Wednesday, June 18, 2014

"सरोकारवाला निकाय र सिमान्तकृत समुदाय एकै ठाउँमा"


 
    सीमान्तकृत समुदाय र स्थानीय निकाय बिचको दुरीलाई घटाई सहयोगसमन्व्य र सहकार्य सिर्जना गर्ने उद्देश्यले सामुदायिक कार्ययोजना प्रदर्शनीको आयोजना २०७१ जेष्ठ २८ गते बुधबार गरिएको थियो । बुटवल नगरपालिका र लुमन्तिको संयुक्त आयोजनामा संचालित सुशासन परियोजना अन्तर्गत संभवत नेपालमै दोश्रो पटक (भरत्पुर पछि) बुटवल स्थित सिद्धार्थ कटेजको भवनमा प्रर्दशनी कार्यक्रम सम्पन्न भएको हो जहा स्थानीय सरोकारवाला निकाय र सिमान्तकृत समुदायका प्रतिनिधिहरु एकै ठाउमा भेला भएका थिए  
   
    प्रदर्शनीमा बुटवल नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत बाबुराम गौतमको सभापतित्वमा,  प्रमुख अतिथि रुपन्देही जिल्ला प्रशासनका जिल्ला अधिकारी बालकृष्ण पन्थी बिशेष अतिथि गजेन्द्रनाथ शर्मा, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सहसचिव अष्ठलक्ष्मी पाण्डे,  बिपन्न वस्ती विकास संजालका संचिव जुद्ध बहादुर बि.क., आमा मिलन केन्द्रकि प्रतिनिधि गङ्गा घिमिरे, लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धर, डेभलोपमेन्ट कोर्परेशनका हेड एन्ड्रीस रोएटी, प्राक्टीकल एक्शनका कार्यक्रम प्रमुख डा. शिरिष सिंह, को आतिथ्यता रहेको थियो ।
     
   सुशासन परियोजनाले काम गरिरहेको २१ वटा टोल बिकास सस्था मध्ये १७ वटा टोल बिकास सस्था उपस्थिति रहेको उक्त कार्यक्रममा सस्था आफैले पहिचान गरेका समुदायका समस्या, आवश्यकता र विकासका लागि आफैले तयार गरिएका कार्य योजनाहरु प्रदर्शनी गरिएको थियो । खानेपानी, तटबन्ध, महिला हिंसा न्यूनीकरण तथा ससक्तिकरण, बाटो, सरसफाई तथा चर्पी निर्माण, सिप मुलक कार्यक्रम, समुदायिक भवन, स्वस्थ, शिक्षा, सस्थागत क्षमता बिकास लगायतका बिषयमा योजना प्रस्तुत गरिएका थिए । प्रदर्शनी अवलोकनका क्रममा स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, संघ सस्था तथा स्थानीय निकायका लगायतका १४ प्रतिनिधिहरुल्ले आफ्नो सस्थाले गर्न सक्ने योजनामा सहकार्य तथा सहभागिताका लागि लिखित प्रतिबद्धता गरेका थिए ।

   लिखित प्रतिबद्धता पाएका टोल बिकास सस्थाका सदस्यहरु निकै उत्साहित हुनुका साथै योजना कार्वान्वयनका लागि तुरुन्तै लागि पर्ने बताएका थिए । यस कार्यक्रमले सबै टोल बिकास सस्थाका सदस्यहरु खुशी हुनुका साथै सकारात्मक आशा पलाएको, बिपन्न बस्ति बिकास संजालका उपाध्यक्ष दुर्गा शाक्य बताउछिन् ।


        बिपन्न बस्ति विकास संजालले व्यवस्थापन गरेको थियो उक्त कार्यक्रममा लुमन्तिका बरिष्ठ कार्यक्रम व्यवस्थापक महेन्द्र शाक्यबाट  स्वागत गर्नुका साथै प्राक्टिकल एक्सनका कार्यक्रम व्यवस्थापक मनोज कुमार झाबाट बुटवलमा सुशासन परियोजनाका बारे जानकारी प्रस्तुतीकरण भएको थियो । उक्त कार्यक्रमको उदघोषण बुटवल जेसिज् का भूतपूर्व अध्यक्ष गोपाल अधिकारीले गरका थिए । बुटवल नगरपालिकामा संचालित यस् कार्यक्रमलाई प्राक्टिकल एक्सनले सहयोग गरेको छ 


