहुदो रहेछ । चिनु भयो मलाई । छक्क पर्दै सोध्नु भयो । ए हो नि ! लक्ष्मी बैनी । हैन कसरी यता आइपुग्नु भो ? बिहे गर्नु भयो कि कसो ? प्रतिउत्तरमा मैले भने । "हो नि दि मेरो बुडो जागिर म उसकी बुढी जागिरे ।  जता बुढो उतै बुढी  ।" दुबैको हासो छुट्यो ... हे हे हे हे । "अनि दि छोरी खाई त कत्री भै ?" मेरो उत्सुकता राखे । नितु दि अलि असहज हुदै अन्कनाए झैँ भइन् । "उसकै बाउ संग । अनि भिनाजु नि ?" मैले फेरी सोधे । खाई उतै काठमाडौं होला । मैले सोचे ..आझै उस्तै रहेछ यी जोइ पोइको सम्बन्ध । तर दि कसरी गुरुङको घरमा ? 

   "उस्को र मेरो तेतिनै होला लेखान्त । हामी छुटेको ३ वर्ष भयो ।" नितु दिदिले भन्नु भयो । किन के भएको थियो र ? मेरो उतर दिदै भनिन "थिए धेरै कुराहरु के भन्नु ?" 


   नभन्ने भईन दिदीले । के कारण थियो होला ? उनीनै तेस्ती हुन की, ति भूतपूर्व भिनाजु भनाउदा तेस्ता हुन् ? बिचारी त्यो छोरीको पो बिजोग हुने भो त । बाउ आमाको जुधाईमा बच्चाको वर्तमान र भविश्य बिग्रिने भयो आजकाल कति धेरै सम्बन्ध बिच्छेदको घटना बढेका ...किन होला ? आजसम्म भनेकी छैनन् उनले मलाई । घरि घरि त मेरो तथ्यहिन अनुमानले उनलाई नै दोषी ठान्छ । पुरुष प्रधान समाजको एक हिस्सा न परे महिलालाई नै दोषी ठान्छ ।

२०७० आसार १३

म परे जिल्लाराम !!!


Photo taken from Google
                                                                                                                                        
         सामाज सेवीको प्रमाणपत्र कहाँ दिन्छ ? अनि कसरी हुने त सामाज सेवी ? एक मित्रले प्रश्न गरे  । बिचार उनलाई समाज सेवी बन्ने भुत चढेको छ, किन हो । सोच राम्रै हो    मानव समबेदना हराउदै गएको यो समयमा यस्ता सोच भएका मानिस पाउन गारो छ । विदेश भासिएका उनि आफुले कमाएका केहि गरिब दुखिलाई सहयोग गर्न चाहन्छन्    तर कसरी ? भेउ पाउन नसकेर आफ्ना केहि साथीहरुलाई पनि भन्दा रहेछन  । साथीहरु यो कुरा सुनेर पत्याउदा रहेनछन  । कसैले नपत्याउदा आफु मन भएर पनि सहयोग गर्न नसकेकोमा दुखि रहेछन  । अनि आफु हतोत्साही भएको गुनासो सुनाउदै थिए मलाई । 

         उनका साथीहरु पनि केहि हद सम्म त ठिकै हुन्  USA, America, Canada, UK बस्तै आएका देश र भेस फेर्ना बितिकै ठुला बनिन खोज्ने केहि मित्रहरुको हर्कतले म आफै पनि विश्वस्त हुन सक्दिन  । यस्तै घटना घट्यो मसंग पनि  । आज भन्दा ३ वर्ष अगाडी । लाहुरे लाग्ने सपना बोक्दा बोक्दा लाहुरे हुन नसकेका बाबुको मार्फत UK पुगेको उसको चुरी फुरी बेग्लै थियो  । कमाउन कसरी कमाउदै थियो, थाहा छैन । Online Chat मा कुरा कानी हुदाँ, उसलाई लागेको कुरो भनिरहन्थ्यो  । गरिबीको कारण पढाउन नसक्ने कोहि छ भने म उसलाई पढाउन चाहन्छु । केहि समयको लागि मात्र हैन क्या, उसलाई सक्षम नागरिक नबनुन्जेल  B.A., M.A.  कहाँ सम्म  पढछ तेती पढाउछु ।  

        लौ गजब कुरो   मैले कसरी सहयोग गरौ त ? राम्रो विचार सुनेर मैले सुध्याए    कोहि गरिब छन् भने खोजिदेउन    यति काम त गरिहाल्छु नि    मैले आफ्नै कार्य क्षेत्रमा पर्ने दिपेन्द्र प्राथमिक बिध्यालयमा सोधे, खोजे । समुदयमा पनि खोजे    १ जना परिवार पनि पत्तो लाए  । त्यो परिवारलाई भेटे पनि    तर चुरो कुरो चै भनेकी थिएन    

         राम्रै भएछ नभनेको पनि  । सहयोग गर्ने ठुला हृदय भएका ति मित्रलाई यो कुरो सुनाए पछि बेपत्ता नै भए  । फेस बुकमा मलाई पनि unfried  गरेछन्  । म पो जिल्लाराम ! बेक्कारमा टन्टलापुर घाममा दिनभरी कुदियो ।

२०७० भदौ १२ बुधबार ।

Wednesday, August 28, 2013

आपिल सबै चेतना भएकाहरुसंग !


