Saturday, February 28, 2015

“साल चुटिएर पेटमै रह्यो ।”


J  लक्ष्मी राई 
फोटो फिचर बनाउन अनन्त बज्राचार्य दाईले हौसाउनु भयो  ल त प्रयास गरौ, गरे कसो नहोला त ! भन्दै, धरान उपमहानगरपालिका वडा नं.१५ हानिय तर सोचे जस्तो विषय वस्तु भेटिन तेस पछि सानुलाई भेट्न गए तर, उनी लोग्ने स्वास्नीको खटपटका दौरान लोग्नेले एक झापड लगाएको निहुमा माईती गईछिन् काखको महिने छोरा वर्षे छोरी च्यापेर दिन पछि फेरी गए, तब भेटियो उनलाई

जब उनको घर पुगे, धेरै दिनदेखि थालभाडाहरु नधुइएका जुठो कट्कटिए कालै थिए झिङ्गा भन्किरहेका कपडाहरु यत्र तत्र छरिएको फोहरै फोहर थियो, घर  

यस्तो फोहर भयो भने रोग लाग्दैन

लाग्छ  

अनि सफा गर्नु पदैन ? किन सफा नगरेको ? थाहा पाएर पनि  

त्यसै  

यती भनी काखको छोराको टाउको सुम्सुमाउदै चुप लागिरहिन्  

उनको घर सेउती खोला डिल सुकुम्बासीमा माईत पश्चिम सर्दु खोलाको डिलमा जेठि पट्टिको एक सुस्त मानस्थिति भएको १५ वर्षको छोरा, लोग्ने उनका सन्तान सहित जनाको परिवार एकै कोठामा बस्छन्  

उमेरले २५ नाघेकी उनी मानशिक रुपमा अलि अस्वस्थ्य छिन् पहिले अलि राम्रै थिइन् रे सेतो मक्षडले टोकेका कारण विरामी भए पछि उनको मानशिक अवस्था विग्रेको उनका श्रीमान् बताउछन्  

४५ वर्ष नाघेको लोग्ने विहानै मजदुरी गर्न घरबाट निस्कन्छन् राती, रक्सीले मातेर खुट्टाले टेक्नै नसक्ने भएर घर फर्किन्छन्  ˜˜˜….,  ˜˜˜…. भनी कराउदै कलाकार राजेश हमालको स्टाईलमा अनि घनघोर लडाई पर्ने रहेछ

विहेको बारेमा सोद्धा उनी भन्छिन्घरमा आको आकै ¥यो अनि विहे गरेको नि ” 
Photo from Google 

छोरी कती वर्षकी भई ?

वर्ष  

छोरीको नाम चै के हो ?

मेरी  

अहा ! कस्तो राम्रो नाम कस्ले राखेको नी ?

चर्चको मान्छेले राखेको  

छोरो कति बर्षको भयो ?

वर्षको  

नाम के राखिदियौ ?

सजिंब

छिमेकीले भने पछि थाहा भयो छोरी वर्षकी छोरा महिनाको भएछ  

सुत्केरीमा राम्रो स्याहार, पोषिलो खाना नपाउदा सानु कमजोरीका कारण पनि उमेर भन्दा बुढी देखिन्छिन् पोसिलो खाना खान पाउनु पकाउनै आउछ उनलाई पसलबाट किनी ल्याएको के.जी चामल पनि एकै छाक के.जी. चामल पनि एकै छाक पाकाउदि रहेछिन् यसरी पकाएको भात सधै काचै हुदोरहेछ खानु भन्दा सुगुरको चारो बन्ने रहेछ त्यो दिन पनि रु.५००को चामल ल्याएकी भन्दै के.जी. जती चामल देखाउदै थिईन्  

महिना अगाडि उनको घर कालो प्लाष्टिकले बारेको मात्र थियो ढोका थियो झ्याल सुरक्षितै थियो त्यो घर हावालाई छेक्थ्योत्यो घरले पानीलाई घामलाई नै  

आवास निर्माणका लागि अनुदान सहयोग मार्फत समुदायको ईकाइ समितिले टिनको घर निर्माण गरिदिए पछि भने उनको परिवार सुरक्षित रुपले बस्न पाएका  

अर्जुन (जेठ्ठि पट्टिको छोरो) खै ?

