हिजो जस्तै लाग्छ । विकासे कार्यकर्ताको झोला बोकी बाँकेको गरिब समुदायमा जनचेतनाको बाहक
बनि घर घर पुगेको । यस यात्रामा सामयले सातौ
वर्षको मध्य तिर पुर्याएको पत्तै भएन । यहि दौरानमा मध्ये पश्चिम
तथा पुर्वका गरिब वर्गको दैनिकीसंग साक्षात्कार हुने मौका मिल्यो । वार्गिय विभेद, जातीय बिभेद, लैंगिक विभेदको अवस्था अनी यिनै अवस्थका बिच मौलाइरहेका नयाँ पिढीका
अवस्थासंग अन्तरक्रिया गर्ने वातावरण मिल्यो । मिश्रित समाजबिच एकता कायम गरि बिकासमा सहभागी बनाउने काम आफैमा
महत्वपूर्ण तथा चुनौतिपूर्ण काम हो ।
बिकासका लागि गैर सरकारी
निकायको महत्वपूर्ण भूमिकालाई नकार्न मिल्दैन । २०४६ सालमा प्रजातन्त्रको
पुनर्बहालीपछि नेपालभर गैर सरकारी संस्थाहरु खोल्ने कामको बाढी नै आयो । हाजारौ संख्यामा खोलिएका सस्थाहरु मध्ये जिम्मेवार भई समाज बिकासमा तल्लिन
लागिरहेका कमै सस्थाहरु रहेका छन् नेपालमा । जसमध्ये लुमन्ति आवासको
लागि सहयोग समूहले आफुलाई जिम्मेवार सस्थाको रुपमा स्थापित गर्न सफल भएको छ । शहरी गरिब महिला तथा बिपन्न वर्गको बिकास जीवनस्तर सुधारका लागि
गरियसका कार्यक्रम तथा पैरवी सराहनीय रहेको छ ।
२० वर्षे कार्यकालमा
लुमन्तिका उपलब्धिहरुका प्रमाण बनेका छन्, लुमन्तिद्वारा प्रवर्तित २७ वटा महिला बचत तथा ऋण सहकारी, नेपाल महिला ईकता समाज, नेपाल बसोबास बस्ति
सम्रक्षण समाज, बाल बिकास युवा संजालहरु र परिवर्तित सफल कथाहरु । आफु ती सफल कथाहरुका साक्षी बनिरहदाँ
आनन्दको आनुभुती भैरहेको छ ।
यहि क्रममा कोहलपुर गा. बि.
स. बाँकेमा साँढे २ वर्ष बिताए । धरानमा दिगो विकासका लागि
सामाजिक तथा आर्थिक बिकास कार्यक्रमको अन्तिम चरणको कार्यभार पुरा गरेर हाल सोहि
स्थानमा "जनताको अग्वाईमा सामाजिक तथा आर्थिक रुपान्तरण कार्यक्रम" लाई
फिल्ड संयोजकको रुपमा निरन्तरता दिइरहेकी छु । कोहलपुर बाकेको साढे २ वर्ष तथा
धरान, सुनसरीको पहिलो डेढ वर्ष
गरी जम्मा४ वर्षलाइ एकै प्रकृती – सहभागितात्मक बिकाश बिधि (Participatory Development
Approach) तथा साढे २ वर्षयताका वर्षलाई अर्को प्रकृति- जनताको अग्वाइमा विकास
विधि (People led Development Approach) मा कार्यक्रमको सम्पादन तथा संचालनको अनुभव
संगालेकी छु ।
बिकासका लागि स्वयं सरोकारवाला समुदायहरुको अर्थपूर्ण जनसहभागिता, सकारात्मक सोच, योजना तथा निर्णयमा
स्वतन्त्रता र अग्वाई हुनुपर्दछ, तब मात्र समाज बिकास तथा २१ औ शताब्दीको सुहाउदो समाजको सृजनामा बल पुग्दछ । यस यथार्थलाई आत्मसाथ गरि गरिएका
