Thursday, January 21, 2016

किन महिलाहरु नै महिला-हिंसाका प्रवक्ता हुन्छन् ?

किन महिलाहरु नै महिला-हिंसाका प्रवक्ता हुन्छन् ?


यही २०७२ सालकै कुरो हो । मेरी साथी बच्चा जन्माउन बिपी कोइराला अस्पताल भर्ना भएकी रहेछ । ऊ भर्ना भएको खबर सुन्ने बित्तिकै विस्तारै आफन्तहरु जम्मा भए । अफिसको काम सकेर म पनि त्यहाँ पुगें । म त्यो रात कुरुवा बस्ने भएँ । रात निकै छिप्पिसके पनि आफन्त आउने क्रम बाक्लै भयो । त्यति बेलासम्म साथीलाई व्यथा नै लागेको थिएन ।
सबै चिन्तित थिए, तर चिन्ताको विषय भने अलि भिन्न खालको थियो । औंसी तिथि नजिकिँदै थियो । धेरैजसोको मुखबाट सुनियो, ‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
म तीनछक्क परें । यस्ता कुरा गर्ने सबै महिला नै थिए ।
‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
यी कुराले साथी पनि झन चिन्तित देखिन्थी । मुखले भन्न सकिरहेकी थिइन, तर पनि उसको अनुहारको भाव हेर्दा डर मिसिएको देखिन्थ्यो । तर यी कुराले आफूलाई खासै प्रभाव नपारेको देखाउने प्रयास भने सक्दो मात्रामा गर्दै थिई ऊ । त्यति वेला उसको निकै असहज अवस्था देखेर ममा माया जागेर आएको थियो । अनि कहीँ नभएको रिस ती महिलाहरुसँग उठिरहेको थियो ।
त्यहाँ उनीहरुको कुराको विरोध गर्ने अवस्थै थिएन । चुपचाप हस्पिटल परिसर वरपर कुरुवाहरु नियाल्दै हिँड्न थालें ।
परिसरमा अर्को भेला पनि हुँदै रै’छ । कुरुवा टोलीमा एक पुरुष श्रीमान् र श्रीमतिको परिभाषा लाउँदै थियो, “श्रीमान् भनेको शीर हो, श्रीमति भनेको पैतालाको धुलो । श्रीमान्ले भन्या नमानेर हुन्छ ? भन्नुस् त ?”
यसरी तेर्स्याइएको प्रश्न भुइँमा झर्न नपाउँदै उपस्थित एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
उक्त महिलाको स्वीकारोक्ति महिलाकै विरुद्ध थियो । आफूलाई पैतालाको धुलो कसरी सजिलै मान्न तयार भएकी उक्त महिला ?
“महिला नै महिलालाई हिंसा गर्दछन्” भन्ने कुरा धेरै सुनिन्छ । हिंसा पुरुषले मात्र हैन, महिलाबाटै भएका प्रशस्तै घटना पनि छन् । दाइजो नल्याएको नाममा होस् या छोरा नजन्माएको निहुँमा, उत्पीडन पुरुषसँगै महिला स्वयम् पनि सामेल भएका छन् ।
त्यो रात देखेका यी दुई घटनाले महिला र पुरुष दुवैमा पितृसत्तात्मक सोच निकै मजबुत रहेको महसुस गराए । हाम्रोजस्तो पुरुषप्रधान देश र समाजका अधिकांश घरमा पुरुषकै निर्णय सर्वमान्य छ । शासनसत्ता संचालनमा पुरुष नै छन् । नीतिनिर्माण तहमा पुरुषकै संख्या हावी छ । राज्य, सरकार र घरको सत्तामा महिलाको पहुँच र उपस्थिति निकै कम छ । यस्तो अवस्थामा महिलाको निर्णायक भूमिका नहुनु अनौठो हैन । यस्तै सामाजिक संरचनालाई पितृसत्तात्मक संरचना भनिन्छ ।
एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
पितृसत्ता त्यस्तो सामाजिक संरचना हो जहाँ पुरुषद्वारा परिवार, समाज तथा राज्यको संचालन हुन्छ । पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै । अनि महिला पुरुष दुवैबाट पितृसत्तात्मक सोचको मलजल भएको छ यहाँ । परिणामस्वरुप एक जमात महिलाहरु पुरुषलाई मात्र महत्व दिन्छन् र महिलाको भूमिका गौण देख्दछन् ।
सामाजिक विकास कार्यकर्ताको रुपमा समुदाय समुदाय जाने क्रममा यस्ता धेरै घटनासँग साक्षात्कार गर्ने मौका पाएकी छु । २०७२ जेठ २५ गते धरान उपमहानगरपालिका–१७ मा सामूहिक बालिका बलात्कारको घटना भएको थियो । बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