( सामुदायिक कार्ययोजना प्रदर्शनी कार्यत्रम एक कार्यक्रम मात्र नभई समुदायको पहुच स्थानीय निकायसम्म पुर्याउन सहयोग गर्ने माध्यमको रुपमा मैले पाएको छु  बिकासमा सामुदायिक सहभागिता र सत्रियता बढाउन यो कार्यक्रम पुर्व तयारी गर्ने क्रमको आवस्थाले निकै महत्वपूर्ण भूमिका राख्दछ  आफैले आफ्नो समुदायको समस्या पहिचान गर्ने  कारण तथा प्रभावको बिश्लेषण गर्ने  प्राथमिकीकरण गर्ने  सम्भावनाको खोजी गरि योजना बनाई समाधनको लागि आफै पहल गर्ने कार्यले बिकासमा जना सहभागितालाई वृद्धि गरेको छ  जसलाई Good Governance स्थापित गर्नका लागि पहल गर्न प्रारम्भिक कदमको रुपमा लिन सकिन्छ साथै सरकारी निकायलाई बिकास योजना कार्वान्वयन गर्न पनि सहज हुन्छ भन्ने मेरो ठम्माइ हो  त्यसकारण यो कार्यक्रम अन्य स्थानमा पनि लागु गर्दा फलदायी हुनसक्ने भएकोले यो कार्यक्रम मैले मेरो Blog मा post गरेकी हु ।)  


·         लक्ष्मी राई
(२०७१ आसार ५ गते बिहिवार)

Saturday, January 4, 2014

बैदेशिक रोजगारीले निम्त्याएका नकारात्मक पक्षहरु

J लक्ष्मी राई  


    रेडियो, एफ.एम.मा बैदेशिक रोजगारीका लागि दैनिक कामदारको माग भएको सूचना बजिरहेका हुन्छन्    स्थानीय तथा राष्ट्रिय दैनिक पत्रिकामा पनि छापिएका विज्ञापनमा रोजगारीको सुवर्ण आवसर बैदेशिक रोजगार मात्र भए झैँ ड्याम्मै छापिएका हुन्छन   दैनिक हजारौको संख्यामा युवाहरुलाई विदेश उडाउन ब्यस्त भैरहेकै हुन्छन्, अन्तर्राष्ट्रिय त्रिभुवन बिमान स्थलका कर्मचारीहरु हजारौ युवा बिदेशिन भिषा कहिले लाग्ला र उडौला भनि पर्खिरहेका हुन्छन सिप, शिक्षा भएका नभएका सबैको कमाउने गन्तब्य बन्दैछ बिदेश मिले कानुनी रुपमा नमिले भारत हुदै गैरकानुनी रुपमै भएपनि यस्ता युवा जमात बिदेशिदै छन् खाडी मुलुक नेपालमा रोजगारीको न पर्याप्त अवसर छ न लगानीका लागि कुनै सुरक्षित वातावरण नै छ बढ्दो बेरोजगारी समस्याले निम्ताएको यो बाध्यात्मक अवस्थाले देशको धेरै युवा बैदेशिक लाहुरे बन्दै छन् खाडी मुलुक जाने युवा गरिब तथा मध्यम वर्गकै हुने गर्दछन् वार्षिक गतिलो रेमिटयान्स भित्रेको प्रतिदेन सार्वजनिक गर्ने राज्यले यसले उब्जाएको समस्याबारे भने आखा चिम्ले जस्तो देखिएको छ

