J लक्ष्मी राई
पहिलो पल्ट संबिधान निर्माण कार्यमा असफल भएका हामी नेपालीलाई संबिधान निर्माण गर्ने मौका फेरी आएको छ । फेरी पनि संबिधान निर्माण हुने उच्च आकान्क्षा बोकेका नेपाली जनले जोखिम पूर्ण चुनावीमाहोलको बेवास्था गर्दै आफ्ना सभासद चुनेका छन् । यो बिश्वासमा कि यो पल्ट आवश्य नेपालीले सबिधान प्राप्त गर्नेछन् । चुनाव सम्पन्न भएको २ महिना बितिसक्दा पनि पार्टीहरु बिच सहमति बन्न नसक्दा जनतामा विभिन्न आसंका छाएको छ, तथापी आशावादी नै छन् जनता ।
पहिलो पल्ट संबिधान निर्माण कार्यमा असफल भएका हामी नेपालीलाई संबिधान निर्माण गर्ने मौका फेरी आएको छ । फेरी पनि संबिधान निर्माण हुने उच्च आकान्क्षा बोकेका नेपाली जनले जोखिम पूर्ण चुनावीमाहोलको बेवास्था गर्दै आफ्ना सभासद चुनेका छन् । यो बिश्वासमा कि यो पल्ट आवश्य नेपालीले सबिधान प्राप्त गर्नेछन् । चुनाव सम्पन्न भएको २ महिना बितिसक्दा पनि पार्टीहरु बिच सहमति बन्न नसक्दा जनतामा विभिन्न आसंका छाएको छ, तथापी आशावादी नै छन् जनता ।
अहिले जातीय पहिचानको सवाल
मुलुकमा बहसको बिषय बनेको छ । हरेक स्थानबाट मानिसहरु जातीय अधिकार प्राप्तिका लागि जुर्मुरिएका
छन् । संगठनिक, राजनैतिक रुपमा संगठित
हुदैछन् । क्षेत्रि, बाहुन, राई, लिम्बु, मगर, गुरुङ, नेवार, तामाङ्ग, शेर्पा आदि सबै संगठित भएका छन् । आफ्ना पहिचान स्थापित
गर्नका लागि । जुन सकारात्मक पक्ष हो । पहिचान, अधिकार र सम्मानको बिषय सम्पूर्ण मानवहरुको लागि मानवाधिकारको बिषय
हो । जस्को लोकतन्त्रमा संम्बोधन
हुन आवश्यक छ । लोकतन्त्रमा आफ्नो अधिकार वकालत गर्ने जो कोहि सभ्य नागरिकले अरुको
आधिकार र सम्मानको कदर गर्नसक्नु यसको सुन्दर पक्ष हो र सम्पूर्ण नागरिकको कर्तब्य
पनि । यसलाई बचाई राख्न या भनौ
बलियो बनाउन कानुन र राजनैतिक पार्टीहरु गम्भिर हुन जरुरी छ ।
आजकाल जातिय पहिचानको आडमा
नेपाली नेपाली बिच फुटको अवस्था सृजना भैरहेको छ । जातीयताको नाममा एकले
अर्कोलाई सक्दो नराम्रो बनाउन खोजिरहेका छन् । अरुलाई कुल्चेर आगाडी जाने
होडवाजी नै गरिरहेका छन् । दिन्नानुदीन असहिष्णु बन्दै छन् मानिसहरु । १ राईको छोरो अर्को
बाहुनहरुको छोरोलाई तथानाम भन्छ । क्षेत्रि बाहुनको खैरो खंन्छ । क्षेत्रि, बाहुनले हाम्रा अधिकार खोसे
भन्दै हिड्ने अन्य जाति पनि कमछैनन् । आफ्नो प्रतिरक्षाका लागि क्षेत्रि बाहुनहरू पनि संगठित भएर उठ्दै छन् ।
ऐतिहासिक पृष्ठभूमी केलाउदा
आदिवासी जनजातिलाई केहि पहुच वाला जातिहरुले पछाडी पारेको तितो सत्यलाई नजर आन्दाज
गर्न सकिदैन । तर हिजोको तथ्यलाई आज उल्टाएको आवस्था हुनु पर्छ, यसो भए मात्र हाम्रो अधिकार र
सम्मान प्राप्त हुन्छ भन्नु कत्तिको बुद्धिमत्तापूर्ण हुन्छ ? यो हामी सबैले मनन
गर्न जरुरी छ । हिजो संगै मिलेर काम गर्ने एकै कार्यालयका कर्मचारीहरु आज जातीय रुपमा
विभक्त भएका छन् । बैचारिक रुपमा बाढीएका छन् । एकले आर्कोलाई शत्रुको रुपमा लिन थालेका छन् । डर, शंका, अविश्वासको वातावरण बन्दै छ । जुन सम्पूर्ण नेपालीका लागि सर्वथा अहितकारी साबित हुनेछ ।
आफ्नो पहिचान, अधिकार र सम्मान स्थापीत
गर्नु भनेको अरुको अधिकार खोस्नु या अरुको पहिचान, अधिकार र सम्मानलाई अस्विकार गर्नु भन्ने कदापि होइन । यदि यसो हो भने हामी पहिचानको
नाममा अतिवादलाई मलजल गर्दै छौ । जस्ले सामाजिक सदभावमा बिचलन ल्याउछ । हामी र हाम्रो भन्ने भावना
म र मेरोमा परिणत भै सामाजिक एकतालाई कुन्ठित बनाउदछ । बिकास र सामाजिक रुपान्तरण
आजको आवश्यकता हो । जसको लागि सामाजिक सदभाव अपरिहार्य छ । हाम्रो जस्तो मिश्रित
समाजमा यस्ता सवाल माथिका अतिवादी सोचहरुले नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना
बढी देखिन्छ ।
तसर्थ पहिचानको नाममा कतै
हामी बिकासका लागि घातक त बन्दै छैनौ ? पहिचानको नाममा अतिवादलाई बढावा त दिदै छैनौ ? सोच्ने बेला आएको छ । यहा निर संयमता अपनाउनु नै
बुद्धिमानी हुन्छ कि ?
(२०७० पुष १३ गते शनिवार । )