खोलामा गुहू गदै होला

चर्पी नभएकाले खोलालाई नै चर्पी बनाउदा रहेछन्  

छोराछोरी भए अबो के पाउने ?

 ˜˜˜….पाउने  

किन ?

क्या˜˜˜….गाहृो भयो जन्माउदा नाल चुट्टिएर बच्चाको साथी पेट भित्रै पस्यो झण्डै मरेको छोरालाई  ढुङ्गा माथी पाको नि ” 

असार गते राती बाटै बेथा लागेको गाँउलेले थाहा पाएछन् उनको मत्तु लोग्नेले दुखाई खप्न नसकि खोलाको डिलमा पुगेर चिच्याउदै रुदा पो छिमेकीले थाहा पाए छन् बच्चा जन्मियो ढुङ्गा माथी तर साल चुटिएर पेटमै रह्यो हतार हतार छिमेकीले छाता चौकको पुरानो हस्पिटल पु¥याए पछि उनको ज्यान बच्यो  

छोरो पाएकोमा भने निकै खुशि छिन्, सानु सम्पति खाने छोरो रे उनको  

स्थाई परिवार नियोजन गर्न मानेनछन्, उनको लोग्नेले उनलाई नै गर्न दिए जन्मेको बच्चालाई खोप पनि दिएका रहेनछन् पोषिलो खाना राम्रो हेरचाहा तैही पनि निस् फिक्रि छिन् उनी  

न्यून आयस्तर, मानशिक रुपले अस्वस्थ्य अवस्था अनि मत्तु लोग्नेको गैरजीम्मेवार साथ भोली कस्तो होला उनको ? सोच्दै फर्किए  

२०७१ फागुन १५ गते शुक्रबार  

Wednesday, February 4, 2015

Walking Dharan नौलो अभियान

“स्वस्थ्य पनि फिट, धरान सिटि हिट”
 Jलक्ष्मी राई 
         कहिले काहि योजनाका खाका हिड्दा हिड्दै बन्छन् । गफ गर्दा गदै पूर्ण आकार लिन्छन् । ती मध्ये केहि व्यवहारीक रुपमा सम्पन्न हुन्छन् । केहि तेस्सै हराउछन् । यस्तै गफिदै गर्दा बनेको योजना हो, “Walking Dharan” । धरानका सचेत युवाको चिया जमघटको दौरान बनेको यो योजना आज धरानको पर्यटन विकासका लागि सहयोगी बन्दै छ । व्यस्त शहरी जीवन शैली, खानपान र आरामपूर्ण कामका कारण शहरका मानिसहरुको स्वास्थ्य समस्या बुढौलीले नछुदै शुरु हुन्छ । मधुमेह, प्रेसर, मुटु रोग, माटोपन र यस्ले निम्त्याएका रोगहरु बालकदेखि वृद्ध सबैलाई तर्साउने हाउगुजी बनेका छन् । फिट र दुब्लो रहनु फेसन र स्वस्थ्यको दृष्टिकोणबाट पनि आजको आवश्यकता भएको छ । यसलाई समयको माग पनि भन्न सकिन्छ ।
       
         यही मागलाई नौलो र सृजनात्मक रुप दियो "Walking Dharan" अभियानले । स्वास्थ्य स्थितिलाई सन्तुलन राख्न विहान हिडेर धरानका विभिन्न पर्यटकिय क्षेत्रहरुमा पुग्ने र ति क्षेत्रको सामाजिक संजाल फेस बुक मार्फत प्रचार प्रसार गर्ने उद्देश्य रहेको छ । जस्ले स्वास्थ्य पनि फिट रहने र धरानका पर्यटकिय स्थलहरुको पनि प्रचार प्रसार भै पर्यटन विकासद्धारा आर्थिक विकास हुने काईदाको काम पनि गरेको छ । त्यसैले यसको नारा पनि “स्वस्थ्य पनि फिट, धरान सिटि हिट” भन्ने रहेको छ । 
     