यो घटनामा पनि पीडित बालिकाको पीडालाई महिला पुरुष दुवैको जमातले बेवास्ता गरेको देखियो । यस्तो प्रकृतिका घटनाले पनि पुरुषलाई प्रधानता दिने चिन्तन हामी महिला पुरुष दुवैमा रहेको प्रस्टाउँदछन् । बचाउका यस्ता कदमले पुरुषमा हिंसात्मक मनोबल बढाउन सहयोगी बन्दछन् भने पुरुष मात्र नभई महिला पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला–हिंसाका हिस्सेदार बन्दछन् ।
बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
लैङ्गिक विभेदमा शिक्षा सचेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पुरुषप्रधान समाज वा पितृसत्तात्मक सामाजिक संरचना पनि शिक्षाकै कमीका कारण फैलिएको हो । त्यसो त पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने काममा पुरुषहरु मात्रै भएका कारण पुरुषप्रधान शिक्षा हावी भएको पनि देखिन्छ । अर्कोतर्फ, प्रमुख समस्याका रुपमा पहिलेदेखि महिलालाई पढ्न वर्जित गर्ने सामाजिक मान्यताका कारण पनि महिलाहरुको शैक्षिक स्तर विकास भएन । के सही, के गलत भन्ने विश्लेषण गर्न असमर्थ रहे महिलाहरु ।
यसै क्रममा महिलाहरुले श्रीमान्लाई जीवनसाथीका रुपमा भन्दा पनि स्वामीको रुपमा स्वीकार्दै आए । उनीहरु चुलोचौको र खेतबारीमा मात्र सीमित भए । छोराछोरी जन्माउने र हुर्काउने काम महिलाको हो, बाह्य काम तथा आर्थिक उपार्जनका लागि गरिने कार्य महिलाको होइन भन्ने धारणा सबैमा थोपरियो । यस मान्यतालाई महिलाहरुले पनि सहज रुपमा स्वीकार्न बाध्य बनाइयो ।
परापूर्वकालदेखि सबैले मान्दै आएका यस्ता मान्यतालाई परिर्वतन गर्नुभन्दा चुपचाप अनुसरण गर्नु सजिलो हुन्छ । तसर्थ पनि त्यस्ता मान्यतालाई सबै महिलाले सहज रुपमा आत्मसात गरे । र, पीडितहरु नै पितृसत्तात्मक सोचको बाहक र क्रियान्वयनकर्ता पनि बने ।
नेपाली समाज विकासमा विगत दशकमा महिला सशक्तीकरण उपलब्धिमूलक रहेको समाजशास्त्री चैतन्य मिश्रको समीक्षा सुनिएको छ । महिला सक्रियताका कारण सामुदायिक विकास भएको, आर्थिक पहुँच वृद्धि भई जीवनस्तरमा सुधार भएको अवस्थाबारे थोरबहुत रुपमा म आफै पनि साक्षी रहेको छु । महिला–हिंसा घट्नुमा महिला सशक्तीकरणको राम्रै प्रभाव रहेको समीक्षकहरु बताउँछन् । तथापि, अझै पनि पुरुषलाई प्रधान सझिने सोचमा पूर्ण रुपमा परिर्वतन गर्न सकिएको छैन ।
पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै ।
यस्ता समस्या तबसम्म जीवित रहन्छन्, जबसम्म पितृसत्तात्मक सोच र संरचना रहन्छन् । तबसम्म महिला पुरुष समविकास र लैङ्गिक समानताका लक्ष्य केवल कागजमा मात्रै बलियो देखिन्छन्, जबसम्म महिला पुरुष दुवैले एक अर्काका क्षमतालाई सम्मान गर्दैनन् ।
यस मानेमा महिलाका विषयमा महिलासँगै पुरुषलाई पनि सचेत गराउन सरोकारवाला निकायहरु पनि चुकेका छन्न । एकातिर केही पुरुषहरु महिला अधिकारका कुरा सुन्नै चाहँदैनन् । अर्कोतिर, पुरुषले गरेका हिंसाको मात्रै चर्चा भइरहेको छ । यस्तो अवस्थामा पुरुषप्रति महिला आक्रोश स्वाभाविक रुपमा बढेका छन् ।
हामी महिला पुरुष दुवै एकअर्काप्रति अन्तरनिभर छौं । यही वास्तविकतालाई मनन गरी सहकार्य र सहमतिको वातावरणको सृजना गर्नु आवश्यक छ । यसमा योगदान पुर्‍याउनमा सरोकारवाला निकायको भूमिका जरुरी देखिन्छ । समाजका प्रत्येक व्यक्तिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ नै ।
साथै, महिलाको निर्णायक भूमिकालाई अवसर प्रदान गर्नुपर्दछ भने महिलाहरुका अधिकार, क्षमता र सीपको विकास गरी आर्थिक पहुँच वृद्धि गर्नु अपरिहार्य छ ।
धरान ।
( esamata.com  मा प्रकाशित मेरो लेख ) 