कार्यक्रमहरु निकै प्रभावकारी भएका छन्, बिरगंज, कलैया,
रत्ननगर
तथा धरान नगरपालिकामा । यस विधि नेपालको सहरी क्षेत्रमा आपनाइयाको पहिलो विधि हो ।
नेपालमा मागे पाइन्छ भन्ने
धारणाको विकास गैरसरकारी सास्थाहरुको अनुदान दिने कार्यक्रमले स्थापित गरेको भन्दा
अतियुक्ति नहोला । यसले गर्दा धेरैलाई आशा गर्ने बानीको विकास भएको छ । जसकारण मानिसहरुमा बिकासको काम सरकारी निकाय तथा गैर सरकारी संस्थाको
मात्र काम हो, भन्ने छाप हटाउन गार्हो हुने गरि बसिसकेको छ । जसकारण आफुले सक्ने अपरिहार्य काममा पनि यस्ता निकायको मुख ताक्ने
प्रवृति अझै अस्तित्वमा रहिरहेको आवस्था हो । जनताको अगुवाइमा बिकास, ब्याप्त यहि सोचलाई बदलेर हामी सक्छौ भन्ने भावनालाई बिकास गर्दै समुदायलाई
बिकासमा अग्रसर बनाउन खोज्ने एक बिधि हो । सन् २०११ मे ३१ बाट केवल खाली हात खाली दिमाग कार्यक्रमका लागि
छनौटमा परेका १० गरिब समुदायहरुमा छिरेका थियौ मा संगै मेरा सहकर्मी साथीहरु धनु, प्रकाश, माया, बिशु, स्वेच्या, जित अनि नेपाल बसोबास बस्ति
समरक्षण समाजका नगर सचिव दाजु सुवास राइ ।
बिकासमा मानविय चाहना, आवश्यकता, सस्कृती, रितिरिवाज तथा समाजको
आवस्था र राज्यको सेवा सुबिधाको उपलब्धता के कस्तो रहेको छ, सो कुराले प्रभाव पर्दछ । यस कुराको जानकारी नहुदा कहिलेकाही पुरै कार्यक्रमका योजनाले
आवश्यकताको सम्बोधन गर्न सक्दैन रहेछ । ध्यान दिनु पर्ने कुरा शहरी क्षेत्रमा मिश्रित मानव चेतना, कला, भाषा, सस्कृति,रितिरिवाज हुने हुदाँ
समानता नहुदो रहेछ । तसर्थ यस्ता समाजको साझा
सवाल वा आवश्यकता के हुन्, सो पत्ता लगाउन जरुरि हुन्छ । त्यो भन्दा सम्बन्धित व्यक्तिलाइ साझा
आवश्यकता महसुस गराउन । जस्को लागि हामीलाई समुदायसंग नजिकिनु हाम्रो लागि जरुरी
थियो ।
व्यक्तिको घर भित्र पस्न जति सजिलो छ। मन मन भित्र पस्नु तेतीकै गाह्रो काम
हुदो रहेछ । त्यसका लागि हामी आनुभुती तहको परिचय तथा अन्तरक्रियाका लागि प्रतेक
घर घरमा छलफलका लागि पुग्यौ । अझ भनौ भान्सा भान्सामा पुग्यौ । उनीहरुसंगै पानी,
चिया, चिसो पियौ । उनीहरु गफिने क्रममा उनीहरुको कुरा बढी सुन्थौ । दिन दिनै गयौ तेही
आनुहर लिएर तर केवल कुरा मात्र गर्न । समुदाय वासी चकित पर्थे, हामी जहिले आएको देखेर ।
करिब २ महिना पछि हामि समुदायको खुल्दुली मेट्न हाम्रो कार्यक्रमका बारे उनीहरुलाई
जानकारी गरायौ । समुदायमा हामीसंग तपाइहरुलाई दिने केहि छैन । तर ।आँट गर्नुहुन्छ
भने साथ दिन आएका हौ भन्दा, "केहि नदिने सस्था चाहिदैन । हामी आफै गर्ने हो भने त किन चाहियो
