(यो कथामा धरानकी १ महिलाको
जीवनमा आधारित वास्तविक घटनालाई कथामा ढाल्ने प्रयास गरेकी छु । समाजमा घटिरहेका तर बाहिर
आउन नसकिरहेका यस्ता कुराहरुलाई बाहिर ल्याउन आवश्यक ठानेर धेरै चोटिको आफ्नै
मनसँग गन्थनपछि आफ्नो ब्लगमा पोस्ट गरेकी हु ।)
बिद्रोह
Photo from Google. |
"जे पर्ला पर्ला आज दिदै दिदिन" चौवन्दिको तुना ३ गाठो पार्छे । यत्रो लामो समय म कसरी उस्लाई झेलीरहन सकिरहेकी छु ? आफ्ना इच्छा चाहनाहरु समाजले जबर्जस्ति ओडाईदिएको लाजको पच्छेउरीले दिनमा र रातमा सिरकले छोप्दा छोप्दा निसास्सिएकी छु । पुरुषवादी चिन्तन भित्र खादिएका, अनि बेस्सरी जकडिएका चाहनाहरुलाई स्वतन्त्र बनाउने बर्षौको प्रयासलाई यो समाज कसरी बेश्याको संज्ञा दिन सक्छ । बिहे भएको २३ वर्ष भैसक्दा पनि अझै मेरो चरित्र प्रति ससंकित हुने मेरो लोग्नेले मलाई कहिले बुझेन । हेरौ न मेरो इच्छा बिपरित आज कसरी मलाई छुदो रहेछ ?" स्वास्नी सरक्क सिरक भित्र पसेर अर्को पट्टि मुख फर्काएर ३ बित्ता पर सुत्छे ।
"किन ३ कोष पर सुतेकी ? सुत्त्नेबेला के लाकी यो बक्खु ?" लोग्ने स्वास्नीलाई आफूतिर तान्दै भन्छ ।
"अरु झगडा ओछ्यानमा आएर मिल्छ तर ओछ्यानबाट शुरु भएको झगडा आदलत पुगेर सम्बन्ध बिच्छेदमा टुन्गिंछ । तर म एक्कैले कसरी सम्बन्ध बचाउन सक्छु ? अब पुग्यो ।" अझ बढी दृढ हुदै स्वास्नी प्रतिक्रिया बिहिन उस्तै पल्टिरहन्छे ।
Photo source : Google |
"सुनिनस् ? के भो तलाई ? केको नखरा पर्दै छस् ?" लोग्ने ओडिरहेको सिरक फालेर स्वास्नीलाई उत्तानो पार्दै चौबदिको तुनामा हात पुर्याउछ ।
"अब पुग्यो ।" लोग्नेको हात छातीबाट थुत्दै कराउछे स्वास्नी । "स्वास्नी हुनुको तात्पर्य लोग्नेको चाहनामा ओछ्यानमा उसले भने जसरी आफुलाई लडाईदिनु मात्र होइन । राम्रा लुगा र गहनामा मात्र रम्न सक्दैन उस्को मन । भौतिक सुखले मात्र उस्का चाहना मेटिदैनन् । तिम्रो चाहना मेटाउन नांगिदा कहिले तिम्ले मेरो चाहना के ख्याल गरेका छौ ? म के चाहन्छु ? कस्तो चाहन्छु ? बुझ्ने कोशिश कहिले गरेऊ ? म पनि मान्छे हु । तिम्रो जस्तै मेरो पनि चाहना हुन्छ ? तिमी झैँ म पनि रम्न चाहन्छु ।"
सपनामा पनि नसोचेको आज उस्कै अगाडी घटिरहेको घटना देखेर लोग्ने अचम्भित भएर हेरिरहेको छ, ३ सन्तानकी आमा आफ्नै स्वास्नीलाई । "हैन तैले निलो फिलिम हेरीस् कि क्या हो ? जे पायो तेही बोल्छेस् ।"
"कुरा समझदारीको हो । समानताको हो । तिम्रो जस्तै मेरो भावना अनि चाहनाको सम्मानको कुरा हो । जुन मैले कहिले महसुस गरिन तिमीबाट । म तिम्रो जीवन संगिनी हु । बुझेउ ? " जब यो सम्मान दिन तयार हुनेछौ तबमात्र तिम्ले मलाई छुनु ।" स्वास्नी लोग्नेले फ्यालेको सिरक तानेर सुत्छे । अगी जस्तै ।
"समाप्त"
: लक्ष्मी राई
२०७० पुष १३ गते शनिवार ।
No comments:
Post a Comment