Monday, August 17, 2015

रातमाटे गाउमा पुस्तकालय स्थापनाका लागि पहिलो कदम (फोटो फिचर)

 ग्रामिण क्षेत्रका बालबालिका तथा युवाहरुको ज्ञानको दायरालाई पुस्तक मार्फत फराकिलो बनाउने उदेश्यले मिति २०७२ श्रावण १८ मा ओखलढुंगा तिर लम्किएका कदमहरुलाई धेरै शुभेच्छुक साथी तथा सहयोगी हातहरुको साथले यस कार्यको शुभारम्भ सहज भएको छ   




ओखलढुंगा जिल्लाको रातमाटे गाविस स्थित नवलपुर तथा रातमाटेमा रहेको श्री सिंह देवी नि.मा.विधयालय र चेतन प्राथमिक  बिध्यालयको नेतृत्वमा स्थानीय गाउका  करिव १७५ घरघुरिका युवा तथा बालबालिकालाई लक्षित गरि पुस्तकालयको स्थापना गरिएको छ      





 मिति २०७२ श्रावण २० र २१ गते लक्ष्मी राईको सहजीकरणमा नेतृत्व बिकास तथा पुस्तकालय व्यवस्थापन तालिम संचालन गरि स्थानीय युवा, विध्यालयका शिक्षक तथा बिध्यालय व्यवस्थापन समिति सदस्यहरुलाई तालिम प्रदान गरिएको थियो    साथै कविता राईबाट बाल अध्ययन केन्द्र संचालन बिधि र यसका उपादेइता बारे सहजीकरण भएको थियो    







बालबालिकाको क्षेत्रमा कार्यरत  सिविन नेपालको सहयोगमा भूकम्पबाट  प्रभावित यी गाउहरुमा मिति २०७२ श्रावन २० र २३ गते क्रमश नवलपुर र रातमाटे गाउमा पुस्तकालय सामाग्री, बिध्यालय सामग्री, बिध्यार्थीहरुलाई कपि कलम तथा झुल वितरण गरिएको थियो  । साथै यी दुवै गाउमा पुस्कालयको औपचारिक उद्घाटन गरिएको थियो    




पुस्तकालय संचालनार्थ श्री सिंह देवी निम्न माध्यामिक बिद्यालयमा र  श्री चेतन प्राथमिक बिध्यालयमा ५ सदस्यिय पुस्तकालय ब्यवस्थापन समिति र ५ सदस्यिय पुस्तकालय अनुगमन समितिको चयन भएको छ  । 

श्री सिंह देवी  पुस्तकालय व्यवस्थापन समिति 
श्री सिंह देवी पुस्तकालय अनुगमन समिति 