Photo from Google 
   भौतिक तथा भावनात्मक रुपमा धेरै समय सम्म घर परिवारबाट छुट्टिएर टाढा रहदा पारिवारिक सम्बन्धमा चिसो पाना आउने गरेको देखिन्छ बिशेष श्रीमान श्रीमतीका बिच यस्ता घटना हुने गरेको पाइन्छ भर्खरै बिबाह गरेका नव जोडीहरु एक अर्कालाई बुझ्न नपाउदै कमाइका लागि लामो समय सम्म टाढीनु पर्ने बाध्यता भएको छ जस्ले एक अर्का बिच असमजदारी र विश्वासको कमिका कारण सम्बन्ध चाडै पारपाचुकेमा पुगेर टुन्गेका छन् स्वभावैले मानिस स्वतन्त्र हुन चाहन्छ जुन यौनमा पनि चाहेको देखिन्छ  
   सन् २०१३ मा हाम्रो जस्तो मुलुकमा पनि लिभिंग टुगेदरको ब्यवास्ताको प्रस्तावना गरीएबाट यौन स्वतन्त्रतालाई बैधानिक र व्यवस्थित गर्ने आवश्यकता स्वीकारेको देखिन्छ समाजले सहजै स्वीकार्न नसक्दा यससंग सम्बन्धित घटनाहरुले अपराधिक रुप लिएका छन् जसको प्रभावमा बैदेशिक रोजगारमा जाने महिला पुरुषमा पनि बढ्दो देखिन थालेको छ बिदेशमा रहेकाहरुको श्रीमान/श्रीमतीको परस्त्री/परपुरुषसंगको अनैतिक सम्बन्धका कारण बैवाहिक सम्बन्ध कम्जोर बन्दै गएका छन् प्रविधिको पहुचताले जनसम्पर्कमा ल्याएको व्यापकता, बदलिदो भट्किलो जीवनशैली, एक्लोपनाका कारण यस्ता सम्बन्धमा गसिने गरेका पाइन्छन् जसको परिमाण नकारात्मक बढी छन्

  बैदेशिक रोजगारीले परिवार समेतलाई आधुनिक भौतिक सामग्रीको उपभोक्ता बनाएको छ लेखापढ गर्दै नगरेका देखि शिक्षित सबैको हात हातमा लेटेस्ट मोबाईल हुन्छन् आधारभुत आवश्यकता पुरा गर्न नपाउदै महंगा टेलिभिजन, आत्याधुनिक मोवाइल, दुई पाङ्ग्रे सवारी साधनको खरिदले स्थान पाउछन् अब छिमेकीसंग दुख सुखका कुरा सटासट गर्ने महिलाहरु हिन्दि धरावाहिकमा व्यस्त हुन थालेका छन् १ किलोमिटर पुग्नलाई पनि सवारी साधनको प्रयोग नगरी नसक्ने भएका छन् मानिसहरु जस्ले मानिसलाई सुबिधा भोगी अल्छि बनाउदै गएको छ भने नव योग्य युवाको तयारी भन्दा पुजीवादी राष्ट्रहरुको पुजी निर्माणमा क्षेत्र बिस्तार गर्न सहयोग गरिरहेको छ  

  अधिकाम्स पुरुष युवाहरु बिदेसिएकाले गाउ सहरमा महिला, पाका उमेरका मानिस र बालबालि
Photo from google
का मात्र बाकी छन् एक किसिमले हेर्दा यसका कारण बिकासमा महिला सहभागिता र निर्णायक भूमिकामा संख्यात्मक रुपमा वृद्धि त देखिन्छ तर पुरुषहरु यस्ता कार्यबाट बिस्थापित हुदै गरेको पनि देखिन्छ

  अर्को तर्फ एस. एल. सी. फेल हुने देखि डिग्री सकेकाहरु सबैको व्यक्तिगत प्रोफाइल बैदेशिक रोजगारदाता मेनपावरहरुमा पेश गरिएका हुन्छन् जसमध्ये धेरै रोजगारदाता मेनपावरहरु गैर कानुनी रुपामा खोलिएका छन् उनीहरुले खटाएका दलालहरु कति छन् कति यस्ता मेनपावर र दलालको चंगुलमा परी ग्रामीण क्षेत्रका युवाहरु बढी मात्रामा ठगीएको पाइन्छ विदेश गएर धेरै कमाउने सपना बुनेकाहरु ऋणमा डुबेर भएको घरखेत पनि साहुको नाममा पास गरिदिनु परेको घटनाहरु पनि नौलो लाग्दैनन् आजकाल   
   
  हुनत यसका सकारात्मक पाटो पनि छन् जसलाई नजरान्दाज गर्न मिल्दैन बैदेशिक रोजगारीले रेमिटान्स मात्र भित्राउदैन नयाँ प्रबिधि, ज्ञान र सिप पनि भित्राएको छ शिक्षामा पहुच वृद्धि भएको छ नेपालीको जीवनस्तर वृद्धि भएको छ यी र यस्ता सकारात्मक पाटो हुदाहुदै पनि समाजमा घटिरहेका घटनाहरुको समाधान खोज्नु जरुरी छ   
(२०७० पुष २० शनिवार)