        यो अभियानको एक सय दिन पार गरिरहदाँ धरानबासीहरुको साथ पाई रहदाँ प्रोत्साहित भएका छन्, अभियानकर्मी सन्दिप शाक्य, मानभगत चाम्लिङ्ग, प्रेमराज शाक्य, मणिराज अधिकारी, पर्वत श्रेष्ठ, सुभाषचन्द्र सिंह र रिना घले अनि अरुपनि धेरै । १० वर्ष देखि ६२ वर्ष उमेर समुहका सहभागीहरु विहानै ५ बजेदेखि निकै उत्साहपूर्वक सहभागीता रहने गरेको बताउनुहुन्छ, पे्रमराज शाक्य । यता आफ्नो युरिक एसिडको समस्याबाट मुक्त भएको र आफ्नो अनावश्यक मोटोपनमा कमि आएकोमा मख्ख देखिनुहुन्छ, अभियानकर्मी मध्येका एक मानभगत चाम्लिङ्ग । विहानै हिड्दा शरिर फुर्तिलो हुने हुदाँ आफु पनि सहभागी रहदै आएको बताउनुहुन्छ, कोपिला निरौला ।

        यो अभियान “धरानलाई पर्यटकिय क्षेत्रको रुपमा पनि अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउने अभियान हो । त्यसैले पनि यो नौलो र सन्देशमुुलक छ ।” भन्नुहुन्छ, पर्यटन विषयमा कलम चलाईरहनु भएका पत्रकार रिना घले । विहान हिड्दै पुगेका स्थानहरुको सामाजीक संजाल फेस बुक मार्फत प्रचार गरिहाल्नुहुन्छ, अभियान्ता सन्दिप शाक्य । जस्का लागि "Walking Dharan" फेस बुक पेज पनि बनेको छ । यसै फेसबुक पेजमार्फत देश विदेशका फेसबुक प्रयोगकर्तालाई धरानको पर्यटकिय स्थलको जानकारी गर्ने र गराउने काम भइरहेको छ । 
     
       आफ्नो छुट्टै धार्मिक, सास्कृतिक तथा प्राकृतिक पहिचान बोकेको धरान उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा राम्रो सम्भावना बोकेको छ । प्राकृतिक दृष्यावलोकन योग्य स्थल भएको सर्दु र सेउतीका झोलुङ्गे पुलहरु, विष्णुपादुका र पाँचकन्यालाई धरान जोड्ने पुलका रुपमा मात्र नभई सामाजीक, धार्मिक, आर्थिक र पर्यटनको हिसाबले फाइदाजनक रहेको छ । १ दिनमै हिडेर पुग्न र केहि समय रमाईलो गरी साँझ घर फर्कन सकिने “हाईकिंङ्ग” को राम्रो सम्भावना बोकेका स्लथहरु हुन्, शिवझट्टा, चिण्डे डाँडा, विष्णुपादुका, स्तुपा डाडाँ, आसो ध्यान केन्द्र र विभिन्न धार्मिक बनहरु । यसले आन्तरीक पर्यटनको सम्भावनालाई टेवा पु¥याएको छ । विजयपुर, पिण्डेश्वरी, दन्तकाली, पन्चकन्या, शनि, विश्वकर्मा मन्दिर, चर्च तथा मस्जिद जस्ता धामिर्क आस्था बोकेका पवित्र मन्दिरमा वर्षेनी सयौ तिर्थालुको आगमन हुने गर्दछ ।
     
        जातिय ऐतिहासीक तथ्य पुष्टी गर्ने विजयपुर बुद्धिकर्ण राजाको दरबार ईतिहास अध्ययनका लागि महत्वपूर्ण थलो हो, जो यही धरानमा पर्दछ । धरान भित्र रहेका यस्ता धेरै क्षेत्रहरुमा प्रत्येक शनिवार विहान सामुहिक रुपमा भेला भई हिड्दै पुग्ने कार्य भईरहेको छ । कहिले छाता चोक त कहिले भानु चोकमा भेला भई यो नौलो अभियानका लागि लम्किरहेका छन् धराने पाईलाहरु विगत २०७१ असोज २५ गते शनिबारबाट ।

        यसै क्रममा सहभागी युवाहरु धराने हुनुको सामाजिक उत्तरदायित्व पुरा गर्न लागि परेका देखिन्छन् । मन्दिर सरसफाई, वृक्षारोपण, यात्रीहरुको सुविधाका लागि जानकारी मुलक संकेत चिन्ह बाटो बाटोमा राख्ने जस्ता प्रशंसनिय कार्यहरु पनि भईरहेको छ । यसरी ख्याल ख्यालैमा बनेको योजना स्वास्थ्यमा मात्र नभई सामाजीक तथा पर्यटन विकासको लागि सहयोगी अभियानको रुप लिएको छ ।