संस्था ? के को लुमन्ति
घुमन्तिभगाउनु पर्छ । छिर्नै दिदैनौ त्यो लुमन्तिलाई", भनि समुदायको तर्फबाट
उपेक्षाबाट स्वागत मोलेको थियो ।तैपनि निरन्तर समुदायमा गईनै रह्यौ । एक जनासंग
मात्र भए पनि भेटेर,
कुरा
गरेर फर्किन्थौ । धैर्य भएर काम गर्न मलाई मेरा साथीहरुलाई यस कार्यक्रमले सिकाएको
छ । करिब ७ महिना पछिको अन्तिम प्रयासमा समुदायका मनिसहरुले हाम्रो कुरालाई गम्भीर
भएर सोच्ने र छलफल गर्न सहमति भए । छलफल भयो । अनि समुदायका बिकासका लागि
सामुदायीक चासो बढ्न थाल्यो। तेस दिन साथीहरुको मुहारबाट झल्केका कति ब्यक्त कति
ब्यक्त नभएका खुशीको भाव आझै ताजै छन् मसंग । विफल
प्रयासहरुमा पनि धैर्य हुदै सकारात्मक बन्न प्रोत्साहान गर्नु र आफै पनि सकारत्माक
हुनु कठिन भएको थियो । तर साथीहरुको साथ र कार्यक्रम व्यवस्थापक महेन्द्र सरको
सहयोग र प्रोत्साहानले कठिन अवस्थामा पनि प्रयास जारी नै रहे ।
बसेर बोल्यो भने कसैले
सुन्दैन
उठेर बोल्यो भने हायो वाले
उदाउछ !!!
धरान ८ स्थित खहरे गैरी तटबन्ध निर्माण गर्नु अघि |
यो समुदयमा ब्याप्त सोचको
उद्गार थियो, वडा नं. १९ खहरे गैरीमा
समुदायको आवश्यकता पहिचानका क्रममा ९० मिटर तटबन्ध निर्माण गर्नु पर्ने निष्कर्षमा
पुगेको त्यो क्षण । समस्या समाधानका उपाय
खोज्ने क्रममा । नगरपालिकामा निवेदन दिनु पर्छ भनि छलफल गररिरहदा कसैलाइ स्थानीय
निकाय धारण नगरपालिकाले सहयोग गर्छ भन्ने बिस्वास थिएन । तर सकारात्मक हुदै
समुदायलाई नगरपालिका जाने प्रक्रियाबारे बतायौ । चिठी लेख्न सिकायौ । हामी आफै पनि
नगरपालिका समुदायको आग्वाइमा गयौ । अन्तत ३/४ महिनाको प्रयासमा नगरपालिकाले ३३२०००
सहयोग गह्यो ।आज यो समुदाय बाढी बाट हुने जोखिमबाट सुरक्षीत छ । यो हामी लुमन्ति
अनि समुदायकै लागि पनि सिकाई अनि खुशीको कुरा बन्यो । अरुण टोल धरान ८ कि दिदि
दुर्गा मोहरा हर्षित हुदै "आजकाल त
नगरपालिका गएर मजाले कुरा गर्न सक्छौ । प्रशासनका गणेश प्रसाद खतिवडा सर पनि आजकाल त
आफ्नै जस्तो पो लाग्छ । लक्ष्मी मिस" भन्नु हुन्छ ।यसो भनेको सुन्दा मा उहाँ
भन्दा बढी खुशी हुन्छु ।
धरान ८ स्थित खहरे गैरी तटबन्ध निर्माण गर्नु पछि |
काम गर्ने क्रममा सिकेको
अर्को अनुभव स्थानीय समुदायको कला र क्षमताको सम्मान र प्रशंसा । हामीले समुदायको जीवनस्थर सुधारका लागि बिल्कुल नयाँकुराको विजारोपन
गरेनौ । बरु उनीहरुको सिप अनि सिकाइलाई आवलोकन, अनुभव आदान प्रदान गरि सिकाउने र सिक्ने माध्यम बनायौ । एकमा भएको
क्रियाकलाप अर्कोले बुझ्ने र बुझाउने पाठशाला बानायौ । यसबाट प्रोत्साहीत भै १०