बिद्रोह

(यो कथामा धरानकी १ महिलाको जीवनमा आधारित वास्तविक घटनालाई कथामा ढाल्ने प्रयास गरेकी छु  समाजमा घटिरहेका तर बाहिर आउन नसकिरहेका यस्ता कुराहरुलाई बाहिर ल्याउन आवश्यक ठानेर धेरै चोटिको आफ्नै मनसँग गन्थनपछि आफ्नो ब्लगमा पोस्ट गरेकी हु ।)

बिद्रोह
                             
Photo from Google.
माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो  स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज  लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो  "कति बेर लगाकी छिटो आइज " लोग्ने ओछ्यानबाटै आवाज दिन्छ  


"जे पर्ला पर्ला आज दिदै दिदिन" चौवन्दिको तुना ३ गाठो पार्छे  यत्रो लामो समय म कसरी उस्लाई झेलीरहन सकिरहेकी छु ? आफ्ना इच्छा चाहनाहरु समाजले जबर्जस्ति ओडाईदिएको लाजको पच्छेउरीले दिनमा र रातमा सिरकले छोप्दा छोप्दा निसास्सिएकी छु  पुरुषवादी चिन्तन भित्र खादिएका, अनि बेस्सरी जकडिएका चाहनाहरुलाई स्वतन्त्र बनाउने बर्षौको प्रयासलाई यो समाज कसरी बेश्याको संज्ञा दिन सक्छ  बिहे भएको २३ वर्ष भैसक्दा पनि अझै मेरो चरित्र प्रति ससंकित हुने मेरो लोग्नेले मलाई कहिले बुझेन  हेरौ न मेरो इच्छा बिपरित आज कसरी मलाई छुदो रहेछ ?" स्वास्नी सरक्क सिरक भित्र पसेर अर्को पट्टि मुख फर्काएर ३ बित्ता पर सुत्छे 

"किन ३ कोष पर सुतेकी ? सुत्त्नेबेला के लाकी यो बक्खु ?" लोग्ने स्वास्नीलाई आफूतिर तान्दै भन्छ 

"अरु झगडा ओछ्यानमा आएर मिल्छ तर ओछ्यानबाट शुरु भएको झगडा आदलत पुगेर सम्बन्ध बिच्छेदमा टुन्गिंछ  तर म एक्कैले कसरी सम्बन्ध बचाउन सक्छु ? अब पुग्यो " अझ बढी दृढ हुदै स्वास्नी प्रतिक्रिया बिहिन उस्तै पल्टिरहन्छे 
Photo source : Google  

"सुनिनस् ? के भो तलाई ? केको नखरा पर्दै छस् ?" लोग्ने ओडिरहेको सिरक फालेर स्वास्नीलाई उत्तानो पार्दै चौबदिको तुनामा हात पुर्याउछ 

"अब पुग्यो " लोग्नेको हात छातीबाट थुत्दै कराउछे स्वास्नी  "स्वास्नी हुनुको तात्पर्य लोग्नेको चाहनामा ओछ्यानमा उसले भने जसरी आफुलाई लडाईदिनु मात्र होइन  राम्रा लुगा र गहनामा मात्र रम्न सक्दैन उस्को मन  भौतिक सुखले मात्र उस्का चाहना मेटिदैनन्  तिम्रो चाहना मेटाउन नांगिदा कहिले तिम्ले मेरो चाहना के ख्याल गरेका छौ ? म के चाहन्छु ? कस्तो चाहन्छु ? बुझ्ने कोशिश कहिले गरेऊ ? म पनि मान्छे हु  तिम्रो जस्तै मेरो पनि चाहना हुन्छ ? तिमी झैँ म पनि रम्न चाहन्छु "

सपनामा पनि नसोचेको आज उस्कै अगाडी घटिरहेको घटना देखेर लोग्ने अचम्भित भएर हेरिरहेको छ, ३ सन्तानकी आमा आफ्नै स्वास्नीलाई  "हैन  तैले निलो फिलिम हेरीस् कि क्या हो ? जे पायो तेही बोल्छेस् "

"कुरा समझदारीको हो  समानताको हो  तिम्रो जस्तै मेरो भावना अनि चाहनाको सम्मानको कुरा हो  जुन मैले कहिले महसुस गरिन तिमीबाट  म तिम्रो जीवन संगिनी हु  बुझेउ ? " जब यो सम्मान दिन तयार हुनेछौ तबमात्र तिम्ले मलाई छुनु " स्वास्नी लोग्नेले फ्यालेको सिरक तानेर सुत्छे  अगी जस्तै        

                               "समाप्त" 


 :  लक्ष्मी राई
२०७० पुष १३ गते शनिवार   


Sunday, December 29, 2013

पहिचानको नाममा अतिवाद भयो कि ?