(सन् २०१४ को धरान जेसिज "Action" Publication को मा प्रकाशित )

Monday, February 2, 2015

"पुरानो डायरी पल्टाउदा "

सुकुम्बासी हुन मन थिएन

J लक्ष्मी राई  
   भेरी अन्चल जाजरकोट जिल्ला फुपना गा.बि.स. १ का सार्की वर एक सक्रिय एमाले कार्यकर्ता  हुन् । २०५७ सालको गा.बि.स. चुनावमा दरखास्त दिएका मध्ये सबैले फिर्ता गरेछन् । तर उनले किन भ्याएनन ! माओवादीको उर्दी नमाने झैँ भयो  यहि कारण बन्यो उनको अपहरणको  २०५७ साल पुष १७ गते राती ११ बजे नेकपा माओवादी कार्यकर्ताले अपहरण गरी लगे 
  
   "खलङ्गा गा.बि.स. र छात्रा गा.बि.स. सिमानाको जंगलमा लगी पिटे   पिटाईको चोटले अचेत भएका उनलाई मर्यो भनि जंगल मै फालेर हिडे माओवादी कार्यकर्ताहरु  भोलि पल्ट घरेलुका कर्मचारीहरुले देखेपछि उनीहरु लगाएत गाँउले सबैले उद्धार गरेका हुन् मलाई ।"  सार्की वर बताउछन्  

   "लस्कर लाएर आउथे माओवादीहरु  कहिले खाना खुवाउनु पर्ने ।कहिले धानचामल सापटी भन्दै लग्थे । यसरी मेरो कति धान त मागी पैचो भन्दै खाँए  यती मात्र कहाँ हुनु   माओवादीले पर्चार घर्का भित्तामा लेख्न चाहान्थे   तर आर्मीले थाहा पाएफेरी हामीलाई कुटपिट गर्ने  त्यसैले पर्चा टाँस्न दिएनौ। निहु त त्यहि पनि थियो उनीहरुलाई ।" श्रीमती काली वर बताँउछिन् 

   उपचारको लागि नेपालगंज भेरी हस्पिटलमा ३ वर्ष उपचार गरेका सार्की वरको छातीका तीन वटा हड्डी नै फाल्नु पर्यो । हाल उनि शारीरिकरुपमा अशक्त छन् । ३ छोरी ३ छोराका बाबुसार्की वरको दुई श्रीमती छन् । यो घटना पछि मोओवादीहरु घरमा आई "..सौता ल्याएको त्यस्तो बुढालाई पनि माया गर्छौबुढी !" भन्दै हाँस्ने गरेको उनकी श्रीमती काली वर सुनाउछिन् ।

  "तिन चार दिनसम्म खाना दियौ   एउटैले चौध पन्ध्र वटा रोटी खान्थे  कसरी पुर्याउने ? ६ महिनासम्म १ छाक खाएर बस्यौ   आफ्नी ठुली छोरी १० मा पढ्दै थिई  यस्तो पढेको मान्छे घरमा बस्न हुन्न  हामीका नपठाईदिए यो बन्दुकको नालबाट मर्नु पर्ला  भन्दै धम्काउथे । मार्छ भन्ने डरले लुकी छिपी छोरीलाई जिल्ला सदरमुकाम पठाए ।  अहिले घर जाउ भने पनि भएका तिनी घर भत्कि सकेका छन्   गएर काम गरि खाने शारीरिक अवस्था पनि छैन   क्षतीपुर्तिको नाँउमा जाजरकोट जि.वि.स.ले उपचार खर्च १२०००/ र ८०००/ जि.प्र.का.ले दिए बाहेक केहि प्राप्त भएको छैन । जसो तसो यहाँ ऐलानी जग्गामा बस्तै गुजारा चलाएका छौ । गाँउमै खुसि बसेका थियौ । यहाँ यस्तरी सुकुम्बासी भएर बस्ने मन कहाँ छ र !" काली वर थप्छिन् 

