Wednesday, July 23, 2014

“राम्रो कुराको सिको गर्दै महिलाहरु”

लक्ष्मी राई
 २०७१ श्रवण ६ गते

Retaining wall बने पछि  फोकल्याण्ड बस्ति 
         “ह्देन्द्र टोलका महिला दिदि बहिनीहरुले बचतबाट गरेको परिर्वतन देखेर हाम्लाई पनि उत्साह मिल्यो । त्यस पछि हामीले पनि महिला बचत समुह बनायौ र बचत शुरु गयौ ।” भन्नुहुन्छ धरान वडा नं. १७ फोकल्याण्ड टोलकी बासिन्दा बविता राई । उहाँ त्यस समुदायको महिला बचत समुहकी संयोजक पनि हुनुहुन्छ । अमर बस्तिले आफ्नै प्रयासमा समुदायलाई बाढीबाट बचाउन रेटनिङ्ग वाल बनाए हुन् । जस्को प्रभाव फोकल्याण्ड बासीलाई पनि प¥यो । भर्खरै यस समुदायले २८० मिटर लामो रेटनिङ्ग वाल निर्माण कार्य सम्पन्न गरी सार्वजनीक सुनुवाई कार्यक्रम पनि सम्पन्न गरेका छ । स्थानीय कुमारी राईका अनुसार २०६६ जेष्ठ महिनाको बाढीले २२ घर बगाएको थियो, तर हाल बाढीको डर नभएको बताउनुहुन्छ  ।

बचत गर्दै शान्ति टोलका महिलाहरु 
     धरान वडा नं. १९ खहरे गैरीकी शर्मिला राई, आफुहरुले बचतमा आबद्ध भएका सक्रिय महिलाहरु देखे पछि नै नमुना बचत समुह गठन गरेको कुरा सुनाउनुहुन्छ । मिति २०६८ असार १२ मा आईतबारे टोलमा गरिएको अवलोकन भ्रमण पछि मिति २०६८ असार २४ मा गाउँकै सवै महिलाहरु मिलि नमुना बचत समुह गठन गरेका थिए ।
 
      सृजनशिल टोलले मिति २०७० जेष्ठ १४ गते आयोजना गरेको “अन्तर महिला समुह स्तरीय हाजिरी जवाफ कार्यक्रम” मा सहभागी भएपछि खहरे गैरी टोलले पनि “सामुदायीक सरसफाई तथा रमाइलो नाँचगाँन कार्यक्रम”को आयोजना गरेको थिए । प्रतिस्पर्धाको भावना भन्दा पनि “ग¥यो भने नसकिने केहि छैन रहेछ” भन्ने विश्वास बढेको छ, धरानका महिलाहरुलाई ।

धरान नगरपालिकाका सरसफाई प्राबिधिक सिसिर श्रेष्ठ पुरस्कार वितरण गर्दै 
      आफ्नो परिचय दिन धकाउने महिलाहरु कार्यक्रमको अध्यक्षता गरिरहेका भेटिन्छन् आजकाल । केहि कार्यक्रम संचालन गरिरहेका भेटिन्छन् । विभिन्न कार्यक्रममा सहभागी हुदाँको अनुभव पछि साउने बस्तिले भर्खरै मिति २०७१ कविता प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । यसरी धरानका विभिन्न सुकुम्बासी बस्तिहरुका महिलाहरुले राम्रा कार्यको सिको गर्ने क्रम बढ्दै गईरहेको छ ।

       साउने महिला बचत समुहमा मिति २०६८ श्रावण ६ गते भएको सामुदायीक भेला कार्यक्रम पछि ललित टोल, अमर बस्ति ख र अरुण टोलका महिलाहरुले पनि संगठित हुदै बचत गर्न शुरु गरेका हुन् । अरुण टोलकी दुर्गा मोहरा आजकाल आफ्नो अनुभव अन्य समुदायलाई पनि सुनाउदै हिड्छिन् । यसरी अरुलाई सहजिकरण गर्दै हिड्दा आफुलाई आत्म सन्तुष्टि भएको बताउनुहुन्छ ।


      यसरी एक समुदायले गरेका जीवनका लागि प्रभावकारी कार्यको अनुसरण गर्दै छन्, धराने बासिहरु । जस्ले सामुदनयीक कार्यमा महिला तथा पुरुष दुवैको सहभागीता र सहकार्यको अभ्यास बढाएको छ । आर्थिक समृद्धताका लागि महिलाहरु सानो सानो पुजीको संकलन गरी ठुलै काम गरिरहेका छन् ।