यही २०७२ सालकै कुरो हो । मेरी साथी बच्चा जन्माउन बिपी कोइराला अस्पताल भर्ना भएकी रहेछ । ऊ भर्ना भएको खबर सुन्ने बित्तिकै विस्तारै आफन्तहरु जम्मा भए । अफिसको काम सकेर म पनि त्यहाँ पुगें । म त्यो रात कुरुवा बस्ने भएँ । रात निकै छिप्पिसके पनि आफन्त आउने क्रम बाक्लै भयो । त्यति बेलासम्म साथीलाई व्यथा नै लागेको थिएन ।
सबै चिन्तित थिए, तर चिन्ताको विषय भने अलि भिन्न खालको थियो । औंसी तिथि नजिकिँदै थियो । धेरैजसोको मुखबाट सुनियो, ‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
म तीनछक्क परें । यस्ता कुरा गर्ने सबै महिला नै थिए ।
‘औंसीमा जन्मेको नानी मुल्याहा हुन्छ रे ! छोरा जन्मे त ठीकै छ । ग्रहदशा शान्ति गरौंला, भइहाल्छ । तर छोरी जन्मियो भने के गर्नु ? बर्बादै हुन्छ ।’
यी कुराले साथी पनि झन चिन्तित देखिन्थी । मुखले भन्न सकिरहेकी थिइन, तर पनि उसको अनुहारको भाव हेर्दा डर मिसिएको देखिन्थ्यो । तर यी कुराले आफूलाई खासै प्रभाव नपारेको देखाउने प्रयास भने सक्दो मात्रामा गर्दै थिई ऊ । त्यति वेला उसको निकै असहज अवस्था देखेर ममा माया जागेर आएको थियो । अनि कहीँ नभएको रिस ती महिलाहरुसँग उठिरहेको थियो ।
त्यहाँ उनीहरुको कुराको विरोध गर्ने अवस्थै थिएन । चुपचाप हस्पिटल परिसर वरपर कुरुवाहरु नियाल्दै हिँड्न थालें ।
त्यहाँ उनीहरुको कुराको विरोध गर्ने अवस्थै थिएन । चुपचाप हस्पिटल परिसर वरपर कुरुवाहरु नियाल्दै हिँड्न थालें ।
परिसरमा अर्को भेला पनि हुँदै रै’छ । कुरुवा टोलीमा एक पुरुष श्रीमान् र श्रीमतिको परिभाषा लाउँदै थियो, “श्रीमान् भनेको शीर हो, श्रीमति भनेको पैतालाको धुलो । श्रीमान्ले भन्या नमानेर हुन्छ ? भन्नुस् त ?”
यसरी तेर्स्याइएको प्रश्न भुइँमा झर्न नपाउँदै उपस्थित एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
उक्त महिलाको स्वीकारोक्ति महिलाकै विरुद्ध थियो । आफूलाई पैतालाको धुलो कसरी सजिलै मान्न तयार भएकी उक्त महिला ?
“महिला नै महिलालाई हिंसा गर्दछन्” भन्ने कुरा धेरै सुनिन्छ । हिंसा पुरुषले मात्र हैन, महिलाबाटै भएका प्रशस्तै घटना पनि छन् । दाइजो नल्याएको नाममा होस् या छोरा नजन्माएको निहुँमा, उत्पीडन पुरुषसँगै महिला स्वयम् पनि सामेल भएका छन् ।
त्यो रात देखेका यी दुई घटनाले महिला र पुरुष दुवैमा पितृसत्तात्मक सोच निकै मजबुत रहेको महसुस गराए । हाम्रोजस्तो पुरुषप्रधान देश र समाजका अधिकांश घरमा पुरुषकै निर्णय सर्वमान्य छ । शासनसत्ता संचालनमा पुरुष नै छन् । नीतिनिर्माण तहमा पुरुषकै संख्या हावी छ । राज्य, सरकार र घरको सत्तामा महिलाको पहुँच र उपस्थिति निकै कम छ । यस्तो अवस्थामा महिलाको निर्णायक भूमिका नहुनु अनौठो हैन । यस्तै सामाजिक संरचनालाई पितृसत्तात्मक संरचना भनिन्छ ।
एक कुरुवा महिलाले उसको कुरामा सही थाप्दै उत्तर दिई, “मुनासिब भन्नुभो बाबुले । आजकालका महिलाहरु महिला अधिकार रे, के के रे भन्दै जुलुस गर्छन् । छुई सक्नु भा’छैन ।”
पितृसत्ता त्यस्तो सामाजिक संरचना हो जहाँ पुरुषद्वारा परिवार, समाज तथा राज्यको संचालन हुन्छ । पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै । अनि महिला पुरुष दुवैबाट पितृसत्तात्मक सोचको मलजल भएको छ यहाँ । परिणामस्वरुप एक जमात महिलाहरु पुरुषलाई मात्र महत्व दिन्छन् र महिलाको भूमिका गौण देख्दछन् ।
सामाजिक विकास कार्यकर्ताको रुपमा समुदाय समुदाय जाने क्रममा यस्ता धेरै घटनासँग साक्षात्कार गर्ने मौका पाएकी छु । २०७२ जेठ २५ गते धरान उपमहानगरपालिका–१७ मा सामूहिक बालिका बलात्कारको घटना भएको थियो । बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