  कोहलपुर एकता नगरमा सानो टहरामा बस्छन् सार्की वरको परिवार  हाल उनको एक सानो घुम्ती पसल छ कोहलपुरको चोकमा  तेहाँ श्रीमती बस्छिन   सार्की वर सानोतिनो सक्ने मजदुरी काम गर्दै अली अलि कमाउछन्   धन नभए पनि मन ठुलो छ उनको  समुदाय बिकास गर्न आफुले सक्दो गर्छन ।उनिअहिले स्थानीय सामुदायीक बिध्यालयका अध्यक्ष पनि छन्               


(मिती २०६६ सालमा सार्की वर परिवारसंगको कुराकानी)



"पुरानो डायरी पल्टाउदा "

J लक्ष्मी राई  
आशमा छन् बिस्थापित रेशम गिरीका परिवार


   ११ वर्ष भईसकेको छ । रेशम गिरी आफ्नो जन्मथलो सल्यान जिल्लाको कालागाँउबाट विस्थापित भएका । हाल उनि बाँके जिल्लाको रझेना गा. वि. स. ४ को शक्तिनगरमा बसोबास गर्दै आईरहेका छन् ।

   गाँउका सम्पन्न परिवार तथा नेपाली कांग्रेसका सत्रिय कार्यकर्ता भएकै कारणले २०५२ सालबाटै ने.क.पा. माओवादीका कार्यकर्ताले विभिन्न किसिमका राजनैतिक पूर्वाग्रह राखी धम्की दिदै आएका थिए । त्यस ताका मोओवादीको गतिबिधि बिशेष गरेर गाँउका जमिन्दार, शोषकी तथा कांग्रेसका कार्यकर्ता माथी केन्द्रित हुने गर्दथ्यो ।

    शुरु शुरुमा डर धम्की मात्र दिने गरेको । तर २०५४ साल असोज २४ गते माओवादीबाट रातो अक्षरमा लेखिएको चिठ्ठी सार्वजनिक ठाँउमा टाँसियो । जस्मा "रेशम तेरा कार्तिक ५ गते सफाई हुदैछ । मिठो मिठो खाएर बस् ।" भनि लेखिएको थियो । रेशम गिरी आफ्नो बिगतका त्रासदीपूर्ण समय सम्झदै बताउनु हुन्छ ।

     आफ्नो ज्यान बचाउना परे पछि उनि २०५४ असोज २५ गते घर बाट लुकीछिपी भागी बाँके जिल्लामा आएर आफन्तका लुकिछिपी बसे ।

     कुरा यतिमा पुगेन माओवादी पार्टीलाई । बि. सं. २०५५ कार्तिक ५ गते छोरो प्रकाश गिरीलाई अपहरण गरि लगे । ५ दिन पछि मार्ने योजना बनाएकै बेला इलाका प्रहरी कार्यालय सल्यानले उद्धार गर्यो । ३ महिनासम्म उपचार पछि छोरोको स्वस्थ्य स्थिती सामान्य भयो । घर पनि झन्डा गाडेर तालाबन्दी गर्यो । केहि दिन त आफन्त काहा बसेर गुजारा चल्यो परिवारको तर सधै आफन्त कहाँ काहाँ सकिन्थ्यो र बस्न ! २०५६ साल बैशाष १९ गतेका दिन सबै परिवार (१० जना) बसाइ सर्न बाध्य हुनु पर्यो । 

   हाल श्रीमानसंगै बसेकी उनकी श्रीमती भन्छिन । "घरमा झन्डा हलेपछि बाहिरै बस्यौ । बिचल्ली भनी साध्य भएन । हुक्क भएर छोरा छोरी लिई कन आयौ । जहाँ गए पनि मार्छन कि भन्ने डर ।"

     वनको जग्गा फडाँनी गरि सुकुम्बासीको रुपमा बस्न बाध्य यी परिवारका छोरा ४ वर्ष सम्म भारतमा श्रम गर्न बिदेशीय । हाल उनि नेपाल आर्मीमा काम गरिरहेका छन् । माइला छोरा पनि सरकारी सेवा क्षेत्रमै कर्मचारी छन् । शान्ति सम्झौता भए पछि राहत पाउने भनिएता पनि हाल सम्म कसैको सहयोग र सरकारबाट पनि क्षतिपूर्ति नपाएको बताउछन् ।

  
(मिती २०६६ सालमा रेशम गिरीसंगको परिवारसंगको कुराकानी ।)