J लक्ष्मी राई 
   पहिलो पल्ट संबिधान निर्माण कार्यमा असफल भएका हामी नेपालीलाई संबिधान निर्माण गर्ने मौका फेरी आएको छ  फेरी पनि संबिधान निर्माण हुने उच्च आकान्क्षा बोकेका नेपाली जनले जोखिम पूर्ण चुनावीमाहोलको बेवास्था गर्दै आफ्ना सभासद चुनेका छन्  यो बिश्वासमा कि यो पल्ट आवश्य नेपालीले सबिधान प्राप्त गर्नेछन्  चुनाव सम्पन्न भएको २ महिना बितिसक्दा पनि पार्टीहरु बिच सहमति बन्न नसक्दा जनतामा विभिन्न आसंका छाएको छ, तथापी आशावादी नै छन् जनता 

   अहिले जातीय पहिचानको सवाल मुलुकमा बहसको बिषय बनेको छ  हरेक स्थानबाट मानिसहरु जातीय अधिकार प्राप्तिका लागि जुर्मुरिएका छन्  संगठनिक, राजनैतिक रुपमा संगठित हुदैछन्  क्षेत्रि, बाहुन, राई, लिम्बु, मगर, गुरुङ, नेवार, तामाङ्ग, शेर्पा आदि सबै संगठित भएका छन्  आफ्ना पहिचान स्थापित गर्नका लागि  जुन सकारात्मक पक्ष हो  पहिचान, अधिकार र सम्मानको बिषय सम्पूर्ण मानवहरुको लागि मानवाधिकारको बिषय हो  जस्को लोकतन्त्रमा संम्बोधन हुन आवश्यक छ  लोकतन्त्रमा आफ्नो अधिकार वकालत गर्ने जो कोहि सभ्य नागरिकले अरुको आधिकार र सम्मानको कदर गर्नसक्नु यसको सुन्दर पक्ष हो र सम्पूर्ण नागरिकको कर्तब्य पनि  यसलाई बचाई राख्न या भनौ बलियो बनाउन कानुन र राजनैतिक पार्टीहरु गम्भिर हुन जरुरी छ 

  आजकाल जातिय पहिचानको आडमा नेपाली नेपाली बिच फुटको अवस्था सृजना भैरहेको छ  जातीयताको नाममा एकले अर्कोलाई सक्दो नराम्रो बनाउन खोजिरहेका छन्  अरुलाई कुल्चेर आगाडी जाने होडवाजी नै गरिरहेका छन्  दिन्नानुदीन असहिष्णु बन्दै छन् मानिसहरु  १ राईको छोरो अर्को बाहुनहरुको छोरोलाई तथानाम भन्छ  क्षेत्रि बाहुनको खैरो खंन्छ  क्षेत्रि, बाहुनले हाम्रा अधिकार खोसे भन्दै हिड्ने अन्य जाति पनि कमछैनन्  आफ्नो प्रतिरक्षाका लागि क्षेत्रि बाहुनहरू पनि संगठित भएर उठ्दै छन्  
  
   ऐतिहासिक पृष्ठभूमी केलाउदा आदिवासी जनजातिलाई केहि पहुच वाला जातिहरुले पछाडी पारेको तितो सत्यलाई नजर आन्दाज गर्न सकिदैन  तर हिजोको तथ्यलाई आज उल्टाएको आवस्था हुनु पर्छ, यसो भए मात्र हाम्रो अधिकार र सम्मान प्राप्त हुन्छ भन्नु कत्तिको बुद्धिमत्तापूर्ण हुन्छ ? यो हामी सबैले मनन गर्न जरुरी छ  हिजो संगै मिलेर काम गर्ने एकै कार्यालयका कर्मचारीहरु आज जातीय रुपमा विभक्त भएका छन्  बैचारिक रुपमा बाढीएका छन्  एकले आर्कोलाई शत्रुको रुपमा लिन थालेका छन्  डर, शंका, अविश्वासको वातावरण बन्दै छ   जुन सम्पूर्ण नेपालीका लागि सर्वथा अहितकारी साबित हुनेछ  