रातको करिब १२ नजिक पुग्दै थियो घडीको सुइ । मस्त निन्द्रामा घुरिरहेका धरानेहरु मध्ये केहीको कानमा उनको चिच्याहट सदा झैँ सुनियो । "बचाऊ ! बचाऊ ! मलाई मार्यो ! मलाई मार्यो ! आइय आइया आइया .." घरि बुजो लाग्थ्यो होला,  निसासिदै गुम्सिन्थ्यो त्यो क्रन्दन । बचाउन कोहि गएनन् र जादैनथे पहिले पनि । २०, ३० मिनेस पछि आफै सेलाउथ्यो त्यो चिच्याहटले तातेको रात अर्को दिनमा प्रबेस गरे संगै ।  यसरी कोलाहल मच्याउने उनि सधै कराईनन् । कहाँ हरिन कसैको चासो बनिन् कहिले पनि । को थिइन् ? कहाँ बाट आएकी थिइन् ? कस्की चेली, कस्की पत्नी या छोरी थिइन् ? कसैलाई थाहा थिएन । यति थाहा थियो उनि मानसिक सन्तुलन गुमाएकी नारी थिइन् । बौलाही । कहिले नांगै डुल्थिन बेसर्म । कहिले कराउदै दौडथिन सडक भरि । ट्राफिक नियम पनि लाग्दैन । मृत्युको डरले पनि छुदैन । बिन्दास छिन् उनि । शरीर, चेत भएका पुरुषहरुबाट लुटिदा पनि कतै उजुरी गर्नु छैन । चुप चाप ...
धरान भानु चोक बिचमा मानसिक सन्तुलन गुमाएकी १ महिला


कुरा २०६० सालको हो सायद, बिर्से । नयाँ बानेश्वरको धोबीखोला संगैको झाडीमा, कुरामा भुलाउदै २ युवकले झन्डै २० वर्षे उनको अस्मिता लुटेर, दिउसै रक्ताम्य बनाइदियो । उनको चिच्याहट सुनेपछि म लगायत केहि  भुराभुरीको खैलाबैलाले छुट्कारा त मिल्यो उनलाई तर उनि लुटिई सकेकी थिईन ।  उनको शरिर क्षणीक यौन चाहानाको हवस् बनिसकेको थियो । तेसरी दिनै कतिऔ बाट तुटिनथिन होली उनि ! पैसामा बार्गेनिंग गर्न नपर्ने बेश्या बनिन बाध्य थिन् उनि र बाध्य छन् उनि जस्ता धेरै स्त्रीहरु आज पनि ।


म जहाँ पुगे तेहा भेटे उनीहरुलाई । बाँके कोहलपुरको बजारमा हिष्ठ पुष्ठ काली उनिलाई लुगा लगाउन कसैले भनेन । बरु सबै दर्षक बने । कोहि मुख छोपेर राम ! राम ! भन्दै उछिटिन्थे । कोहि उनको शरिरको प्रतेक अंग नियाल्दै एकोहोरिन्थे । उनको कथा पनि अरु जस्तै थियो ।
चेत भएका । बोल्न सक्ने । आधिकार खोज्ने त दिनै बलात्कृत हुन्छन् यहाँ । घरि बाबु बाटै । घरि परपुरुषबाट । घरि प्रेमी त घरि लोग्ने बाट । 


कस्तो समाज होला यस्ता नारीहरुको सुरक्षाका लागि कहिले कुरा उठाएन । सदा महिला हिंसाका विरुद्ध सडक तताउने संघ सस्थाहरुको ध्यान कहिले गएन । पत्र पत्रिकामा समाचारका रुपमा पनि कहिले स्थान पाएन यो कुराले । अस्थिर सरकार लाचार ! केलाई पो हेर्न सकेको छ र ? न्याय त अब इतिहासमा मात्र पढन पाइने भो ।


लौ न ए महिला अधिकार कर्मी हो यता तिर पनि ध्यान दिउन । पत्रकारहरुले पनि समाचार बनाऔ न । यी बोल्ने चेत नभएकाहरुलाई हामी चेतना भएकाले केहि गरौ न । उनीहरुको लागि बोलिदिउ । केहि भैहाल्छ कि ।

२०७० भदौ १२ बुधबार ।