बालबालिकालाई मनोपरामर्ष गर्दै अध्ययन गराउने तथा अतिरिक्त क्रियाकलाप मार्फत बौद्धिक बिकास गर्ने उदेश्यले बाल अध्ययन केन्द्र पनि स्थापना गरिएको छ    ३ महिना सम्म संचालन हुने यो केन्द्र सम्भव त यस क्षेत्रको पहिले बाल अध्ययन केन्द्र रहेको स्थानीय शिक्षकहरु बताउनुहुन्छ   


Add caption
बालबालिकाहरुलाई PFA तालिम प्रदान पछि 


पुस्तकालय तथा बाल अध्ययन केन्द्र स्थापना तथा योजना तर्जुमा गोष्ठी 
पुस्तकालय संचालन तथा पुस्तक वृद्धिका लागि दुवै गाउले आफ्नो गाउमा आउने सबै आगन्तुकहरुलाई पुस्तक कोशेली ल्याई सहयोग गर्न अनुरोध गर्ने अभियानमा संचालन गर्ने भएका छन्    सोका लागि नवलपुरबासीले पुस्तक वृद्धिका लागि "हाम्रो पुस्तकालयको आह्वान कोशेली चिनो एक पुस्तक प्रदान" नारा शुरु गर्ने भएका छन्    तेस्तै गरि रातमाटे बासीहरु "ज्ञानको रातमाटे गाउ श्री चेतन पुस्तकालयलाई एक पुस्तक कोशेली ल्याउ" नाराका साथ जुटेका छन्    






 व्यक्तिगत पहलमा शुरु गरिएको यस् कार्यलाई सरोकारवाला सस्थाहरु र सहयोगी मनहरुको साथ र सहयोगले अगाडी बढ्न प्रोत्साहन मिलेको छ  यस अभियानमा शैक्षिक सामग्री सहयोग सिविन नेपालले गरेको थियो   पुस्तकका सहयोगमा नेपालका साहित्य क्षेत्रमा योगदान गरिरहेका साहित्तिक स्रस्टाहरु ब्याकुल माइला, पूर्वका युवा कवि हेमन यात्री, सुदीप पाख्रिन, गीतकार टिका चाम्लिंग, नाटककार प्रविण पुमा, डा. भक्त बहादुर राई, सुरेश सुमन डाँगी रहनु भएको छ    सामाजिक बिकासमा बिगत लामो समयबाट लागिरहेकी समिता केसीबाट पनि पुस्तक सहयोग प्राप्त भएको थियो    
  




श्री चेतन पुस्तकालय अनुगमन  समिति 

श्री चेतन पुस्तकालय व्यवस्थापन समिति 




सहयोगी हात र साथ प्रति आभारी लक्ष्मी राई र कविता राई । 
मिति ; २०७२ श्रावन ३२ गते 

Saturday, June 13, 2015

सिर्जनसिल बासीले सम्पन्न गरे सार्वजनिक लेखा परिक्षण

                                     


मिति २०७२ जेष्ठ ३० गते धरान १५ स्थित सिर्जनसिल बस्तिबासिहरुले खानीपानीको रिजर्भ ट्यांकी उद्घाटन तथा

सार्वजनिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेका छन्  नेपाल बसोबास बस्ति समंक्षण समाजका सिर्जनसिल इकाई समितिको आयोजनामा सम्पन्न उत्त कार्यक्रम नेपाल बसोबास बस्ति समंक्षण समाजका पूर्वान्चलका संयोजक कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  

  

कार्यक्रममा खानीपानी रिजर्भ ट्यांकी निर्माणको आम्दानी तथा लागत खर्च स्थानीयको उपस्थितिमा सार्वजनिक गरि खर्च अनुमोदन गर्नुका साथै उद्घाटन गरिएको थियो  आवास परियोजना व्यवस्थापन समिति सहयोग र समुदायको जनसहभागिता सम्पन्न सो परियोजनाका लागि लुमन्तिको आर्थिक सहयोग गरेको थियो 







उत् कार्यक्रममा नेपाल महिला एकता समाजकी सिता मगर लुमन्तिकी फिल्ड संयोजक लक्ष्मी राई लगायत नेपाल बसोबास बस्ति समंक्षण समाजका आइतहांग लिम्बु, थाम्सेर लिम्बु र युवा संजालका जित बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो 