   आफ्नो पहिचान, अधिकार र सम्मान स्थापीत गर्नु भनेको अरुको अधिकार खोस्नु या अरुको पहिचान, अधिकार र सम्मानलाई अस्विकार गर्नु भन्ने कदापि होइन  यदि यसो हो भने हामी पहिचानको नाममा अतिवादलाई मलजल गर्दै छौ  जस्ले सामाजिक सदभावमा बिचलन ल्याउछ  हामी र हाम्रो भन्ने भावना म र मेरोमा परिणत भै सामाजिक एकतालाई कुन्ठित बनाउदछ  बिकास र सामाजिक रुपान्तरण आजको आवश्यकता हो  जसको लागि सामाजिक सदभाव अपरिहार्य छ  हाम्रो जस्तो मिश्रित समाजमा यस्ता सवाल माथिका अतिवादी सोचहरुले नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना बढी देखिन्छ 

  तसर्थ पहिचानको नाममा कतै हामी बिकासका लागि घातक त बन्दै छैनौ ? पहिचानको नाममा अतिवादलाई बढावा त दिदै छैनौ ? सोच्ने बेला आएको छ  यहा निर संयमता अपनाउनु नै बुद्धिमानी हुन्छ कि ?

(२०७० पुष १३ गते शनिवार  ) 


Tuesday, December 10, 2013

अपराधीहरुलाई डर नै भएन |

   सरोकारवाला निकायका जनचेतनामुलक कार्यक्रम, गोष्ठी, आन्दोलनले तिब्र गतिमा महिला हिंसा निर्मुलिकरणका लागि अभियानहरु चलिरहेकै छन् | जनचेतना स्तर पनि बढेको अनुभव गर्न सकिन्छ | तर अफसोसको कुरा अझै पनि दिनदिनै बलात्कारको घटना झन् बढी रहेका छन् | अपराधीहरुको मनोवल झन् झन् दरो हुदै छ | मानवअधिकारको प्रत्याभूति हुनसकिरहेको छैन | आफ्नै घरमै असुरक्षित भैरहेका छन् यी स्त्रीलिंगीहरू|


   आज भन्दा १० वर्ष धरान कि ९ वर्षे बालिका आफ्नै मामाबाट बलत्कृत भएकी थिएँन | दोषीले १० वर्षे सजाय त पायो तर त्यो भन्दा कठोर सजाय ति बालिकाले पाउदै छिन् र पाइरहने छिन् जीवनभर, हरदिन घर अनि समाजका मानिसहरुको अपमानजनक  व्यवहारबाट | सजाय भोगेर फर्कने त्यो व्यति नजिक रहेर बच्नु पर्दाको जिन्दगि झन् कस्तो होला ति किशोरीको ?? यस्ता घटना कति छन्, कति ! यहाँ उल्लेख गरेर साध्य छैन  | 


   अपराधीहरुलाई डर नै भएन | राज्यको कमजोरीका कारण दण्डहिनता मौलाउदै गएको छ | निरुत्साही हुदै जानु पर्नेमा झन् झन् अति हिंस्रक बन्दै गएका छन् अपराधी मनस्थितिका मानिसहरु | पहुच र राजनैतिक सम्रक्षणका भरमा अपराधीहरु आजत डुलिरहेछन | पैसामा कानुन बिकिरहेछ | सुरक्षाको प्रत्याभूति हुन सकेको छैन | कानुनी राज्य, सामाजिक र आर्थिक पहुच भएकाहरुको लागि मात्र हो भन्ने जस्तो भैसक्यो | जनताको विश्वास घट्दो छ, राज्यले प्रदान गरेको कानुनी न्याय प्रति |   पिडितका क्रन्दनहरु केहि समय समाजको घ्यान तान्न मात्र सफल भएका छन्  |  सबैबाट पाउने  सहानुभूतिले मात्र  पिडितले न्याय पाउदैन, न यस्ता घटनाहरुमा नै कमि आउने छ |  