यो घटनामा पनि पीडित बालिकाको पीडालाई महिला पुरुष दुवैको जमातले बेवास्ता गरेको देखियो । यस्तो प्रकृतिका घटनाले पनि पुरुषलाई प्रधानता दिने चिन्तन हामी महिला पुरुष दुवैमा रहेको प्रस्टाउँदछन् । बचाउका यस्ता कदमले पुरुषमा हिंसात्मक मनोबल बढाउन सहयोगी बन्दछन् भने पुरुष मात्र नभई महिला पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिला–हिंसाका हिस्सेदार बन्दछन् ।
बलात्कारमा संलग्न भएका ७ जना केटालाई जेल चलान गरियो । तर त्यस मुद्दामा महिलाहरु नै पीडकहरुको बचाउका लागि सक्रिय भएको पाएँ । उनीहरुले मुद्दालाई कमजोर बनाउन ती बलात्कृत बालिकाको चरित्रमाथि उल्टै दोष लगाए ।
लैङ्गिक विभेदमा शिक्षा सचेतनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । पुरुषप्रधान समाज वा पितृसत्तात्मक सामाजिक संरचना पनि शिक्षाकै कमीका कारण फैलिएको हो । त्यसो त पाठ्यक्रम र पाठ्यपुस्तक बनाउने काममा पुरुषहरु मात्रै भएका कारण पुरुषप्रधान शिक्षा हावी भएको पनि देखिन्छ । अर्कोतर्फ, प्रमुख समस्याका रुपमा पहिलेदेखि महिलालाई पढ्न वर्जित गर्ने सामाजिक मान्यताका कारण पनि महिलाहरुको शैक्षिक स्तर विकास भएन । के सही, के गलत भन्ने विश्लेषण गर्न असमर्थ रहे महिलाहरु ।
यसै क्रममा महिलाहरुले श्रीमान्लाई जीवनसाथीका रुपमा भन्दा पनि स्वामीको रुपमा स्वीकार्दै आए । उनीहरु चुलोचौको र खेतबारीमा मात्र सीमित भए । छोराछोरी जन्माउने र हुर्काउने काम महिलाको हो, बाह्य काम तथा आर्थिक उपार्जनका लागि गरिने कार्य महिलाको होइन भन्ने धारणा सबैमा थोपरियो । यस मान्यतालाई महिलाहरुले पनि सहज रुपमा स्वीकार्न बाध्य बनाइयो ।
परापूर्वकालदेखि सबैले मान्दै आएका यस्ता मान्यतालाई परिर्वतन गर्नुभन्दा चुपचाप अनुसरण गर्नु सजिलो हुन्छ । तसर्थ पनि त्यस्ता मान्यतालाई सबै महिलाले सहज रुपमा आत्मसात गरे । र, पीडितहरु नै पितृसत्तात्मक सोचको बाहक र क्रियान्वयनकर्ता पनि बने ।
नेपाली समाज विकासमा विगत दशकमा महिला सशक्तीकरण उपलब्धिमूलक रहेको समाजशास्त्री चैतन्य मिश्रको समीक्षा सुनिएको छ । महिला सक्रियताका कारण सामुदायिक विकास भएको, आर्थिक पहुँच वृद्धि भई जीवनस्तरमा सुधार भएको अवस्थाबारे थोरबहुत रुपमा म आफै पनि साक्षी रहेको छु । महिला–हिंसा घट्नुमा महिला सशक्तीकरणको राम्रै प्रभाव रहेको समीक्षकहरु बताउँछन् । तथापि, अझै पनि पुरुषलाई प्रधान सझिने सोचमा पूर्ण रुपमा परिर्वतन गर्न सकिएको छैन ।
पितृसत्तात्मक संरचनाकै उपज हो पितृसत्तात्मक सोच, जुन सबै पुरुष महिलामा बलियो रुपमा गडेको छ । व्यक्ति जस्तो वातावरणमा हुर्कन्छ, त्यसै अनुकूल मानसिक र व्यावहारिक रुपमा विकसित हुन्छ । वास्तवमा आफूलाई धुलो सम्झिने महिलाहरु पनि पितृसत्तात्मक सोचमै हुर्केका छन्, पुरुषजस्तै ।
यस्ता समस्या तबसम्म जीवित रहन्छन्, जबसम्म पितृसत्तात्मक सोच र संरचना रहन्छन् । तबसम्म महिला पुरुष समविकास र लैङ्गिक समानताका लक्ष्य केवल कागजमा मात्रै बलियो देखिन्छन्, जबसम्म महिला पुरुष दुवैले एक अर्काका क्षमतालाई सम्मान गर्दैनन् ।
यस मानेमा महिलाका विषयमा महिलासँगै पुरुषलाई पनि सचेत गराउन सरोकारवाला निकायहरु पनि चुकेका छन्न । एकातिर केही पुरुषहरु महिला अधिकारका कुरा सुन्नै चाहँदैनन् । अर्कोतिर, पुरुषले गरेका हिंसाको मात्रै चर्चा भइरहेको छ । यस्तो अवस्थामा पुरुषप्रति महिला आक्रोश स्वाभाविक रुपमा बढेका छन् ।
हामी महिला पुरुष दुवै एकअर्काप्रति अन्तरनिभर छौं । यही वास्तविकतालाई मनन गरी सहकार्य र सहमतिको वातावरणको सृजना गर्नु आवश्यक छ । यसमा योगदान पुर्याउनमा सरोकारवाला निकायको भूमिका जरुरी देखिन्छ । समाजका प्रत्येक व्यक्तिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ नै ।
साथै, महिलाको निर्णायक भूमिकालाई अवसर प्रदान गर्नुपर्दछ भने महिलाहरुका अधिकार, क्षमता र सीपको विकास गरी आर्थिक पहुँच वृद्धि गर्नु अपरिहार्य छ ।
धरान ।
( esamata.com मा प्रकाशित मेरो लेख )