ओटै समुदायमा दिदि बहिनीहरु एकजुट भै संगठित हुनु भयो । बचत समूहमा आबद्ध हुनु भयो
। हामीलाई समूह गठन गर्ने क्रममा निम्तो आयो समुदाय बाटै । समुदायका निष्कृय ईकाई समिति पुन: गठन भए । नभएकामा गठन भए । समुदायकै पहलमा खानेपानी
जडान भए, सामुदायीक भवन बने । बाटो
बने । सरसफाइका कार्यकम भए । यस क्रममा स्थानीय श्रोत साधनको
परिचालन भयो । मानव श्रोतको प्रयोग
समुदाय बिकासका लागि भए । स्थानीय निकाय नगरपालिका, जीवीसमा सम्बन्ध बिस्तार
गरे ।जहाँ जहाँ गए खाली हात फर्केनन् समुदाय बासीहरु । यो प्रयासले उनीहरु प्रोत्साहीत भएका छन् । अर्थपूर्ण सहभागीता यो मानेमा सफल हुदैछ । सहभागीताका लागि सहभागीता भन्दा पनि सहभागीको मतको
सम्मान गर्दै योजना तर्जुमा, निर्णय ट्या कार्वान्वयनमा जिम्मेवार बंफई अग्वाई गर्दैछन्, समुदायाबासीहरु । आत्मजागरण
यानी Realization गर्न सक्यौ कि केहि हद सम्म भन्ने लाग्छ, समुदाय परिवर्तनका कथाहरु हेरिरहदाँ अनि लेखिरहदाँ । हामी विकासे कार्यकर्ता Bottom to Top reach approach को कुरा गर्न जहिले रट लगाइरहेका हुन्छौ ।जस्को
कार्वान्वयन यहाँ घनिभूत तवरमा हुदैछ
व्यवहारिक रुपमा ।
यसो भनिरहदा यो विधि नै सहि
हो भन्ने मनसाय होइन मेरो । न मेरो अनुभवले नै यो
भन्न मन्जुरी दिन्छ । यो एक विधि मात्र हो यसमा अन्य धेरै कुराको आवश्यकता पर्दछ । सकारात्मक सोधखोज पद्दति र शैली यसको लागि
महत्वपूर्ण छुटाउनै नहुने कुरा हो । समुदायलाई सपना देखाउने, विश्वस्त हुने र त्यो सपना पुरा गर्न सिकाउने सही तुक यसमा छ । समुदायसंग बसी समुदायवासी नै भएर सहजीकरण गर्नु
पर्दछ सहजकर्ताले । समुदायालाई आत्म जागृत गरि
उनीहरुलाई जिम्मेवार बनाई आग्वाई गराउने कार्यले लामो समय लिने रैछ । हातारोमा सबै काम काहाँ
हुने रैछ र ! मेरो आधा कल्चो भईरहेको सात वर्षे विकासे कार्यकर्ताको अनुभवमा
अहिलेको काममा सन्तुष्ठ छु म आफै आफ्नो काम प्रति । पहिलो पटक १५ वटा निजि खानेपानी धारा जडान गर्दा हर्षित हुदै, नाच्दै, खुशी बाढने शान्ति टोलका
धरान १७ का सबै समुदाय वासीको अनुहारको हाँसोले मलाई अझ प्रोत्साहित गर्दछन् । भिम चाहार दाजु, राधिका बराइली दिदि, माला तामाङ्ग काकी, तिर्थमाया राई बजु, लक्ष्मन चाँपागाई दाजु, बबिता राई जस्तै अरु धेरै अग्वाहरु सबैका लागि प्रेरक हुन् । मेरा लागि पनि ।
धन्यवाद !
: लक्ष्मी राई
२०७० असार २९ गते
अनुभवका संगालोबाट
(यो धरानबाट प्रकाशन हुने औजार दैनिक मिति २०७० साउन २ गते तथा लुमन्ति सस्थाको स्मारिकामा प्रकाशित भैसकेको छ ।)