२०७० मङ्सिर २६ 

Monday, September 23, 2013

समुदायमा यस्ता छन् महिला हिंसाका रुप




   हिजोआज दैनिक जसो सुनिने बलात्कारका घटनाहरुले महिला तथा बालिकाहरु सुरक्षित नरहेको अवस्था तिर संकेत गरिरहेको छ । यौन हिंसाका कारण समाजमा आफ्नै परिवारका पुरुष सदस्यदेखि पनि सतर्क हुनु पर्ने अवस्थाको सिर्जना भएको छ ।  घरमा सुतिरहेकी किशोरीलाई घरको छानो नै  भत्काएर समुहित बलात्कार गरिएको घटनाले अपराधीहरुको मनोबल कति सम्म दरो रहेछ ? भन्ने कुराको अनुमान लगाउन गार्हो नपर्ला । बिस्तृत अध्ययन गर्ने हो भने, हाम्रो समाजभित्र लुकेर चलमलाइ रहेका यस्ता घटनाहरुका डरलाग्दा स्वरूपहरु भेटाउन सकिन्छ । यस्ता हिंसाका शिकार बिशेष गरिब, दलित, एकल महिला, बेसहारा र मानशिक सन्तुलन गुमाएका महिलाहरुमा घटिरहेका देखिन्छन् । ४ वर्षका बालिका देखि ७५ वर्षीय महिलाहरु पनि असुरकक्षीत भईरहेको पाइन्छ । 
 
  धरान १७ की ५५ वर्षीय सानु माया तामाङ्ग (परिवर्तित नाम)  आफ्नै श्रीमानबाट यौन हिंसा पिडित छिन् । बुढेसकालमा हरि राम जप्ने उमेर पुग्दै गरेका ६१ वर्षीय आफ्नै श्रीमान देखि भागी भागी हिडछिन् ऊनी । रक्सि खाएर आउने श्रीमानलाई शारीरिक रुपले असक्त हुदा पनि जबर्जस्ती हरेक रात यौन सम्पर्क गर्न पर्ने बाध्यता पिडित सुनाउछिन् । यसो नगरे श्रीमानले झगडा गर्ने, कुटपिट गर्ने गरेको बताउछिन् । 

Photo taken from Google
   ३७ वर्षिया दिल कुमारीले भुजेल (परिवर्तित नाम) बिहे गरेको ७ वर्ष भैसक्दा पनि उनको बच्चा हुन सकेन । आफ्नो स्वास्थमा कुनै कमजोरी नभएको हस्पिटलको रिपोर्टले बताएपछि श्रीमानलाई जचाउन हस्पिटल जाऊ भन्दा श्रीमान मानेनन । ज्यामी काम गरेर गुजारा गरिरहेकी उनलाई आफु केवल शारिरिक यौन चाहना मेट्नका लागि मात्र श्रीमती भएझै लाग्छ । मानशिक रुपमा श्रीमानको भर भन्दा पनि डरले जीवन बच्नु परेको छ उनलाई । यसरी आफ्नै श्रीमानबाट जबर्जस्ति बलत्कृत हुनु परेको अवस्था छ महिलाहरुमा । 


  गरिब समुदायलाई नियाल्ने हो भने अशिक्षा, महिलाहरुको अर्थमा पहुचको कमि र जनचेतनाका कमीका कारण यस्ता घटनाहरुले प्रसय पाएको देखिन्छ । यस्ता घटना बाहिर आउदा सामाजिक रुपमा आपमानित हुनुपर्ने डरका कारण पनि ढाकछोप गरिन्छ । तथापि मध्यम वर्गीय, उच्च वर्गीय परिवारमा भन्दा गरिब समुदायाका घटना सहजै बाहिरिने गर्दछन्  । अर्को कुरा मानिसहरुलाई न्यायका लागि प्रहरी प्रसासनमा जादा लाग्ने आर्थिक खर्च र लामो समय लाग्ने भएकाले पनि यस्ता घटनाहरु गाउ समुदाय मै मिलाउने या त सहेरै बस्ने गरेको देखिन्छ । बाहिर आएका यस्ता घटनाका पिडकहरु पहुच र राजनैतिक पार्टीको समरक्षणका आडमा बच्ने गरेका छन् । जसले गर्दा पिडितहरुले सजिलै न्याय पाउन सकिरहेका छैनन् र पिडकहरु निश्चिन्त समाजमा घुमिरहेका छन् ।

लक्ष्मी राई 
२०७० असोज ५ गते