Thursday, March 12, 2015

"सिज्ड भएका सपना"



Jलक्ष्मी राई  

“उडायो सपना सवै युनीटीले” २०६७÷६८ साल तिर नेपालमा निकै चलेको वाक्यासं । कहिले काहि साथीको ढिपीवाला अनुरोधले ढुबाउदो रहेछ, नाई भन्न नसक्दा । ५ वर्ष पछि दोब्बर हुने, सजिलै र छिटै धेरै कमाई हुने काईदाको व्यवसाय भनेर मैले पनि रोवियस इन्टरन्यासनल कम्पनीमा रु. ५०००÷ र युनिटिमा रु.१५०००÷ चढाए । 

पैसा बुझाएकै भोली पल्ट ठगिको आरोपमा नेपाल सरकारले युनिटिको कार्यालय सिल ग¥यो । कम्पनीका संचालकहरु फरार भए संगै एजेन्टहरु पनि वेपत्ता भए । लगानी गर्ने सवैको पैसाको अत्तोपत्तो भएन । 

पछि रोवियस इन्टरन्यासनल कम्पनीको हाल पनि तेस्तै भयो । यसमा लाग्ने धेरै एजेन्टहरुको वेहाल भयो । धेरैको पारिवारीक सम्बन्धमा अमिलीयो ।

झण्डै ३ वर्ष पछि भेट भयो, छोरा खेलाउदै । उहि एजेन्ट साथी, शेखर । दुब्लायछ, कस्तो ख्याउटे देखिएको । गाला भरी दारी, झ्याप्प कपाल, कान्ती हराएको अनुहार अध्यारो । 

सधै टाइसुट बुटमा स्मार्ट भई झुल्कने साथीको यो हालत देख्दा माया लागेर आयो ।  

शेखर ! भाटा पो भएछौ । उषाले खाना दिन्न हो ?

खाएको लागे पो ।

विरामी छौ हो ?

मनै विरामी भए पछि । 

के भन्छ यो बाहुन ?

जीन्दगी नै ढुव्न आटिसक्यो यहाँ । जागीरसँगै ।  

के भयो र भन न मलाई ? 

उषा डिभोर्स माग्दैछे मसँग ।  

प्रेमको मामिलामा म सर्पोटिभ भन्दा फरक नपर्ला । मिलेसम्म परिवारको सहमतीमा जोड दिनु पर्छ । हुदै नभए टाप पनि ठोकिदिनु पर्छ । “जब मिया विवि हो राजी,  तो क्या करेगा पाजी” ।

उषाको थर नमिल्ने । शेखर बाहुन । उषा मगर । ५वर्ष देखिको प्रेम सम्बन्धलाई घरबाट  स्वीकृती नमिले पछि दोधारमा परेका उनीहरुलाई मेरो प्रोत्साहनले पनि भागी विवहा गर्न हिम्मत दिएको थियो । पछि त बुहारी भित्राउन करै लाग्यो शेखरको परिवारलाई ।  

कहिले काहि फोनमा कुरा हुदाँ अन्र्तजातिय विवाहका कारण पनि सधै खटपट भईरने कुरा त उषाले पनि सुनाउथी ।

५ वर्षे छोराको आईसक्रिम लागेको गाला पुसिदिदै निरासिएको बाबु शेखरले उषाले डिभोर्स मागेकी कुरा सुनाउदा म छक्क परे । 

ठुलो घरको धेरै कोठाहरुमा जीवन विताउने रहर काठमाण्डौकोे भाडाको एक कोठामा साधुरिदा निसासिएकी रहिछ, उषा । फाइनान्समा कार लिएको थियो, शेखरले । कारमा गुड्ने सपना पनि युनिटिसँगै सिज्ड भएछ । 

आम्दानीका बाटाहरु यसरी सिज्ड हुदै गर्दा उषाको यस्तो प्रस्तावले विरत्तिएको शेखरलाई देख्दा लाग्यो आवश्यताका ठुला ठुला स्वरुपहरु थाम्नै नसकेका धेरै सम्बन्ध टुक्रिएका होलान् । धेरै लतारीदै होलान् । 



मिति २०७१ फागुन २४ गते